परमेश्वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३५
परमेश्वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्वरको वचन हो, तैँले जे देख्छस्, त्यो...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यदि तँ सत्यताको बुझाइ हासिल गर्न चाहन्छस् भने, तँलाई परमेश्वरका वचनहरू कसरी खाने-पिउने भन्ने कुरा थाहा हुनु निकै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका वचनहरू अत्यन्तै थोरै पढ्छस्, तिनलाई गम्भीरता साथ पढ्दैनस्, र तैँले तिनको बारेमा हृदयदेखि मनन गर्दैनस् भने, तैँले सत्यता बुझ्न सक्नेछैनस्। तैँले थोरै धर्मसिद्धान्त मात्रै बुझ्न सक्नेछस्, त्यसकारण परमेश्वरका वचनहरूमा उहाँका अभिप्राय र उद्देश्यलाई बुझ्न तँलाई अत्यन्तै कठिन हुनेछ। यदि तँ परमेश्वरका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यसले तैँले सत्यतालाई बुझेको छैनस् भन्ने प्रमाणित गर्छ। परमेश्वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो लबजमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैँले परमेश्वरका अभिप्राय वा उहाँका उद्देश्यलाई बुझेको छैनस्; यदि तैँले उहाँका वचनहरूपछाडिको प्रसङ्गलाई बुझ्दैनस् भने, कसरी सत्यता बुझ्न वा अभ्यास गर्न सक्छस्? सत्यता प्राप्त गर्नको लागि, तैँले सुरुमा परमेश्वरले बोल्नुहुने हरेक वचनमा उहाँले के भन्न खोज्नुभएको हो त्यो बुझ्नुपर्छ र ती वचनहरू बुझेपछि तिनलाई अभ्यासमा लागु गर्नुपर्छ, यसरी तँ परमेश्वरका वचनहरूमा जिउनुपर्छ, र तिनलाई तेरो वास्तविकता बनाउनुपर्छ। त्यसो गरेर तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। जब तँमा परमेश्वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैँले सत्यतालाई बुझ्न सक्छस्। केही शब्दहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्ने तँलाई लाग्छ। यो आफैलाई धोका दिनु हो। परमेश्वरले किन मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाउनुहुन्छ भन्नेसमेत तैँले बुझ्दैनस्। यसले के प्रमाणित गर्छ भने तैँले परमेश्वरको अभिप्राय बुझ्दैनस्, र तैँले अझै पनि सत्यता बुझेको छैनस्। वास्तवमा, परमेश्वरले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन यो माग गर्नुहुन्छ, ताकि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न सकून्, र तिनीहरू परमेश्वरप्रति समर्पित हुने र उहाँलाई चिन्ने मानिसहरू बनून्। परमेश्वरले मानिसहरूलाई सत्यता अभ्यास गर्न लगाएर हासिल गर्न चाहनुभएको उद्देश्य यही हो।
सत्यलाई प्रेम गर्ने, सत्यको तिर्सना गर्ने, र सत्यको खोजी गर्ने मानिसहरूका निम्ति परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई शब्दहरू र धर्मसिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। सत्य र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको दृष्टिकोण गलत हुन्छ; सीधा कुरा पढ्नलाई पनि तिनीहरू आफ्नो घाँटी बटार्छन्—तिनीहरूको सबै दृष्टिकोण गलत हुन्छ। कतिपय मानिसहरूले परमेश्वरका वचनहरू अध्ययन गर्न रुचाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरूले गन्तव्यको बारेमा वा कसरी आशिष् पाउने भन्नेबारेमा के बताउँछन् भनेर सधैँ अध्ययन गर्छन्। यस्ता वचनहरूप्रति तिनीहरूलाई सबभन्दा धेरै चासो हुन्छ। यदि परमेश्वरका वचनहरू तिनीहरूका धारणाहरूअनुरूप छैनन् र तिनले आशिष्हरू पाउने तिनीहरूको इच्छा पूरा गर्दैनन् भने, तिनीहरू