परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१४

आज, तिमीहरूले जे बुझ्न सकेका छौ त्यो इतिहासभरि कुनै पनि सिद्ध नबनाइएको व्यक्तिले बुझेको भन्दा उच्‍च छ। चाहे त्यो परीक्षाहरू सम्बन्धी तिमीहरूको ज्ञान होस् वा परमेश्‍वरमाथिको विश्‍वास, यो सब परमेश्‍वरमा विश्‍वास गर्ने कुनै विश्‍वासीको भन्दा बढी छ। तिमीहरूले बुझेका कुराहरू ती हुन् जुन तिमीहरूले वातावरणको परीक्षाहरूमा पर्नुभन्दा अघि जानेका थियौ, तर तिमीहरूको वास्तविक कद उनीहरूसँग पूर्ण रूपमा अमिल्दो छ। तिमीहरूले जे जानेका छौ त्यो तिमीहरूले अभ्यास गर्नेभन्दा उच्‍च छ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र आशिष्‌का लागि होइन बरु परमेश्‍वरको इच्छा पूरा गर्ने कोसिस गर्नुपर्छ त भन्छौ, तर तिमीहरूका जीवनमा प्रकट हुने कुराचाहिँ योभन्दा धेरै टाढा छ, र अत्यन्तै कलङ्कित छ। धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्‍वरमा विश्‍वास गर्दैनस्, र यदि तैँले परमेश्‍वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ? जब बच्‍चाहरू बिरामी हुने, प्रियजनहरू अस्पतालमा भर्ना हुने, कम उब्जनी, र परिवारका सदस्यहरूद्वारा सतावट जस्ता अपरिहार्य पारिवारिक घटनाहरूको कुरा आउँछ, प्रायः दिनदिनै भइरहने घटनाहरूसमेत तेरा निम्ति अति हुन्छन्। जब यस्ता कुराहरू हुन्छन्, तँ आत्तिन्छस्, र के गर्नुपर्ने हो सो जान्दैनस्—र प्रायजसो समय तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्। तँ परमेश्‍वरका वचनहरूले तँलाई छल गर्‍यो, परमेश्‍वरको कामले तेरो गिल्ला गऱ्यो भनी गुनासो गर्छस्। के तिमीहरूसँग त्यस्तो विचार छैन र? के तँ त्यस्ता कुराहरू आफूलाई विरलै हुन्छन् भनी सोच्छस्? तिमीहरू हरेक दिन त्यस्ता घटनाहरूको बीचमा जिउँछौ। तिमीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सफलता, र परमेश्‍वरको इच्छा कसरी पूरा गर्ने भन्ने विषयमा अलिकति पनि विचार गर्दैनौ। तिमीहरूको वास्तविक कद धेरै सानो छ, सानो चल्‍लाको भन्दा पनि सानो छ। जब तेरो परिवारको व्यवसायमा धन गुम्छ तब तँ परमेश्‍वरको बारेमा गुनासो गर्छस्, जब तँ आफूलाई परमेश्‍वरको सुरक्षा नभएको वातावरणमा पाउँछस् तँ अझै परमेश्‍वरको बारेमा गुनासो गर्छस्, र तेरो एउटा चल्‍ला मर्दा वा गोठमा बुढी गाई बिमार हुँदा पनि तँ गुनासो गर्छस्। तेरो छोराको बिहे गर्ने समय भइसक्दा पनि परिवारमा पुग्दो पैसा नहुँदा तँ गुनासो गर्छस्; तर तँ मेजमानको कर्तव्य निभाउन चाहन्छस्, तर त्यो खर्च उठाउन सक्दैनस्, र त्यसपछि तँ गुनासो गर्छस्। तँ गुनासोहरूले भरिएर पोखिन्छस्, र तँ यसैले गर्दा कहिलेकहीँ भेलाहरूमा भाग लिँदैनस् वा परमेश्‍वरका वचनहरू खाँदैनस् र पिउँदैनस्, कहिलेकहीँ धेरै लामो समयसम्म नकारात्मक हुन्छस्। आज तँलाई जे हुन्छ त्यसको तेरो सफलताको सम्भावना वा नियतिसँग कुनै सम्बन्ध छैन; यी कुराहरू त तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए पनि हुनेथिए, तैपनि आज तँ तिनको जिम्मेवारी परमेश्‍वरमा सार्छस्, र परमेश्‍वरले नै तँलाई हटाउनुभएको हो भनी जिद्दी गर्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वास के भयो? के तैँले साँच्‍चै आफ्नो जीवन अर्पण गरेको छस्? यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षाहरू भोगेका हुन्थ्यौ भने, आज परमेश्‍वरलाई पछ्याउने तिमीहरूमध्ये कोही पनि दृढ भई खडा हुन सक्ने थिएनौ, तिमीहरू झर्नेथियौ। अनि स्पष्ट रूपमा नै तिमीहरू र अय्यूबको बीचमा संसार जतिकै ठूलो भिन्नता छ। आज, यदि तिमीहरूको आधा सम्पत्तिहरू कब्जा गरियो भने तिमीहरू परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्ने आँट गर्छौ; यदि तिमीहरूका छोराछोरी तिमीहरूबाट खोसियो भने तिमीहरू सडकमा दुस्साहस गरी कराउनेछौ; यदि तेरो एक मात्र जीविका समाप्त भयो भने तँ प्रयास गरेरै त्यो विषयलाई परमेश्‍वरकहाँ लैजान्छस्; मैले सुरुमा तँलाई डराउन किन त्यति धेरै वचनहरू भनें भनी तँ सोध्छस्। त्यस्तो समयमा तैँले गर्न आँट नगर्ने कुनै कुरा हुँदैन। यसले तिमीहरूले कुनै पनि सही अन्तर्दृष्टि प्राप्त गरेका छैनौ, र तिमीहरूमा कुनै वास्तविक कद छैन भनी देखाउँछ। यसैले, तिमीहरूमा भएका परीक्षाहरू धेरै ठूला छन्, किनकि तिमीहरू धेरै जान्दछौ, तर तिमीहरूले वास्तवमा जे बुझ्छौ त्यो तिमीहरूले जानेका हजारौं भागको एक भाग पनि हुँदैन। केवल बुझाइ र ज्ञानमा नरोकी; तैँले वास्तवमा कतिसम्म अभ्यास गर्न सक्छस्, तेरो आफ्नै परिश्रमको पसिनाद्वारा कतिसम्म पवित्र आत्माको ज्ञान र प्रकाश प्राप्त गरिएको थियो, अनि तेरा अभ्यासहरूमध्ये कति वटामा तैँले आफ्नो संकल्प पूरा गरेको छस् त्यो हेर्नु राम्रो हुन्छ। तैँले आफ्नो कद र अभ्यासलाई गम्भीरतासाथ लिनुपर्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कसैको निम्ति झारा टार्ने मात्र गर्नु हुँदैन—तैँले अन्त्यमा सत्य र जीवन प्राप्त गर्छस् कि गर्दैनस् भन्ने कुरा तँ आफैले गरेको सत्यको खोजीमा निर्भर गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (३)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८७

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२२

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३७

मैले बोल्‍ने प्रत्येक वाक्यमा अख्तियार र न्याय हुन्छ, र मेरा वचनहरू कसैले पनि परिवर्तन गर्न सक्दैन। मेरा वचनहरूलाई जारी गरिएपछि,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३०

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिन खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्