परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०६

मैले यति धेरै वचन व्यक्त गरेको छु, र मेरो इच्‍छा र मेरो स्वभावलाई पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै पनि असक्षम छन्। अथवा, यसो भन्‍न सकिन्छ, मानिसहरू अझै पनि मेरो आज्ञा पालन गर्न असक्षम छन्। बाइबलभित्र नै जिउनेहरू, व्यवस्थाभित्र नै जिउनेहरू, क्रूसमा जिउनेहरू, सिद्धान्तअनुसार जिउनेहरू, आज मैले गर्ने कामको बीचमा जिउनेहरू—तिनीहरूमध्ये को मप्रति अनुकूल छन्? तिमीहरू आशिष् र इनामहरू प्राप्त गर्ने बारेमा मात्रै विचार गर्छौ, तर मप्रति वास्तवमा कसरी अनुकूल हुने, वा आफैलाई म विरुद्ध हुनबाट कसरी रोक्‍ने त्यसको बारेमा अलिकति पनि विचार गरेका छैनौ। म तिमीहरूप्रति धेरै निराश भएको छु, किनभने मैले तिमीहरूलाई यति धेरै दिएको छु, तैपनि मैले तिमीहरूबाट अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूको लालची इच्‍छाहरू, तिमीहरूका धोका, तिमीहरूका अनाज्ञाकारीता—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मप्रति लापरवाही छौ, तिमीहरूले मलाई ठग्छौ, तिमीहरू मलाई अपमान गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मेरो बलिदानको लागि मलाई माग गर्छौ र जबरजस्ती गर्छौ—त्यस किसिमको अनिष्टता कसरी मेरो दण्डबाट उम्कन सक्छ। यी सबै दुष्कर्म मेरो विरुद्ध तिमीहरूको शत्रुताको प्रमाण हो र मप्रति तिमीहरू अनुकूल नभएको प्रमाण हो। तिमीहरू प्रत्येकले मप्रति आफू अनुकूल छौ भनेर विश्‍वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथियो? तिमीहरूमा मप्रति अत्याधिक इमानदारीता र बफादारीता छ भन्‍ने तिमीहरू आफै विश्‍वास गर्छौ। तिमीहरू यति कृपालु, यति करुणामय छौ, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेका छौ भन्‍ने तिमीहरूलाई लाग्छ। तिमीहरूले मेरो लागि गर्नुपर्ने भन्दा बढी नै गरेका छौ भन्‍ने तिमीहरूलाई लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई तिमीहरूका कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै लापरवाही छौ; तिमीहरूले मलाई झुक्याउँछौ युक्तिहरू अत्यन्तै चतुर किसिमका छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्रायहरू र घृणास्पद विधिहरू छन्। तिमीहरूको बफादारीता अत्यन्तै थोरै छ, तिमीहरूको तत्परता अत्यन्तै नगण्य छ, र तिमीहरूको विवेक झनै कम छ। तिमीहरूको हृदय अत्यन्तै धेरै द्वेष छ, र तिमीहरूको द्वेषबाट कोही पनि उम्कँदैन, म पनि। आफ्‍नो छोराछोरीको खातिर, वा आफ्‍नो श्रीमानको खातिर, वा तिमीहरूको आत्मसंरक्षणको खातिर तिमीहरूले मलाई थुन्छौ। मेरो बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्‍नै परिवार, आफ्‍नो छोराछोरी, आफ्‍नो प्रतिष्ठा, आफ्‍नो भविष्य, र आफ्‍नो सन्तुष्टिको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले मेरो बारेमा विचार गरेका छौ? ठन्डा दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुको बारे विचार गर्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। जब तैँले आफ्‍नो कर्तव्य निभाउँछस्, तैँले आफ्‍नै रुचिहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, तेरो परिवारका सदस्यहरूका बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि हुने कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई जुनसुकै हालतमा पनि मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारीताको वास्तविकता कहाँ छ? मप्रति तेरो आज्ञाकारीताको वास्तविकता कहाँ छ? कहिले तेरो अभिप्रायहरू मेरा आशिषहरू प्राप्त नगर्नको खातिर रहेका छन्? तिमीहरू मलाई झुक्याउँछौ र मलाई धोका दिन्छौ, तिमीहरू सत्यतामाथि खेलबाड गर्छौ, तिमीहरू सत्यताको अस्तित्वलाई लुकाउँछौ, र सत्यताको सार-तत्वलाई धोका दिन्छौ। यसरी मेरो विरुद्धमा गएर भविष्यमा तिमीहरूलाई केले पर्खिन्छ? तिमीहरू अस्पष्ट परमेश्‍वरप्रतिको अनुकूलतालाई मात्रै खोजी गर्छौ, र अस्पष्ट विश्‍वासको मात्रै खोजी गर्छौ, तैपनि तिमीहरू ख्रीष्‍टप्रति अनुकूल छैनौ। के दुष्टले पाउने जस्तै तिमीहरूको अनिष्टताले पनि दण्ड पैदा गर्नेछैन र? त्यो समयमा, ख्रीष्‍टको अनुकूल नरहने कसैले पनि क्रोधको दिनबाट उम्कन सक्दैन भन्‍ने कुरालाई तिमीहरूले महसुस गर्नेछौ, र ख्रीष्‍टको विरुद्धमा खडा हुनेहरूमाथि कस्तो प्रकारको दण्ड आउनेछ भन्‍ने कुरा तिमीहरूले पत्ता लगाउनेछौ। जब त्यो दिन आउँछ, परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासको कारण आशिषित हुने र स्वर्गको प्रवेश प्राप्त गर्ने तिमीहरूका सपनाहरू चकनाचूर हुनेछन्। तैपनि, ख्रीष्‍टप्रति अनुकूल हुनेहरूका लागि यस्तो हुनेछैन। तिनीहरूले धेरै कुरा गुमाएको भए तापनि, तिनीहरूले धेरै कठिनाइ भोगेका भए तापनि, मैले मानवजातिलाई दिने सबै उत्तराधिकार तिनीहरूले प्राप्त गर्नेछन्। अन्तमा, म मात्रै धर्मी परमेश्‍वर हुँ, र मानवजातिलाई उसको सुन्दर गन्तव्यमा लैजान सक्‍ने म मात्रै हुँ भन्‍ने कुरालाई तिमीहरूले बुझ्‍नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८१

पत्रुसले जे खोजी गरे त्यो सबै परमेश्‍वरको हृदय अनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरूलाई पूरा गर्न खोजे, र कष्ट-भोग र विपत्तिको बाबजुद पनि,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५७

परमेश्‍वरले सत्यको आफ्नो अभिव्यक्तिमा, उहाँको आफ्नो स्वभाव र सार व्यक्त गर्नुहुन्छ; उहाँले व्यक्त गर्नुहुने सत्यता मानव जातिले स्वीकार...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६६

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्