परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने, तिनीहरू आफ्नो व्यक्तिगत भविष्य र नियतिलाई खजानाको रूपमा आफ्नो हृदयमा समातेर राख्दैनन्। तब तिनीहरूले आफ्ना बाबुआमाको सेवामा चासो राख्‍नेछैनन्, जो सुँगुर र कुकुरहरूभन्दा खराब छन्। के मानिसको भविष्य र नियति ठीक पत्रुसका वर्तमान समयका तथाकथित “आमाबाबुहरू” होइनन् र? तिनीहरू मानिसका देह र रगतजस्ता छन्। देहको गन्तव्य र भविष्य के हुनेछ? के यो जीवित छँदै परमेश्‍वरलाई देख्‍न पाउने अवस्था हुनेछ कि मृत्युपछि प्राणले परमेश्‍वरलाई भेट्ने अवस्था हुनेछ? के देह भोलि महासङ्कष्टको ठूलो भट्टीमा समाप्त हुनेछ कि अग्‍निकुण्डमा? मानिसको देहले दुर्भाग्य सहनेछ कि कष्ट भोग्‍नेछ भन्‍ने यी प्रश्‍नहरू के यस वर्तमान प्रवाहमा रहेका, मस्तिष्क भएका र संवेदनशील रहेका जोकोहीसित सबैभन्दा बढी सम्बन्धित सबैभन्दा ठूला समाचारहरू होइनन् र? (यहाँ, कष्टले आशिष पाउने कुरालाई जनाउँछ; यसको अर्थ भविष्यमा हुने परीक्षाहरू मानिसका गन्तव्यका लागि फाइदाजनक हुन्छन्। दुर्भाग्यले दृढ भई खडा हुन नसक्‍नु वा धोकामा पर्नुलाई बुझाउँछ; वा यसको अर्थ व्यक्तिले दुर्भाग्यपूर्ण परिस्थितिहरूको सामना गर्नेछ र विपत्तिहरूमा परेर आफ्नो ज्यान गुमाउनेछ, र उसको प्राणको निम्ति कुनै उपयुक्त गन्तव्य हुनेछैन भन्‍ने हो।) मानिसहरूसँग राम्रो समझ भए पनि, सायद तिनीहरूले सोचेका कुराहरू तिनीहरूको समझशक्ति जुन कुराले सुसज्‍जित हुनुपर्छ त्योसँग पूर्ण रूपले मेल नखान सक्छ। किनकि तिनीहरू सबै भ्रमित हुन्छन् र अन्धाधुन्ध रूपमा कामकुराहरूलाई पछ्याउँछन्। तिनीहरू सबैले आफू के भित्र प्रवेश गर्नुपर्छ त्यो कुरा राम्ररी बुझ्नुपर्छ, र विशेष रूपमा महसंकष्टकालमा (अर्थात् आगोको भट्टीमा शोधन हुँदा) केमा प्रवेश गर्नुपर्छ, साथै आगोको परीक्षाको अवधिमा तिनीहरू कुन कुराले सुसज्‍जित हुनुपर्छ सो पत्ता लगाउनुपर्छ। सधैँ आफ्ना आमाबाबु (अर्थात् देह) को सेवा नगर् जो सुँगुर र कुकुरहरू जस्ता छन् र कमिला र उडुसहरू भन्दा पनि खराब छन्। यसप्रति व्याकुल हुनु, बलपूर्वक सोचविचार गर्नु र आफ्नो दिमागलाई कष्ट दिनुको के अर्थ छ? देह तेरो स्वामित्वमा छैन, यो त परमेश्‍वरको हातमा छ, जसले तँलाई नियन्त्रण मात्र गर्नुहुन्‍न, शैतानलाई पनि हुकुम गर्नुहुन्छ। (यसको अर्थ देह सुरुमा शैतानको स्वामित्वमा हुन्छ भन्‍ने हो। शैतान पनि परमेश्‍वरको हातमा छ, त्यसैले यस कुरालाई यो शब्दमा मात्र भन्‍न सकिन्छ। किनकि यस प्रकारले भन्दा धेरै पत्यारिलो हुन्छ; यसले मानिसहरू सम्पूर्ण रूपमा शैतानको स्वामित्वमा छैनन्, बरु परमेश्‍वरको हातमा छन् भन्‍ने बुझाउँछ।) तँ देहको यातनामा परेर जिइरहेको छस्—तर के देह तेरो स्वामित्वमा छ त? के यो तेरो वशमा छ? त्यस विषयमा किन तेरो दिमागमा जोर लगाउँछस्? किन लामो समयदेखि तेरो सडेको देहको निम्ति निरन्तर परमेश्‍वरसँग बिन्ती गरिरहन्छस्, जुन लामो समयदेखि दोषी ठहरिएको, श्रापित भएको र अशुद्ध आत्माहरूद्वारा अशुद्ध पारिएको छ? शैतानका सहयोगीहरूलाई सधैँ तेरो हृदयको नजिक राख्‍नुको के आवश्यकता छ? के देहले तेरो वास्तविक भविष्यलाई, तेरा सुन्दर आशाहरूलाई र तेरो जीवनको साँचो गन्तव्यलाई बिगार्न सक्छ भन्‍ने कुरामा तँ चिन्तित हुँदैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८७

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६५

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०३

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि...