परमेश्वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९७
यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जहाँसम्म मैले तिमीहरूलाई दिएको शिक्षाको कुरा छ, तिमीहरूले लामो समयदेखि बारम्बार तिनलाई आफ्नो दिमागबाट हटाउँदै आएका छौ, यहाँसम्म कि तिमीहरू ती कुरालाई तिमीहरूको फुर्सदमा समय कटाउने खेलौनाजस्तो व्यवहार गर्दछौ। यी सबैलाई तिमीहरू सधैँ आफ्नो व्यक्तिगत “जन्तर” को रूपमा हेर्छौ। जब शैतानले आरोप लगाउँछ, तिमीहरू प्रार्थना गर्दछौ; जब नकारात्मक हुन्छौ, तब गहिरो निद्रामा पर्छौ; जब खुसी हुन्छौ, तब अनियन्त्रित भएर दगुर्छौ; जब म तिमीहरूलाई हप्काउँछु, तिमीहरू निहुरिन्छौ र एक कदम पछाडि हट्छौ; र त्यसपछि, मेरो उपस्थितिबाट निस्केर जानसाथ तिमीहरू द्वेषपूर्ण रूपमा हर्षित हुन्छौ। तैँले आफूलाई अरू सबैभन्दा माथि ठान्छस्, तर तँ आफूलाई सबैभन्दा अहङ्कारीको रूपमा कहिल्यै हेर्दैनस्, र तँ सँधै उच्च, आत्मसन्तुष्ट र शब्दमा वर्णन गर्न नसकिने गरी हठी छस्। कहिल्यै नसिक्ने र अज्ञानी नै रहने त्यस्ता “युवा सज्जनहरू,” “जवान युवतीहरू,” “कुलीन पुरुषहरू” र “कुलीन महिलाहरू” ले कसरी मेरो वचनलाई अनमोल खजाना ठान्न सक्छन्? म तँलाई फेरि सोध्छु: यति लामो समयसम्म तैँले मेरा वचनहरू र मेरो कामबाट के सिकिस्? के तैँले छल गर्ने काममा अझ धेरै सीप प्राप्त गरिस्? वा तेरो देहमा ठूलो विशेषज्ञता प्राप्त गरिस्? वा मप्रतिको तेरो आचरणमा अझ बढी अनादर प्राप्त गरिस्? म तँलाई सिधा भन्छु: मैले गरेको यो सबै कामहरूले नै तँलाई साहसिलो बनाएको छ, जोसँग मुसाको जस्तो साहस थियो। मप्रति तैँले महसुस गर्ने डर प्रत्येक दिन बित्दैजाँदा झन्-झन् कम हुन्छ, किनकि म धेरै नै कृपालु छु र हिंसाको माध्यमले तेरो देहमा कहिल्यै पनि प्रतिबन्ध लगाएको छैन। हुन सक्छ, तैँले देखेजस्तै, म केवल कठोर वचनहरू मात्रै बोल्दैछु—तर म तँलाई प्रायजसो हँसिलो अनुहार नै देखाउँछु, र मैले तेरो मुखको सामु कहिल्यै तेरो निन्दा गरेको छैनँ। यसबाहेक, मैले सधैँ तेरो कमजोरीलाई क्षमा गरेको छु र यही कारणले गर्दा तैँले मलाई सर्पले दयालु किसानसँग गरेको जस्तो व्यवहार गरिस्। म मानव जातिको अवलोकन गर्ने शक्तिहरूमा रहेको चरम सीप र समझको कदर कति धेरै गर्दछु! म तँलाई एउटा सत्य बताउँछु: आज तँमा आदर गर्ने हृदय छ कि छैन भन्ने कुराको महत्त्व त्यति छैन; त्यस विषयमा म न उत्सुक छु न चिन्तित नै छु। तर मैले तँलाई यो पनि भन्नैपर्छ: तँ, यस “प्रतिभाशाली व्यक्ति” जसले सिक्दैन र अज्ञानी नै रहन्छ, तँलाई अन्ततः तेरो आत्म-प्रशंसा, तुच्छ धूर्तताद्वारा खसालिनेछ—तँ त्यो व्यक्ति हुनेछस् जसले कष्ट भोग्छ र सजाय पाउँछ। तैँले नरकमा पीडा भोगिरहँदा म तँलाई साथ दिने जत्तिको मूर्ख हुनेछैन, किनकि म तँजस्तो छैन। तँ एक सृष्टि गरिएको प्राणी होस् जसलाई मैले सरापेको छु, तैपनि मैले सिकाएको र मुक्त गरेको छु, अनि तँमा त्यस्तो केही छैन जसमा म भाग लिन बाध्य हुन्छु। मैले आफ्नो काम जुनसुकै समयमा गरे पनि म कुनै व्यक्ति, घटना, वा वस्तुद्वारा बाध्य हुँदिनँ। मानव जातिको सम्बन्धमा मेरो आचरण र मेरो दृष्टिकोण सधैँ एक समान रहन्छ। म निश्चित रूपमा तँप्रति राजी भएको छैनँ किनकि तँ मेरो व्यवस्थापनको लागि भारीमाथि सुपारी होस्, र अन्य कुनै प्राणीभन्दा खास विशेष छँदै-छैनस्। तँलाई मेरो सल्लाह यो छ: तैँले हरबखत तँ परमेश्वरको एक प्राणीभन्दा बढी अरू केही होइनस् भन्ने कुरालाई सम्झनुपर्छ। तैँले मसँग आफ्नो अस्तित्व बाँड्न सक्ने भए पनि तैँले आफ्नै पहिचान चिन्नुपर्छ; आफूलाई धेरै उच्च नठान्। यदि मैले तँलाई हप्काइनँ वा तँलाई निराकरण गरिनँ तर हँसिलो अनुहारले तँलाई अभिवादन गर्छु भन्दैमा तँ मजस्तै छस् भन्ने प्रमाणित गर्न त्यो पर्याप्त छैन। तैँले आफैलाई सत्यताको पछि लाग्ने व्यक्तिको रूपमा चिन्नुपर्छ, तैँले आफैलाई सत्यको रूपमा हेर्ने होइन। तँ हरसमय मेरो वचनअनुसार परिवर्तन हुन तयार हुनुपर्दछ। यसबाट तँ उम्कन सक्दैनस्। तँसँग यो दुर्लभ अवसर भएको यस अनमोल समयमा तैँले कुनै कुरा गर्न कोसिस गर् र सिक् भन्ने म तँलाई आज्ञा गर्छु। मलाई मूर्ख नबना; मलाई जाँच्न र धोका दिनका निम्ति तैँले मसँग चापलुसी गरेको म चाहन्नँ। जब तैँले मलाई खोज्छस्, त्यो पूर्ण रूपमा मेरो लागि हुँदैन, तर तेरो आफ्नै लागि हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?
यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम...
तिमीहरूले अहिले के खोज्छौ? परमेश्वरद्वारा सिद्ध हुनु, परमेश्वरलाई चिन्नु, परमेश्वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको...
अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्वासको सबै वर्षहरूमा परमेश्वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...
पृथ्वीमा, अनेक किसिमका दुष्ट आत्माहरू सँधै नै विश्राम स्थलको खोजीमा हुन्छन्, र उपभोग गर्नको लागि सँधै मानव लासहरू खोजिरहन्छन्। ए मेरा...