परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९३
जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्वरप्रतिको मानिसको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
भनिन्छ, “आखिरीसम्म पछि लाग्नेले निश्चय नै मुक्ति पाउनेछ,” तर के यो अभ्यास गर्न सजिलो छ? सजिलो छैन, अनि ठूलो रातो अजिङ्गरको खेदो र सतावटमा पर्ने कैयौँ मानिसहरू अत्यन्तै डरपोक र भयभीत भएर परमेश्वरलाई पछ्याउनै सक्दैनन्। तिनीहरू किन यसरी पतित भए? किनभने तिनीहरूमा साँचो विश्वासको कमी छ। कतिपय मानिसहरू सत्यता स्वीकार गर्न, परमेश्वरलाई प्रार्थना गर्न, उहाँमा भरोसा गर्न सक्छन्, र परीक्षा र सङ्कष्टहरूमा दह्रिलो गरी खडा हुन सक्छन्, जबकि अरूले अन्त्यसम्मै पछ्याउन सक्दैनन्। परीक्षा र सङ्कष्टको कुनै विन्दुमा तिनीहरू लड्नेछन्, आफ्नो गवाही गुमाउनेछन्, र उठेर अघि बढ्न नसक्ने अवस्थामा पुग्नेछन्। तेरो सङ्कल्पलाई हल्लाउन सक्ने, तेरो हृदयलाई ओगट्न सक्ने, वा तँलाई तेरो कर्तव्य पूरा गर्न र तेरो अगाडिको प्रगतिलाई जकड्न सक्ने हरेक दिन पैदा हुने, साना-ठूला सबै कुरालाई लगनशीलताको साथ ध्यान दिनुपर्छ; तैँले तिनलाई होसियारीसाथ जाँच्नुपर्छ र सत्यता खोज्नुपर्छ। यी सबै समस्याहरू तैँले अनुभव गर्दै जाँदा समाधान गर्नुपर्ने कुराहरू हुन्। कतिपय मानिसहरू कठिनाइ आइपर्दा, नकारात्मक बन्छन्, गुनासो गर्छन्, र आफ्नो कर्तव्य त्याग्छन् र प्रत्येक बाधापछि तिनीहरू खडा हुन असमर्थ हुन्छन्। यी सबै मानिसहरू सत्यतालाई प्रेम नगर्ने मूर्खहरू हुन्, र जीवनभरि विश्वास गरे पनि उनीहरूले सत्यता प्राप्त गर्दैनन्। त्यस्ता मूर्खहरूले कसरी आखिरीसम्म पछ्याउन सक्छन्? यदि तेरो जीवनमा एउटै कुरा दस पटक देखा पर्छ, तर त्यसबाट तैँले केही पनि प्राप्त गर्दैनस् भने, तँ मामुली, बेकम्मा व्यक्ति होस्। आत्मिक बुझाइ भएका बाठो र साँचो क्षमता भएका मानिसहरू सत्यताको खोजी गर्नेहरू हुन्; उनीहरूलाई दस पटक केही भयो भने, सायद तीमध्ये आठ वटा अवस्थामा, तिनीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्न, केही पाठ सिक्न, केही सत्यता बुझ्न अनि केही उन्नति गर्न सक्नेछन्। आत्मिक बुझाइ नभएका कुनै मूर्ख व्यक्तिमाथि जब दस पटक केही परिआउँछ, त्यसले एकै पल्ट पनि उनीहरूको जीवनमा फाइदा गर्दैन, एकै पल्ट पनि त्यसले तिनीहरूलाई परिवर्तन गर्दैन, र त्यसले एकै पटक पनि उनीहरूलाई आफ्नो कुरूप अनुहार चिन्ने बनाउँदैन, जुन अवस्थामा उनीहरूका लागि सबै कुरा समाप्त हुन्छ। प्रत्येक चोटि जब उनीहरूलाई केही हुन्छ, तिनीहरू ढल्छन्, र प्रत्येक चोटि तिनीहरू ढल्दा तिनीहरूलाई साथ दिन र फकाउन तिनीहरूलाई अरू कसैको खाँचो हुन्छ; साथ दिने र फकाउने कार्यबिना तिनीहरू उठ्न सक्दैनन्, र प्रत्येक चोटि केही हुँदा, तिनीहरू ढल्ने र पतन हुने खतरामा हुन्छन्। के यो तिनीहरूका लागि अन्त्य नै होइन र? के यस्ता बेकम्मा मानिसहरुलाई मुक्ति दिने अरू कुनै आधारहरू छन्? परमेश्वरले मानवजातिलाई दिनुभएको मुक्ति सत्यतालाई प्रेम गर्नेहरूको मुक्ति हो, इच्छा र सङ्कल्पसहितको तिनीहरूको एउटा भागको मुक्ति हो, र हृदयमा सत्यता र न्यायको तिर्सना गर्ने तिनीहरूको एउटा भागको मुक्ति हो। व्यक्तिको सङ्कल्प भनेको हृदयमा न्याय, भलाइ र सत्यताको तिर्सना गर्ने र विवेक धारण गरेको तिनीहरूको एउटा भाग हो। परमेश्वरले मानिसहरूको यस भागलाई मुक्ति दिनुहुन्छ, र यसमार्फत, उहाँले उनीहरूको भ्रष्ट स्वभावलाई परिवर्तन गर्नुहुन्छ, यसैले कि उनीहरूले सत्यतालाई बुझ्न र प्राप्त गर्न सकून्, यसैले कि उनीहरूको भ्रष्टता पखालिओस् र उनीहरूको जीवन स्वभाव रूपान्तरण होस्। यदि तँभित्र यी कुराहरू छैनन् भने, तैँले मुक्ति पाउन सक्दैनस्। यदि तँभित्र सत्यताप्रति कुनै प्रेम वा न्याय र ज्योतिप्रतिको कुनै आकांक्षा छैन भने; यदि तैँले दुष्ट कुराहरू सामना गर्नुपर्दा, तँमा ती कुराहरू त्याग्ने इच्छा पनि हुँदैन, र कठिनाइ सहने दृढसङ्कल्प पनि हुँदैन भने; यसबाहेक, यदि तेरो विवेक अचेत छ भने; यदि सत्यतालाई ग्रहण गर्ने तेरो प्राकृतिक क्षमता पनि अचेत छ, र तँ सत्यता र उत्पन्न हुने घटनाहरूप्रति ग्रहणशील छैनस् भने; र यदि तँ सबै कुरामा खुट्टयाउने गर्दैनस्, र कुनै परिस्थिति सामना गर्दा, तँ समस्या समाधान गर्नेहेतु सत्यता खोज्न सक्दैनस् र निरन्तर नकारात्मक बन्छस् भने, तैँले मुक्ति पाउने कुनै उपाय छैन। त्यस्ता व्यक्तिसँग सिफारिस गर्ने केही पनि हुँदैन, परमेश्वरले काम गर्न लायकको केही पनि हुँदैन। उनीहरूको अन्तस्करण मन्द हुन्छ, उनीहरूको दिमाग धमिलिएको हुन्छ, र उनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, न त उनीहरूले आफ्नो हृदयको गहिराइमा न्यायको तृष्णा नै गर्छन्, र परमेश्वरले जतिसुकै स्पष्ट वा पारदर्शी रूपमा सत्यता बोल्नुभए पनि, उनीहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, यस्तो लाग्छ मानौँ उनीहरूको हृदय पहिल्यै मरिसकेको छ। के उनीहरूका लागि काम-कुराहरू सकिएका हुँदैनन् र? थोरै सास बाँकी रहेको व्यक्तिलाई कृत्रिम श्वास-प्रस्वासद्वारा बचाउन सकिन्छ, तर यदि उनीहरू मरिसकेका छन् र उनीहरूका प्राण निस्केर गइसकेका छन् भने कृत्रिम श्वास-प्रस्वासले केही काम गर्दैन। यदि समस्या र कठिनाइहरू सामना गर्दा व्यक्ति पछि हट्छ र तीबाट पन्छिन्छ भने, उसले सत्यताको खोजी पटक्कै गर्दैन, र उसले आफ्नो काममा नकारात्मक र सुस्त बन्न रुचाउँछ, त्यसपछि उसको वास्तविक रूप खुलासा हुन्छ। त्यस्ता मानिसहरूसँग कुनै अनुभवात्मक गवाही हुँदै हुँदैन। तिनीहरू फाइदा लुट्ने, धर्तीको भार मात्र हुन्छन्, परमेश्वरको घरमा तिनीहरूको कुनै काम हुँदैन, र तिनीहरू पूर्णतया विनाशउन्मुख हुन्छन्। समस्याहरू समाधान गर्न सत्यता खोज्न सक्ने मानिसहरू मात्रै कद भएका मानिसहरू हुन्, र तिनीहरू मात्रै आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छन्। समस्या र कठिनाइहरू सामना गर्दा, तैँले तिनलाई नअत्तालिई सामना गर्नुपर्छ, र सही तरिकाले प्रतिक्रिया जनाउनुपर्छ, र तैँले एउटा निर्णय लिनुपर्छ। तैँले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सिक्नुपर्छ। तैँले सामान्य रूपमा बुझेका सत्यताहरू गहन होऊन् वा सतही, तैँले तिनलाई प्रयोग गर्नुपर्छ। सत्यता तेरो जीवनमा कुनै कुरा आइपर्दा तेरो मुखबाट निस्कने शब्दहरू मात्रै होइनन्, न त ती अरूका समस्याहरू समाधान गर्नको लागि निश्चित रूपमा प्रयोग गरिने कुराहरू हुन्; खासमा सत्यता त तैँले आफ्ना समस्या र कठिनाइहरू समाधान गर्नको लागि प्रयोग गरिनुपर्ने कुराहरू हुन्। सबभन्दा महत्त्वपूर्ण कुरा भनेकै त्यही हो। अनि जब तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्छस् तब मात्र तैँले अरूका समस्याहरू समाधान गर्न सक्छस्। पत्रुस एउटा फल हुन् भनी किन भनिन्छ? किनकि तिनमा केही मूल्यवान्, सिद्ध पारिन लायकका थोकहरू छन्। तिनले सबै कुरामा सत्यताको खोजी गरे, तिनीसँग सङ्कल्प थियो, र तिनी इच्छाशक्तिमा दृढ थिए; तिनीसँग समझ थियो, तिनी कठिनाइ भोग्न इच्छुक थिए; तिनले आफ्नो हृदयले सत्यतालाई प्रेम गर्थे; तिनले हुन आएका कुनै पनि कुरालाई त्यसै जान दिँदैनथिए, अनि तिनले यो सबै कुराबाट पाठहरू सिक्न सक्थे। यी सबै बलिया पक्षहरू हुन्। यदि तँसित यी कुनै पनि बलिया पक्षहरू छैनन् भने, त्यसको अर्थ समस्या हो। सत्यता प्राप्त गर्न र मुक्ति पाउन तँलाई सहज हुनेछैन। यदि तँलाई कसरी अनुभव गर्ने भन्ने थाहा छैन वा तँसँग अनुभव छैन भने, तैँले अरूका कठिनाइहरू समाधान गर्न सक्नेछैनस्। तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न असमर्थ भएकोले, तँमाथि परिस्थितिहरू आइपर्दा के गर्ने भन्ने तँलाई थाहा हुँदैन, समस्याहरू सामना गर्दा तँ व्याकुल हुन्छस् र रुन्छस्, र केही सानातिना बाधाहरू सामना गर्दा नै तँ नकारात्मक बनेर भाग्ने गर्छस्, अनि तँ सही तरिकाले प्रतिक्रिया दिन असक्षम छस्। यसले गर्दा, तैँले जीवन प्रवेश प्राप्त