परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १६३
यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्वर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरसँग भावना भएको कारण, वा मानिसले उहाँलाई प्राप्त गरेको नचाहनुभएको कारण, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल भएको होइन, तर मानिसले नै परमेश्वरलाई प्राप्त गर्न चाहँदैन, र मानिसले परमेश्वरलाई अत्यन्त जरुरी मानेर खोज्दैन त्यसको कारणले हो। परमेश्वरलाई साँच्चिकै खोज्ने व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्वरद्वारा श्राप दिइनसक्छ? स्वस्थ चेतना र संवेदनशील विवेक भएको व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? परमेश्वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिनसक्छ? परमेश्वरको आज्ञापालन गर्न खुशी हुने व्यक्ति कसरी परमेश्वरको घरबाट बाहिर निकालिन सक्छ? परमेश्वरलाई पर्याप्त प्रेम गर्न नसक्ने व्यक्ति कसरी परमेश्वरको दण्डमा बाँच्न सक्छ? परमेश्वरको निम्ति सबै थोक त्याग्न खुशी हुने व्यक्ति कसरी कुनै थोक नभएको व्यक्ति बन्न सक्छ? मानिस परमेश्वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्वरको निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्वरलाई आजीवन भक्ति अर्पण गर्न अनिच्छुक छ; बरु, परमेश्वर टाढा जानुभएको छ, परमेश्वरको बारेमा धेरै कुरा मानिसको धारणामा असुहाउँदो छ भनी उसले भन्छ। यस किसिमको मानवतासित, तिमीहरूले आफ्ना प्रयत्नहरूलाई विस्थापित गरे तापनि, तिमीहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्दैनौ, तिमीहरूले परमेश्वरको खोजी गर्ने यथार्थको बारेको त कुरै नगरौं। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई आदर गर्न के भन्छन् भनी के तिमीहरूलाई थाहा छैन? परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको चेतना फेरि सामान्य बन्न सक्दैन भने, र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरूले “ब्वाँसो” भन्ने नामबाट कहिल्यै छुटकारा पाउनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू स्वाभाविक रूपमा भोको ब्वाँसाहरूको झुण्ड, टुटेफुटेका टुक्राहरू र फोहोरको थुप्रो हौ, तिमीहरूले जस्तै म कृपा पाउन मात्र काम गर्दिनँ, तर कामको खाँचो भएको कारणले गर्छु। यदि तिमीहरू यसरी निरन्तर विद्रोही भइरहन्छौ भने, म आफ्नो काम रोक्नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैन; यसको विपरीत, मलाई प्रसन्न तुल्याउने समूहलाई म मेरो काम हस्तान्तरण गर्नेछु, र यसरी तिमीहरूलाई सदाको लागि त्यागिदिनेछु, किनकि मप्रति शत्रुता राख्ने मानिसहरूलाई म हेर्न अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग सङ्गत गर्न चाहन्छौ, वा मेरो विरुद्ध शत्रुता कायम राख्न चाहन्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
यशैया, इजकिएल, मोशा, दाऊद, अब्राहाम, र दानिएल इस्राएलका चुनिएका मानिसहरूका बीचमा अगुवाहरू वा अगमवक्ताहरू थिए। किन तिनीहरूलाई परमेश्वर...
मानिसलाई भ्रष्ट तुल्याउन शैतानले सामाजिक प्रचलन प्रयोग गर्छ शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन...
आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्ने आँट गर्छ? के कसैले...
जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्वरप्रतिको मानिसको...