परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ४९
पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान् परमेश्वर नै...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्नै भ्रष्टताका प्रकाशहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र हरेक कुराबारे तेरो मनोवृत्ति—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्नका निम्ति तैँले परमेश्वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्। तिमीहरूले परमेश्वरका वचनहरूको न्याय स्वीकार गर्ने क्रममा, कष्ट-भोग वा पीडाको डर नमान, यसको साथै, परमेश्वरका वचनहरूले तिमीहरूको हृदय छेड्नेछन् र तिमीहरूका कुरूप स्थितिहरू खुलासा गर्नेछन् भनेर डर नमान। यी कुराहरूको कष्ट भोग्नु निकै फाइदाजनक हुन्छ। यदि तिमीहरू परमेश्वरमा विश्वास गर्छौ भने, तिमीहरूले मानिसहरूलाई न्याय र सजाय गर्ने परमेश्वरका वचनहरू, खास गरी मानवजातिको भ्रष्टताको सार खुलासा गर्ने वचनहरू पढ्नुपर्छ। तिमीहरूले तिनलाई आफ्नो व्यावहारिक स्थितिसँग अझै बढी तुलना गर्नुपर्छ, र तिमीहरूले ती वचनहरू आफूसँग धेरै र अरूसँग कम जोड्नुपर्छ। परमेश्वरले खुलासा गर्नुहुने स्थितिहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबै तँमा भेटिन सक्छन्। यदि तँलाई विश्वास लाग्दैन भने, यसलाई अनुभव गर्ने प्रयास गर्। तैँले जति धेरै अनुभव गर्छस्, तैँले आफूलाई त्यति धेरै चिन्नेछस्, र तँलाई परमेश्वरका वचनहरू अत्यन्तै सही छन् भन्ने त्यति नै धेरै अनुभव हुनेछ। परमेश्वरका वचनहरू पढिसकेपछि, कतिपय मानिसहरूले तिनलाई आफैसँग जोड्न सक्दैनन्; उनीहरू यी वचनहरूका केही भागहरू उनीहरूको बारेमा होइनन्, तर ती अरू मानिसहरूको बारेमा हुन् भनी सोच्छन्। उदाहरणको लागि, जब परमेश्वरले मानिसहरूलाई जेजेबेल र वेश्याको रूपमा प्रकट गर्नुहुन्छ, केही दिदी-बहिनीहरूले तिनीहरू आफू आफ्ना पतिप्रति विश्वासयोग्य भएका कारण त्यस्ता वचनहरू उनीहरूका बारेमा भनिएको होइन भनी विचार गर्छन्; केही दिदी-बहिनीहरू उनीहरू अविवाहित भएकाले र कहिल्यै यौन-सम्पर्क नगरेकोले त्यस्ता वचनहरू उनीहरूका निम्ति पनि होइनन् भनी सोच्छन्। केही दाजुभाइहरू यी वचनहरू केवल महिलालाई मात्र भनिएका हुन्, र उनीहरूसँग तिनको कुनै सम्बन्ध छैन भनी विचार गर्छन्; कतिपय मानिसहरू मानिसलाई खुलासा गर्ने परमेश्वरका वचनहरू अत्यन्तै गम्भीर छन्, ती वास्तविकतासँग मेल खाँदैनन् भन्ने विश्वास गर्छन्, र तिनलाई स्वीकार गर्न मान्दैनन्। त्यस्ता मानिसहरू पनि छन् जसले कतिपय अवस्थामा परमेश्वरका वचनहरू गलत हुन्छन् भनी भन्छन्। के यो परमेश्वरका वचनहरूप्रति हुनुपर्ने सही दृष्टिकोण हो? यो अवश्य नै गलत कुरा हो। मानिसहरू सबैले आफूलाई आफ्ना बाहिरी बानीबेहोराको आधारमा हेर्छन्। तिनीहरूले आफ्नो बारेमा मनन गर्न सक्दैनन्, र परमेश्वरका वचनहरूका आधारमा आफ्नो भ्रष्ट सारलाई चिन्दैनन्। यहाँ, “जेजेबेलहरू” र “वेश्याहरू” ले मानवजातिको भ्रष्टता, फोहोरीपन र व्यभिचारलाई जनाउँछ। चाहे पुरुष होस् वा स्त्री, विवाहित होस् वा अविवाहित, सबै जनामा व्यभिचारका भ्रष्ट सोचहरू हुन्छन्—यसैले तँसँग यसको कुनै सम्बन्ध कसरी नहुन सक्छ? परमेश्वरका वचनहरूले मानिसहरूको भ्रष्ट स्वभावहरू खुलासा गर्छन्; चाहे पुरुष होस् वा महिला, भ्रष्टताको स्तर एउटै हुन्छ। के यो एउटा तथ्य होइन? हामीले सुरुमा परमेश्वरले भन्नुभएको सबथोक सत्यता हो, र तथ्यहरूअनुरूप हुन्छन्, अनि मानिसहरूलाई न्याय र खुलासा गर्ने उहाँका वचनहरू जति नै कठोर भए पनि, वा सत्यता सङ्गति गर्ने वा मानिसहरूलाई अर्ती दिने उहाँका वचनहरू जति नै नम्र भए पनि, उहाँका वचनहरू न्याय भए पनि आशिष् भए पनि, ती दोषारोपण वा श्राप भए पनि, तिनले