परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३६

तँ देहधारी परमेश्‍वरलाई स्वीकार गर्छु भनी भन्छस्, र तँ वचन देहमा प्रकट हुनुभएको कुरा पनि स्वीकार गर्छस्, तापनि तँ उहाँको पिठिउँ पछाडि केही कुराहरू गर्छस्, जुन कुराहरू उहाँले माग गर्नुभएका कुराहरूको विपरीत हुन्छ, र तेरो हृदयमा तँ उहाँको भय मान्दैनस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो र? उहाँले जे भन्नुहुन्छ त्यो तँ स्वीकार गर्छस्, तर तँ जे अभ्यास गर्न सक्छस् त्यो गर्दैनस्, न त तँ उहाँको मार्गमा नै हिँड्छस्। के परमेश्‍वरलाई स्वीकार गर्नु भनेको यही हो? र तैंले उहाँलाई स्वीकार गरे पनि तेरो मानसिकता सधैँ उहाँप्रति सचेत रहने मात्र हुन्छ, उहाँप्रति श्रद्धा देखाउने कहिल्यै पनि हुँदैन। यदि तैंले उहाँको कार्य देखेको छस् र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बुझेर पनि तँ मनतातो र पूर्ण अपरिवर्तित रहन्छस् भने, तँ त्यस्तो व्यक्ति होस् जो अझै पनि जितिएको छैन। जो जितिएका छन् तिनीहरूले आफूले सक्दो सबै कुरा गर्नुपर्छ, र तिनीहरू अझ उच्च सत्यतामा प्रवेश गर्न नसके पनि र यी सत्यताहरू तिनीहरूभन्दा माथि भए पनि त्यस्ता मानिसहरू आफ्नो हृदयमा यो प्राप्त गर्न इच्छुक हुन्छन्। तिनीहरूले जे स्वीकार गर्छन् त्यसको एउटा सिमा भएकोले तिनीहरूले जे अभ्यास गर्न सक्छन् त्यसको पनि हद र सीमाहरू हुन्छन्। तापनि, कम्तीमा तिनीहरूले सक्ने सबै कुरा तिनीहरूले गर्नुपर्छ, र यदि तैंले त्यो प्राप्त गर्न सकिस् भने विजयको कामद्वारा हासिल गरिएको प्रभाव त्यही नै हो। मानिलिऔं, तँ भन्छस्, “मानिसले भन्न नसक्ने यति धेरै वचनहरू उहाँले भन्न सक्नुहुन्छ भने, यदि उहाँ परमेश्‍वर हुनुहुन्न भने को हुनुहुन्छ त?” यस्तो विचार गर्नुको अर्थ तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भन्ने हुँदैन। यदि तँ परमेश्‍वरलाई स्वीकार गर्छस् भने, तैंले आफ्‍ना वास्तविक कार्यहरूद्वारा यसलाई प्रकट गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तापनि धार्मिकताको अभ्यास गर्दैनस् भने, यदि तँ पैसा र धनको चाहना गर्छस्, र चर्चको कोष जहिल्यै पनि आफ्नै लागि खर्च गर्छस् भने, के त्यसो गर्नु परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ आदरको योग्य हुनुहुन्छ। यदि तँ परमेश्‍वर हुनुहुन्छ भनी साँच्चै स्वीकार गर्छस् तँ डर नमानी कसरी रहन सक्छस्? यदि तँ त्यस्ता घृणित कार्यहरू गर्न सक्छस् भने, के तँ उहाँलाई साँच्चै स्वीकार गर्छस्? तैंले विश्‍वास गरेको परमेश्‍वरमा नै हो त? तैंले जसमा विश्‍वास गर्छस् ऊ एक अस्पष्ट परमेश्‍वर हो; त्यसैकारण तँ डराउँदैनस्! परमेश्‍वरलाई साँच्चै स्वीकार गर्ने र चिन्नेहरूले सबै उहाँको भय मान्छन् र उहाँको विरुद्ध वा तिनीहरूका विवेकलाई उल्लङ्घन गर्ने कुनै पनि कुरा गर्न डराउँछन्; विशेष गरी तिनीहरूले ती काम गर्न डराउँछन्, जुन परमेश्‍वरको इच्छाको विरुद्धमा छ भनी तिनीहरूले जानेका हुन्छन्। यसलाई मात्र परमेश्‍वरको अस्तित्वलाई स्वीकार गरेको मान्न सकिन्छ। तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्न खोज्दा तैंले के गर्नुपर्छ? तेरा अविश्‍वासी पति तँप्रति भलो छ भने तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि तेरा दाजुभाइ, दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तँ उचित व्यवहार गर्छस् र वास्तविकतामा जिउँछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्‍वरको अस्तित्व स्वीकार गर्छु मात्र भन्छस् भने, तब तँ केवल गफ लडाउने व्यक्ति मात्र होस्! तँ भन्छस्, कि तँ उहाँमा विश्‍वास गर्छस् र उहाँलाई स्वीकार गर्छस्, तर तँ कस्तो प्रकारले उहाँलाई स्वीकार गर्छस्? तँ कस्तो प्रकारले उहाँमा विश्‍वास गर्छस्? के तँ उहाँको भय मान्छस्? के तँ उहाँलाई आदर गर्छस्? के तँ उहाँलाई हृदयभित्रैबाट प्रेम गर्छस्? जब तँ दु:खी बन्छस् र भरोसा गर्नको लागि कोही पनि हुँदैन, तब तैँले परमेश्‍वरको प्रेमिलोपनलाई महसुस गर्दछस्, तर पछि तँ यी सबै बिर्सन्छस्। त्यसो गर्नु परमेश्‍वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्‍वरमा विश्‍वास गर्नु नै हो! आखिरमा मानिसले के हासिल गरेको परमेश्‍वर चाहनुहुन्छ? मैले उल्लेख गरेको सबै अवस्थाहरू, जस्तै तेरो आफ्नै महत्त्वबाट एकदमै प्रभावित भएको महसुस गर्नु, तँ नयाँ कुराहरू सिक्न र बुझ्न छिटो छस् भनी महसुस गर्नु, अरूलाई वशमा राख्नु, अरूलाई हेला गर्नु, मानिसहरूका रूप-रङ्ग हेरेर उनीहरूको न्याय गर्नु, निष्कपट मानिसहरूलाई हेप्‍नु, मण्डलीको पैसाको लोभ गर्नु, र यस्तै अरू—जब यी सबै भ्रष्ट शैतानी स्वभावहरू केही हदसम्म तँबाट हटाइएको हुनेछ, तब मात्र तेरो विजय प्रकट हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६३

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७१

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५०

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २९

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्