नकारात्मक बन्छन्, सत्यता खोजी गर्न छोड्छन्, र परमेश्वरको लागि समर्पित हुन चाहँदैनन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्ने देखाउँदछ। फलस्वरूप, तिनीहरू सत्यताप्रति इमानदार हुँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनासित मेल खाने सत्यता मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा उत्साही भए पनि र तिनीहरूले हर प्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, र परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूले सत्यता अभ्यास वा हासिल गर्ने गर्दैनन्। कतिपय मानिसहरू यस्ता हुन्छन्, जो परमेश्वरका वचनहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही शब्दहरू र धर्मसिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्वरको वचन नै सत्यता हो। तापनि, परमेश्वरको वचन पढेपछि व्यक्तिले सत्यता बुझ्छ र प्राप्त गर्छ भन्ने हुँदैन। यदि परमेश्वरका वचनहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको शब्दहरू र धर्मसिद्धान्तहरू मात्र हुनेछ। यदि तँलाई सत्यता अभ्यास गर्न वा सिद्धान्तहरूअनुसार काम गर्न आउँदैन भने, तँ सत्यता वास्तविकताविहीन रहन्छस्। तैँले परमेश्वरका वचनहरूलाई प्रायः पढिराख्न सक्छस्, तर पछि गएर तैँले परमेश्वरका अभिप्राय बुझ्न सक्दैनस्, र तैँले केही शब्द र धर्मसिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सत्यता बुझ्नको लागि परमेश्वरका वचनहरू कसरी खाने र पिउने? सबैभन्दा पहिले, परमेश्वरको वचन त्यति सीधा छैन भन्ने तैँले बुझ्नुपर्छ; परमेश्वरको वचन पूर्ण रूपमा गहन छ। परमेश्वरका वचनहरूको एउटा वाक्यलाई अनुभव गर्न पनि जीवनभरको अवधि लाग्छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्वरको वचन बुझ्न कसरी सम्भव हुन्छ र? परमेश्वरका वचनहरू पढ्ने क्रममा, यदि तैँले परमेश्वरका अभिप्राय बुझ्दैनस्, र तैँले उहाँका वचनहरूका उद्देश्यहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के काम पूरा गर्न चाहन्छन् भन्ने पनि बुझ्दैनस् भने, के यसको अर्थ तैँले सत्यता बुझ्छस् भन्ने हुन्छ? तैँले परमेश्वरका वचनहरू धेरै पटक पढेको हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड कण्ठस्थ सुनाउन सक्छस् होला, तैपनि तँ सत्यता अभ्यास गर्न सक्दैनस्, तँ परिवर्तन भएकै छैनस्, र परमेश्वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढिएको र बिरानो छ। तेरा धारणाहरूसँग नमिल्ने कुरा सामना गर्दा, तँ उहाँप्रति शङ्कालु रहिरहन्छस्, र तैँले उहाँलाई बुझ्दैनस्, तर उहाँसँग तर्क गर्छस् र उहाँको बारेमा धारणाहरू पाल्छस् र उहाँलाई गलत बुझेर उहाँको विरोध र निन्दा गर्छस्। यो कस्तो प्रकारको स्वभाव हो? यो स्वभाव अहङ्कार, र सत्यतादेखि वितृष्ण हुने स्वभाव हो। यति अहङ्कारी र सत्यताप्रति यति वितृष्ण हुने मानिसहरूले कसरी सत्यता स्वीकार वा अभ्यास गर्न सक्छन्? अवश्य नै त्यस्ता मानिसहरूले सत्यता वा परमेश्वरलाई कहिल्यै प्राप्त गर्न सक्नेछैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्वरको वचन हो, तैँले जे देख्छस्, त्यो...
मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले...
परमेश्वरको काम र वचन तिमीहरूको स्वभावलाई बदली गराउने उद्देश्यको निम्ति हुन्; उहाँको लक्ष्य तिमीहरूलाई केवल उहाँको काम र वचन बुझ्ने वा...
ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई...