परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५१
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
तँ देहधारी परमेश्वरलाई स्वीकार गर्छु भनी भन्छस्, र तँ वचन देहमा प्रकट हुनुभएको कुरा पनि स्वीकार गर्छस्, तापनि तँ उहाँको पिठिउँ पछाडि केही कुराहरू गर्छस्, जुन कुराहरू उहाँले माग गर्नुभएका कुराहरूको विपरीत हुन्छ, र तेरो हृदयमा तँ उहाँको भय मान्दैनस्। के परमेश्वरलाई स्वीकार गर्नु भनेको यही हो र? उहाँले जे भन्नुहुन्छ त्यो तँ स्वीकार गर्छस्, तर तँ जे अभ्यास गर्न सक्छस् त्यो गर्दैनस्, न त तँ उहाँको मार्गमा नै हिँड्छस्। के परमेश्वरलाई स्वीकार गर्नु भनेको यही हो? र तैंले उहाँलाई स्वीकार गरे पनि तेरो मानसिकता सधैँ उहाँप्रति सचेत रहने मात्र हुन्छ, उहाँप्रति श्रद्धा देखाउने कहिल्यै पनि हुँदैन। यदि तैंले उहाँको कार्य देखेको छस् र उहाँ परमेश्वर हुनुहुन्छ भनी बुझेर पनि तँ मनतातो र पूर्ण अपरिवर्तित रहन्छस् भने, तँ त्यस्तो व्यक्ति होस् जो अझै पनि जितिएको छैन। जो जितिएका छन् तिनीहरूले आफूले सक्दो सबै कुरा गर्नुपर्छ, र तिनीहरू अझ उच्च सत्यतामा प्रवेश गर्न नसके पनि र यी सत्यताहरू तिनीहरूभन्दा माथि भए पनि त्यस्ता मानिसहरू आफ्नो हृदयमा यो प्राप्त गर्न इच्छुक हुन्छन्। तिनीहरूले जे स्वीकार गर्छन् त्यसको एउटा सिमा भएकोले तिनीहरूले जे अभ्यास गर्न सक्छन् त्यसको पनि हद र सीमाहरू हुन्छन्। तापनि, कम्तीमा तिनीहरूले सक्ने सबै कुरा तिनीहरूले गर्नुपर्छ, र यदि तैंले त्यो प्राप्त गर्न सकिस् भने विजयको कामद्वारा हासिल गरिएको प्रभाव त्यही नै हो। मानिलिऔं, तँ भन्छस्, “मानिसले भन्न नसक्ने यति धेरै वचनहरू उहाँले भन्न सक्नुहुन्छ भने, यदि उहाँ परमेश्वर हुनुहुन्न भने को हुनुहुन्छ त?” यस्तो विचार गर्नुको अर्थ तँ परमेश्वरलाई स्वीकार गर्छस् भन्ने हुँदैन। यदि तँ परमेश्वरलाई स्वीकार गर्छस् भने, तैंले आफ्ना वास्तविक कार्यहरूद्वारा यसलाई प्रकट गर्नुपर्छ। यदि तँ मण्डलीको अगुवाइ गर्छस्, तापनि धार्मिकताको अभ्यास गर्दैनस् भने, यदि तँ पैसा र धनको चाहना गर्छस्, र चर्चको कोष जहिल्यै पनि आफ्नै लागि खर्च गर्छस् भने, के त्यसो गर्नु परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्नु हो? परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँ आदरको योग्य हुनुहुन्छ। यदि तँ परमेश्वर हुनुहुन्छ भनी साँच्चै स्वीकार गर्छस् तँ डर नमानी कसरी रहन सक्छस्? यदि तँ त्यस्ता घृणित कार्यहरू गर्न सक्छस् भने, के तँ उहाँलाई साँच्चै स्वीकार गर्छस्? तैंले विश्वास गरेको परमेश्वरमा नै हो त? तैंले जसमा विश्वास गर्छस् ऊ एक अस्पष्ट परमेश्वर हो; त्यसैकारण तँ डराउँदैनस्! परमेश्वरलाई साँच्चै स्वीकार गर्ने र चिन्नेहरूले सबै उहाँको भय मान्छन् र उहाँको विरुद्ध वा तिनीहरूका विवेकलाई उल्लङ्घन गर्ने कुनै पनि कुरा गर्न डराउँछन्; विशेष गरी तिनीहरूले ती काम गर्न डराउँछन्, जुन परमेश्वरको इच्छाको विरुद्धमा छ भनी तिनीहरूले जानेका हुन्छन्। यसलाई मात्र परमेश्वरको अस्तित्वलाई स्वीकार गरेको मान्न सकिन्छ। तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न खोज्दा तैंले के गर्नुपर्छ? तेरा अविश्वासी पति तँप्रति भलो छ भने तैंले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? अनि तेरा दाजुभाइ, दिदीबहिनीहरूले तँलाई घृणा गर्दा तैंले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? यदि तँ उहाँलाई स्वीकार गर्छस् भने, यी मामिलाहरूमा तँ उचित व्यवहार गर्छस् र वास्तविकतामा जिउँछस्। यदि तँ ठोस कार्यहरू गर्न असफल हुन्छस् तर परमेश्वरको अस्तित्व स्वीकार गर्छु मात्र भन्छस् भने, तब तँ केवल गफ लडाउने व्यक्ति मात्र होस्! तँ भन्छस्, कि तँ उहाँमा विश्वास गर्छस् र उहाँलाई स्वीकार गर्छस्, तर तँ कस्तो प्रकारले उहाँलाई स्वीकार गर्छस्? तँ कस्तो प्रकारले उहाँमा विश्वास गर्छस्? के तँ उहाँको भय मान्छस्? के तँ उहाँलाई आदर गर्छस्? के तँ उहाँलाई हृदयभित्रैबाट प्रेम गर्छस्? जब तँ दु:खी बन्छस् र भरोसा गर्नको लागि कोही पनि हुँदैन, तब तैँले परमेश्वरको प्रेमिलोपनलाई महसुस गर्दछस्, तर पछि तँ यी सबै बिर्सन्छस्। त्यसो गर्नु परमेश्वरलाई प्रेम गर्नु होइन, न त त्यो परमेश्वरमा विश्वास गर्नु नै हो! आखिरमा मानिसले के हासिल गरेको परमेश्वर चाहनुहुन्छ? मैले उल्लेख गरेको सबै अवस्थाहरू, जस्तै तेरो आफ्नै महत्त्वबाट एकदमै प्रभावित भएको महसुस गर्नु, तँ नयाँ कुराहरू सिक्न र बुझ्न छिटो छस् भनी महसुस गर्नु, अरूलाई वशमा राख्नु, अरूलाई हेला गर्नु, मानिसहरूका रूप-रङ्ग हेरेर उनीहरूको न्याय गर्नु, निष्कपट मानिसहरूलाई हेप्नु, मण्डलीको पैसाको लोभ गर्नु, र यस्तै अरू—जब यी सबै भ्रष्ट शैतानी स्वभावहरू केही हदसम्म तँबाट हटाइएको हुनेछ, तब मात्र तेरो विजय प्रकट हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध...
जब परमेश्वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव...
परमेश्वरमाथिको विश्वासको लागि सामान्य आत्मिक जीवनको आवश्यकता हुन्छ, जुन परमेश्वरका वचनहरू अनुभव गर्ने र वास्तविकतामा प्रवेश गर्ने आधार...
तैँले व्यावहारिक परमेश्वरको विषयमा के थाहा पाउनुपर्छ? आत्मा, व्यक्ति, र वचन मिलेर व्यावहारिक परमेश्वर स्वयम् निर्मित हुनुभएको छ, र...