परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६४

आत्मचिन्तन गर्नु र आफैलाई चिन्‍नुको चाबी यो हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्‍चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले आफैलाई ती क्षेत्रहरूमा चिन्नु र तँमा कुनै अशुद्धताहरू छन् कि भनेर, साथै तँभित्र भएका कुन-कुन कुराहरूले परमेश्‍वरको अभिप्रायहरू पूरा गर्न सक्दैनन् सो जान्नका लागि ती क्षेत्रहरूलाई अझ गहन रूपमा बुझ्‍नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र उसलाई धेरैले विशेष आदर गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसलाई उसको निम्ति एउटा मुकुट राखिएको हुनेछ भन्‍ने लाग्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्‍वरद्वारा दण्डित भयो। यदि, त्यस समयमा उसले आफ्नै बारेमा चिन्तन र विश्लेषण गरेको भए, उसले जसरी सोच्यो त्यसरी सोच्ने थिएन। अर्को शब्दमा भन्दा, पावलले प्रभु येशूका वचनहरूमा सत्यता खोजी गर्न ध्यान दिएको थिएन; उसले केवल आफ्नै विचार र कल्पनाहरूमा विश्‍वास गरेको थियो। उसले केही असल कुराहरू गर्दैमा र केही असल व्यवहारहरू देखाउँदैमा परमेश्‍वरले उसलाई अनुमोदन गर्नुहुनेछ र उसलाई इनाम दिनुहुनेछ भनी उसले सोचेको थियो। अन्त्यमा, उसको आफ्नै धारणा र कल्पनाले उसको हृदयलाई दृष्टिहीन बनायो र उसको भ्रष्टताको सत्यता छोपिदियो। तर मानिसहरूले यो कुरा पत्ता लगाउन सकेनन्, र तिनीहरूलाई यी कुराहरूबारे कुनै ज्ञान थिएन र परमेश्‍वरले यो कुरा पर्दाफास गर्नुभन्दा पहिले, तिनीहरूले पावललाई हासिल गर्नुपर्ने एउटा मापदण्ड र जिउने उदाहरणको रूपमा लिए, र उसलाई तिनीहरूले आफूले बन्‍न खोजेको र चाहेको नायक ठाने। पावलको मामिला परमेश्‍वरका चुनिएका हरेक मानिसहरूका निम्ति एउटा चेतावनी हो। विशेष गरी परमेश्‍वरलाई पछ्याउने हामीहरूले जब आफ्‍नो कर्तव्यमा कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छौँ र परमेश्‍वरको सेवा गर्ने क्रममा, हामी परमेश्‍वरप्रति बफादार रहेको र हामीले परमेश्‍वरलाई प्रेम गर्ने गरेको महुसुस गर्छौँ, र यस्तो समयमा, हामीले आफ्‍नो बारेमा मनन गर्नुपर्छ र हामीले लिएको मार्गको सन्दर्भमा हामीले आफूलाई अझै बढी बुझ्‍नुपर्छ, जुन अत्यावश्यक कुरा हो। यस्तो किन हुन्छ भने, तैँले जुन कुरालाई असल ठान्छस्, तैँले त्यसैलाई सही निर्धारित गर्छस्, र तैँले त्यसमा शङ्का नगर्ने, यसबारेमा मनन नगर्ने, वा यसमा परमेश्‍वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्ने गर्दैनस्। उदाहरणको लागि, आफैलाई अत्यन्तै दयालु हृदय भएको ठान्‍ने कतिपय मानिसहरू पनि छन्। उनीहरूले कहिल्यै पनि अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरूले सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, नत्र तिनीहरूको समस्या सुल्झिँदैन; उनीहरूमा ठूलो दया-भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवनप्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरूले आफ्नो जीवनलाई थाती राख्छन्, तैपनि आफैसँग अत्यन्तै खुसी भएका हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराले पक्कै परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छन्, र आफूहरू परमेश्‍वरका साँचो विश्‍वासीहरू हौँ भन्‍ने विश्‍वास गर्दै यस कुराप्रति ठूलो गर्व गर्छन्। उनीहरूले आफ्नो प्राकृतिक दयालाई कुनै फाइदा गर्ने पूँजीको रूपमा हेर्छन्, र उनीहरूले त्यस्तो गर्नेबित्तिकै, यसलाई सत्यता नै हो ठान्छन्। वास्तवमा, उनीहरूले जे गर्छन्, ती सबै मानव भलाइ मात्र हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्‍वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्‍वरका मापदण्डहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्‍वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरूले अरूलाई सहायता गर्न मानवीय दया र असल व्यवहारको प्रयोग गर्छन्। सारांशमा, उनीहरूले गर्ने सबैकुरामा परमेश्‍वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरूले उहाँको मापदण्डअनुसार नै काम गर्छन्। परमेश्‍वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्‍न; परमेश्‍वरको लागि त्यो निन्दनीय हुन्छ र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २११

आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५०

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी अन्धविश्‍वासको प्रयोग गर्छ?...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८५

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) तेस्रो दिन, परमेश्‍वरका वचनले पृथ्वी र समुद्रलाई जन्‍म...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०५

जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्