परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३८

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित, मेरो आवाज कहिले कठोर भएको छ? मैले तिमीहरूको केश कहिले लुछेको छु? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधर्मका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता अनाज्ञाकारी सन्तानलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनको विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो अवज्ञा गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधर्म र अनाज्ञाकारितालाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधर्मको अशुद्धताद्वारा अपवित्र भएको छैन, न त म अधर्मका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनको विरुद्धमा विद्रोह गर्न सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्ट कार्यहरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दछौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मलाई चुनौती दिने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म तिमीहरूलाई साँचो भन्दछु: मेरो सहनशीलता तिमीहरूका दुष्ट कार्यहरूका निम्ति तयार गरिएको थियो, र त्यस दिन तिमीहरूलाई सजाय दिनका निम्ति अस्तित्वमा रहेको छ। म आफ्नो सहनशीलताको अन्त्यमा पुगेपछि त्यो क्रोधपूर्ण दण्ड सहने मानिसहरू के तिमीहरू नै होइनौ र? के सबै कुरा म, सर्वशक्तिमान्‌को हातमा छैनन् र? म कसरी स्वर्गहरूमुनि तिमीहरूलाई त्यसरी मेरो अवज्ञाकारी हुने अनुमति दिन सक्छु? तिमीहरूका जीवन धेरै कठिन हुनेछ, किनकि तिमीहरूले मसीहलाई भेटेका छौ, जसको बारेमा उहाँ आउनुहुन्छ भनिएको थियो, तापनि जो कहिल्यै आउनुभएन। के तिमीहरू उहाँका शत्रुहरू होइनौ? येशू तिमीहरूका मित्र बन्नुभएको छ, तापनि तिमीहरू मसीहका शत्रुहरू हौ। के तिमीहरू येशूका मित्रहरू भए पनि तिमीहरूका दुष्ट कार्यहरूले तिनीहरूका भाँडाहरू भरेका छन्, जो घृणित छन् भन्‍ने तिमीहरू जान्दैनौ? तिमीहरू यहोवाको धेरै नजिक भए पनि के तिमीहरूका खराब शब्दहरू यहोवाको कानमा पुगेका छन् र तिनले उहाँको क्रोध जगाएको छ भन्‍ने तिमीहरू जान्दैनौ? उहाँ कसरी तिमीहरूको नजिक हुन सक्नुहुन्छ, र उहाँले दुष्ट कार्यहरूले भरिएका तिमीहरूका ती भाँडाहरू किन जलाउन सक्नुहुन्न? उहाँ तिमीहरूका शत्रु किन बन्न सक्नुहुन्न?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५५

सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९७

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१२

न्याय के हो र सत्यता के हो भनी के तँ अब बुझ्‍छस्? यदि बुझ्छस् भने, न्याय पाउनका लागि तैँले आज्ञाकारितासाथ आफैलाई समर्पण गर् भनी म तँलाई...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्