परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ५०
राज्यका राजा, सर्वशक्तिमान् परमेश्वरको गवाही दिइएको समयदेखि परमेश्वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
हजारौँ वर्षको भ्रष्टतापछि, मानिस सुन्न नसक्ने र सुस्त भएको छ; ऊ परमेश्वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्वरलाई धोका दिन्छ: जब मानिसले परमेश्वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्वरको श्रापहरू र परमेश्वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्हरू प्राप्त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्न सक्छ? मानिससँग साँच्चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्हरू प्राप्त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्वरको स्वरूपलाई खोज्न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
राज्यका राजा, सर्वशक्तिमान् परमेश्वरको गवाही दिइएको समयदेखि परमेश्वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको...
ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको...
पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्वरको कामले सम्पूर्ण...
जब तैँले आफैलाई जीवनका लागि सुसज्जित पारिरहेको हुन्छस्, तैंले परमेश्वरको वचनहरू खाने र पिउने कुरामा ध्यान दिनु पर्दछ, तैँले परमेश्वरको...