गर्न असम्भव छ। जीवन प्रवेशविना तैँले अरूलाई कसरी भरणपोषण गर्न सक्छस्? मानिसहरूको जीवनको भरणपोषण गर्न, तैँले सत्यताबारे स्पष्ट सङ्गति गर्नुपर्छ र समस्याहरू समाधान गर्न अभ्यासका सिद्धान्तहरूबारे स्पष्ट सङ्गति गर्न सक्नुपर्छ। हृदय र आत्मा भएको व्यक्तिको हकमा, तैँले थोरै कुरा बताए पनि, तिनीहरूले बुझ्नेछन्। तर थोरै सत्यता बुझेर मात्र पुग्दैन। तिनीहरूसँग अभ्यासका मार्ग र सिद्धान्तहरू पनि हुनुपर्छ। यसले मात्रै तिनीहरूलाई सत्यता अभ्यास गर्न सहयोग गर्नेछ। मानिसहरूमा आत्मिक बुझाइ भए पनि, र तिनीहरूले एकदुई शब्दमै ती बुझे पनि, तिनीहरूले सत्यता अभ्यास गरेनन् भने तिनीहरूको जीवन प्रवेश हुँदैन। यदि तिनीहरूले सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरूको लागि सबै समाप्त हुन्छ, र तिनीहरू सत्यता वास्तविकताहरूमा कहिल्यै प्रवेश गर्न सक्नेछैनन्। तैँले कसैलाई सिकाउँदा उसको हात समाएर डोर्याउन सक्छस्, र त्यो बेला उसले बुझेको जस्तो देखिन्छ, तर तैँले उसलाई छोड्नेबित्तिकै, ऊ फेरि अन्योलमा पर्छ। यस्तो व्यक्ति आत्मिक बुझाइ भएको व्यक्ति होइन। तैँले जुनसुकै समस्याहरू सामना गरे पनि, यदि तँ नकारात्मक र कमजोर हुन्छस्, तँसँग कुनै गवाही छैन, र तैँले आफूले गर्नुपर्ने काममा र सहकार्य गर्नुपर्ने कुराहरूमा सहकार्य गर्दैनस् भने, यसले तेरो हृदयमा परमेश्वर हुनुहुन्न, र तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस् भन्ने प्रमाणित गर्छ। पवित्र आत्माको कामले मानिसहरूलाई कसरी प्रभावित गर्छ भन्ने कुरा नगरौँ, तर धेरै वर्ष परमेश्वरको काम अनुभव गरेर, धेरै सत्यताहरू सुनेर, थोरबहुत विवेक राखेर, अनि आत्मसंयम अपनाएर मात्रै पनि, मानिसहरूले कम्तीमा न्यूनतम मापदण्डहरू पूरा गर्न र आफ्नो विवेकको दोषी नहुन सक्नुपर्छ। मानिसहरू अहिले जस्तो भावशून्य र कमजोर हुनु हुँदैन, र तिनीहरू यस्तो अवस्थामा हुनु पूर्णतया अशोचनीय कुरा हो। सायद तिमीहरूले केही वर्षदेखि कुनै पनि सत्यता खोजी नगरी वा कुनै पनि प्रगति गर्दै नगरी बेहोसीमा बिताएका छौ। यदि यस्तो होइन भने, तिमीहरू कसरी अझै पनि यति भावशून्य र सुस्त हुन सक्यौ? जब तिमीहरू यस्तो हुन्छौ, यो पूर्ण रूपमा तिमीहरूको आफ्नै मूर्खता र अज्ञानताको कारणहुन्छ, र तिमीहरूले अरू कसैलाई दोष दिन मिल्दैन। सत्यताले मानिसहरूलाई पक्षपात गर्दैन। यदि तैँले सत्यता स्वीकार गर्दैनस्, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्दैनस् भने, तँ कसरी परिवर्तन हुन सक्छस्? कतिपय मानिसहरूलाई आफ्नो क्षमता अत्यन्तै कमजोर छ र आफूसँग बुझ्ने क्षमताको कमी छ भन्ने