परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३९

अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेतावनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा” गर्नेछैन। तैंले मेरो काममा के भूमिका खेल्छस् सो तैंले जान्नुपर्छ, त्यसपछि म सन्तुष्ट हुनेछु। यसभन्दा परको मामिलाहरूमा, यदि तैंले मेरो विरोध गर्छस् वा मेरो पैसा खर्च गर्छस् वा म, यहोवाका लागि चढाइएका बलिहरू खान्छस्, वा यदि तिमीहरू, अर्थात् कीराहरूले एक-अर्कालाई टोक्छौ, वा यदि तँ कुकुरजस्ता प्राणीहरू एक-अर्कासित झगडा गर्छस् वा उल्लङ्घन गर्छस् भने—मलाई ती कुनै पनि कुराको चिन्ता छैन। तिमीहरूलाई यति मात्र थाहा हुनुपर्छ कि तिमीहरू कस्तो किसिमका थोकहरू हौ, र म सन्तुष्ट हुनेछु। यी सबै कुराबाहेक, यदि तिमीहरू एक-अर्काको विरुद्धमा हतियारहरू निकाल्छौ भने वा एक-अर्कासित शब्दहरूको युद्ध गर्छौ भने त्यो ठीकै छ; म त्यस्ता कुराहरूमा हस्तक्षेप गर्न चाहन्नँ, र मानिसका मामिलाहरूमा अलिकति पनि समावेश छैन। यसको अर्थ म तिमीहरू बीचका द्वन्द्वहरूलाई वास्ता गर्दिनँ भन्‍ने होइन; के हो भने, म तिमीहरूमध्ये एक होइन, त्यसकारण तिमीहरू बीचमा रहेका मामलाहरूमा म सहभागी हुँदिनँ। म आफै सृष्टि गरिएको प्राणी होइन, र म संसारको होइन, त्यसैले म मानिसहरूको कलहमय जीवन र उनीहरूको बीचमा अव्यवस्थित, अनुचित सम्बन्धहरूलाई घृणा गर्दछु। म विशेष गरी हल्लाखल्ला गर्ने भीडहरूलाई घृणा गर्दछु। तापनि, सृष्टि गरिएको प्रत्येक प्राणीको हृदयमा हुने अशुद्धताको बारेमा मसित गहिरो ज्ञान छ, र मैले तिमीहरूलाई सृष्टि गर्नुभन्दा अघि, मलाई मानिसको हृदयभित्र रहेको अधर्मको बारेमा पहिले नै थाहा थियो, र मैले मानिसको हृदयमा हुने सबै छल र धूर्तताहरू जानेको थिएँ। त्यसकारण, मानिसहरूले कुन बेला अधर्मी कार्यहरू गर्छ भन्ने त्यहाँ कुनै सङ्केतहरू नभए तापनि, म तिमीहरूको हृदयभित्र गढेर बसेका अधर्म मैले सृष्टि गरेका सबै थोकहरूको प्रचुरताभन्दा बढी हुन्छ भन्‍ने मलाई अझै थाहा छ। तिमीहरू सबै भीडहरूको शिखरमा उठेका छौ; तिमीहरू जनसमुदायका पुर्खाहरू हुन उक्लिएका छौ। तिमीहरू अत्यन्तै स्वेच्छाचारी छौ, र सजिलो ठाउँ खोज्न र आफूभन्दा साना कीराहरूलाई खाने कोसिस गर्दै तिमीहरू सबै कीराहरूको बीचमा अनियन्त्रित भई दगुर्छौ। तिमीहरू आफ्नो हृदयमा द्वेषपूर्ण र खराब छौ, समुद्रको तलमा डुबेका भूतहरूलाई पनि उछिनेका छौ। तँ कीराहरू शान्त नहुञ्जेल, र केही क्षणका निम्ति एक अर्कासँग लडेर चुप नलागेसम्म तिनीहरूलाई माथिबाट तलसम्म अशान्त पार्दै गोबरको फेदमा बस्छस्। तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैंले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूको हृदयमा मेरो लागि साँच्चै आदर थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्? तिमीहरू साना गन्हाउने गँड्यौलाहरू म यहोवाको वेदीमा चढाइएका भेटीहरू चोर्छौ; त्यसो गर्दा, के तँ आफ्नो नष्ट भएको, असफल प्रतिष्ठालाई बचाउन सक्छस् र इस्राएलका चुनिएका मानिसहरू बन्न सक्छस्? तँ निर्लज्ज नीच व्यक्ति होस्! वेदीका ती बलिहरू मलाई श्रद्धा गर्ने मानिसहरूको तर्फबाट दयालु भावनाहरूको अभिव्यक्ति स्वरूप मानिसहरूले मलाई चढाएका हुन्। ती मेरो नियन्त्रण र मेरो प्रयोगका लागि हुन्, त्यसो भए मानिसहरूले मलाई चढाएका ती स-साना जङ्गली ढुकुरहरूलाई तैँले कसरी मबाट लुटेर लैजान सक्छस्? के तँ यहूदा बन्छु भनी डराउँदैनस्? के तेरो जमिन रगतको खेत बन्ला भनी डराउँदैनस्? तँ निर्लज्ज प्राणी! के मानिसहरूले चढाएका जङ्गली ढुकुरहरू तँ कीराको पेटलाई पोषण दिनको निम्ति हो भनी सोच्छस्? मैले तँलाई के दिएको छु त्यसमा म सन्तुष्ट छु र तँलाई दिन इच्छुक छु; मैले जे तँलाई दिएको छैन त्यो मेरो सामने छ। तैंले मेरा भेटीहरू त्यसरी चोर्न सक्दैनस्। काम गर्ने म नै हुँ, यहोवा—सृष्टिका प्रभु—र मानिसहरूले मेरै कारणले बलिहरू चढाउँछन्। के यो तैंले गर्ने सबै भागदौडको प्रतिफल हो भनी सोच्छस्? तँ साँच्चै निर्लज्ज छस्! तँ कसको लागि दगुरिहिँड्छस्? के यो तेरो आफ्नै लागि होइन र? तँ किन मेरा बलिहरू चोर्छस्? तँ मेरो थैलीबाट किन पैसा चोर्छस्? के तँ यहूदा इस्करियोतको छोरा होइनस् र? म यहोवालाई चढाइएका बलिहरू पूजाहारीहरूले उपभोग गर्नुपर्छ। के तँ पूजाहारी होस्? तैंले आत्म-तृप्त भएर मेरा बलिहरू खाने आँट गर्छस्, र ती टेबलमा राख्छस्; तँ कुनै मूल्यको छैनस्! तँ मूल्यहीन अभागी! मेरो आगो, म यहोवाको आगोले जलाएर तँलाई नाश पार्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२९

पहिला, परमेश्‍वर स्वर्गमा हुनुहुँदा, मानिसले परमेश्‍वरप्रति छलपूर्ण कार्य गर्थ्यो। आज, परमेश्‍वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७२

मानिसले मेरो न्यानोपनलाई अनुभव गरेको छ, मानिसले मलाई इमानदारीताको साथ सेवा गरेको छ, र मेरो उपस्थितिमा सबै कुरा गर्दै मानिस मेरो अघि...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०२

आफ्नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्