परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२७

तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुरालाई सुनिश्‍चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। यसैले, आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्‍वरको उचाइको आनन्द लिएका छौं भनी भन्नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्‍वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूले हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सक्छौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्‍वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्‍वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्। अहिले तिमीहरूमध्ये धेरैका चिन्ताहरू के-के छन्? तिमीहरू सधैँ हैसियतद्वारा विवश हुन्छौ र निरन्तर आफ्नै सम्भाव्यताहरूप्रति चिन्तित रहन्छौ। तिमीहरू जहिल्यै पनि परमेश्‍वरका वाणीहरूको पृष्ठ पल्टाउँछौ, मानवजातिको गन्तव्यको बारेमा बताउने भनाइहरू पढ्ने इच्छा राख्छौ र तिमीहरूका सम्भाव्यताहरू के-के हुन् र तिमीहरूको गन्तव्य के हुनेछ भनी जान्न चाहन्छौ। तिमीहरू सोच्छौ, “के साँच्चै मेरा कुनै सम्भाव्यताहरू छन्? के परमेश्‍वरले तिनलाई हटाइदिनुभएको छ? परमेश्‍वरले म एक प्रतिभार हुँ मात्र भन्नुहुन्छ; त्यसो भए, मेरा सम्भाव्यताहरू के-कस्ता छन् त?” तिमीहरूलाई आफ्ना सम्भाव्यताहरू र भवितव्यलाई पन्छाउन गाह्रो हुन्छ। तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ “आशाहीन सम्भावनाहरूको कारणले” भन्ने हुँदैन र? परमेश्‍वरका वाणीहरू जारी भएलगत्तै तिमीहरू आफ्नो हैसियत र पहिचान के हो भनी हेर्न हतार गर्छौ। तिमीहरू हैसियत र पहिचानलाई प्राथमिकतामा राख्छौ, र ईश्‍वरीय दर्शनलाई दोस्रो स्थानमा झार्छौ। तेस्रो स्थानमा त्यो कुरा हुन्छ जसमा तिमीहरू प्रवेश गर्नुपर्छ, अनि चौथो स्थानमा परमेश्‍वरको वर्तमान इच्छा हुन्छ। तिमीहरू पहिले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उपाधि “प्रतिभार” बदलिएको छ कि छैन भनी हेर्छौ। तिमीहरूले पढेको पढेकै गर्छौ, र जब तिमीहरूले “प्रतिभार” को उपाधि हटाइएको देख्छौ, तब तिमीहरू खुसी हुन्छौ र परमेश्‍वरलाई प्रशस्त रूपमा धन्यवाद दिन्छौ र उहाँको महान् शक्तिको प्रशंसा गर्छौ। तर यदि तिमीहरूले आफूलाई अझै प्रतिभारहरू नै भएको देख्यौ भने, तिमीहरू दुःखी हुन्छौ र तिमीहरूको हृदयको उत्साह तुरुन्तै हराउँछ। तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्? यदि सत्यको खोजी गर्नु तेरो खोजीको उद्देश्य होइन भने, तैँले यस मौकाको फाइदा लिएर यसमा सफल हुनको निम्ति संसारतिर फर्कनुपर्छ। तेरो समय यसरी फाल्‍नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्‍ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्‍ने सर्वोत्तम कुराहरू होइनन् र? तैँले सुख पाउने ठाउँ कहाँ पाउलास् भनेर यहाँ भौतारिनुको के फाइदा? मानिसको पुत्रको शिर राख्‍ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्‍नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यको बारेमा शिक्षाहरू मात्र प्राप्त गर्न सक्छस्। तैँले मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तैँले दिनरात चाहना गर्ने गुलाबको ओछ्यान प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति दिनेछैन। यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५३

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानका परीक्षाहरूलाई जित, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ मानिसहरूका...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६८

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो नियम पढ्नुपर्छ; यदि तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ विज्ञान के हो? के हरेक व्यक्तिले आफ्‍नो मनमा विज्ञानलाई उच्‍च आदरको साथ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्