लाग्छ, त्यसकारण तिनीहरूले आफूलाई सीमित गर्छन्, र आफूले जति नै सत्यता पछ्याए पनि, परमेश्वरका मापदण्डहरू पूरा गर्न नसक्ने सोच्छन्। तिनीहरूलाई आफूले जति धेरै प्रयास गरे पनि त्यो व्यर्थ हुन्छ, र यसबाहेक केही पनि गर्न सकिँदैन भन्ने लाग्छ, त्यसैले तिनीहरू सधैँ नकारात्मक हुन्छन्, र परिणामस्वरूप, परमेश्वरमा धेरै वर्ष विश्वास गरेर पनि, तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्। सत्यता पछ्याउन कडा परिश्रम नै नगरी, तैँले तेरो क्षमता अत्यन्तै कमजोर छ भनेर भन्छस्, हरेस खान्छस्, र तँ सधैँ नकारात्मक स्थितिमा जिउँछस्। परिणामस्वरूप, तैँले बुझ्नुपर्ने सत्यता बुझ्दैनस् वा तेरो क्षमताले भ्याउने सत्यता अभ्यास गर्दैनस्—के तैँले आफूले आफैलाई बाधा दिइरहेको छैनस् र? यदि तैँले सधैँ आफ्नो क्षमता पर्याप्त रूपमा असल छैन भनी भन्छस् भने, के यो जिम्मेवारी इन्कार गर्नु र त्यसबाट पन्छिनु होइन र? यदि तैँले कष्ट भोग्न, मूल्य चुकाउन, र पवित्र आत्माको कार्य प्राप्त गर्न सक्छस् भने, अपरिहार्य रूपमै तँ केही सत्यता बुझ्न र केही वास्तविकतामा प्रवेश गर्न सक्षम छस्। यदि तैँले परमेश्वरतर्फ हेर्दैनस् वा उहाँमा भरोसा गर्दैनस्, अनि कुनै प्रयास नगरी वा मूल्य नचुकाई हरेस खान्छस्, र आत्मसमर्पण गर्छस् भने, तँ बेकारको व्यक्ति होस्, र तँमा थोरै पनि विवेक र समझसमेत छैन। तेरो क्षमता कमजोर भए पनि उत्तम भए पनि, यदि तँसँग थोरै विवेक र समझ छ भने, तैँले आफूले गर्नुपर्ने कुरा र आफ्नो मिसनलाई उचित रूपमा पूरा गर्नुपर्छ; भगुवा हुनु एकदम नराम्रो कुरा हो र यो परमेश्वरप्रतिको धोका हो। यो उद्धार गर्न नसकिने कुरा हो। सत्यताको खोजीको लागि दह्रिलो इच्छाको आवश्यकता पर्छ, र अत्यन्तै नकारात्मक वा कमजोर मानिसहरूले केही पनि उपलब्धि प्राप्त गर्नेछैनन्। तिनीहरूले परमेश्वरलाई अन्त्यसम्मै विश्वास गर्न सक्नेछैनन्, र, यदि तिनीहरूले सत्यता प्राप्त गर्न र स्वभावगत परिवर्तन हासिल गर्न चाहन्छन् भने, तिनीहरूसँग अझै कमै आशा हुन्छ। सङ्कल्प भएका र सत्यताको खोजी गर्नेहरूले मात्रै यसलाई प्राप्त गर्न र परमेश्वरद्वारा सिद्ध तुल्याइन सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्वरप्रतिको मानिसको...
तिमीहरूको गन्तव्य र तिमीहरूको भाग्य तिमीहरूको निम्ति धेरै महत्वपूर्ण छन्—ती गम्भीर चासोको कुरा हुन्। तिमीहरू विश्वास गर्छौ कि यदि...
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...
परमेश्वरका वचनहरूमध्ये प्रत्येकले हामीलाई घाइते बनाएर डरले भरेर छोडिदिँदै, हाम्रा मरणशील बिन्दुहरू मध्ये एउटामा प्रहार गर्छन्। उहाँले...