मानिसहरूलाई तीतो अनुभूति दिए पनि मीठो अनुभूति दिए पनि, मानिसहरूले ती सबैलाई स्वीकार गर्नुपर्छ भनेर थाहा पाउनुपर्छ। परमेश्वरका वचनहरूप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति यही हो। यो कस्तो किसिमको मनोवृत्ति हो? के यो निष्ठावान् मनोवृत्ति, भक्त मनोवृत्ति, धैर्य मनोवृत्ति हो, कि दुःखलाई अङ्गाल्ने मनोवृत्ति हो? तिमीहरू अलि दुविधामा छौ। म तिमीहरूलाई भन्छु, कि यो यीमध्ये कुनै पनि होइन। मानिसहरूले तिनीहरूको विश्वासमा परमेश्वरका वचनहरू सत्य छन् भनी दृढ विश्वास गर्नुपर्छ। ती वास्तवमै सत्य भएकाले मानिसहरूले तिनलाई समझका साथ स्वीकार गर्नुपर्छ। चाहे तिनीहरूले परमेश्वरको वचनलाई पहिचान वा स्वीकार गर्न सकून् वा नसकून्, त्यसप्रति तिनीहरूको पहिलो मनोवृत्ति त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने हुनुपर्छ। यदि परमेश्वरको वचनले तिमीहरूमध्ये एक जना वा सबैको खुलासा गर्दैन भने, त्यसले कसको खुलासा गर्छ? अनि यदि त्यो तिमीहरूको खुलासा गर्नको लागि होइन भने, किन तिमीहरूलाई यो स्वीकार गर्न लगाइन्छ? के यो विरोधाभास होइन र? परमेश्वरले सारा मानवजातिसँग बोल्नुहुन्छ, परमेश्वरले बोल्नुभएका हरेक वाक्यले भ्रष्ट मानवजातिलाई खुलासा गर्छ, र कसैलाई पनि छूट छैन—र यसले स्वाभाविक रूपमै तँलाई पनि समावेश गर्छ। परमेश्वरका वाणीहरूको एउटै पङ्क्ति पनि बाहिरी स्वरूप वा कुनै एक प्रकारको स्थितिसँग सम्बन्धित हुँदैन, कुनै बाह्य प्रावधानसँग वा मानिसहरूका व्यवहारको साधारण रूपसँग त्यो सम्बन्धित हुने कुरा त परै जाओस्। ती वाणीहरू त्यस्ता हुँदैनन्। यदि तँलाई परमेश्वरले बोल्नुभएको प्रत्येक पङ्क्तिले सामान्य प्रकारको मानव व्यवहार वा बाहिरी स्वरूपको मात्र खुलासा गरिरहेको छ भन्ने लाग्छ भने, तँसँग कुनै आत्मिक बुझाइ छैन र तैँले सत्यता के हो भन्ने बझ्दैनस्। परमेश्वरका वचनहरू सत्यता हुन्। मानिसहरूले परमेश्वरका वचनहरूको गहनता अनुभूति गर्न सक्छन्। ती कसरी गहन छन्? परमेश्वरका सबै वचनहरूले मानिसका भ्रष्ट स्वभावहरू, र तिनीहरूको जीवनका अत्यावश्यक अनि जरा गाडेर बसेका कुराहरूको खुलासा गर्छन्। ती सारगत कुराहरू हुन्, बाहिरी स्वरूपहरू होइनन्, र निश्चित रूपमा बाहिरी व्यवहार होइनन्। मानिसहरूलाई उनीहरूको बाहिरी स्वरूपबाट हेर्दा तिनीहरू सबै असल देखिन सक्छन्। तर त्यसो भए किन परमेश्वरले केही मानिसहरू दुष्टात्माहरू हुन् र केही अशुद्ध आत्माहरू हुन् भनी भन्नुहुन्छ? यो तेरो निम्ति अदृश्य विषय हो। त्यसकारण, परमेश्वरका वचनहरूलाई मानव धारणा वा कल्पनाहरूअनुसार, वा मानव जनश्रुतिको आधारमा लिनु हुँदैन, र सत्ताधारी पार्टीका अभिव्यक्तिहरूका आधारमा त अवश्य नै लिनु हुँदैन। परमेश्वरका वचनहरू मात्रै सत्यता हुन्; मान्छेका शब्दहरू सबै भ्रम हुन्। आफूलाई त्यसरी सङ्गति गरिसकिएपछि, के तिमीहरूले परमेश्वरका वचनहरूप्रतिको तिमीहरूको मनोवृत्तिमा परिवर्तन अनुभव गरेका छौ? त्यो परिवर्तन जति नै ठूलो वा सानो भए पनि, अर्कोपटक मानिसहरूको न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तैँले कम्तीमा पनि परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। तैँले “मानिसहरूको खुलासा र न्याय गर्ने परमेश्वरका वचनहरू साँच्चै कठोर छन्; म यो पृष्ठ पढ्नेछैन। म यसलाई छोडेर अघि बढ्नेछु। म आशिष्हरू र प्रतिज्ञाहरूबारे पढेर केही सान्त्वना लिनेछु” भन्दै परमेश्वरबारे गुनासो गर्न छोड्नुपर्छ। तैँले अबउप्रान्त आफ्नै रुचिअनुसार रोज्दै र छान्दै परमेश्वरको वचन पढ्न छोड्नुपर्छ। तैँले सत्यता अनि परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्छ; त्यसपछि मात्रै तेरो भ्रष्ट स्वभाव धुन सकिन्छ, र त्यसपछि मात्रै तैँले मुक्ति पाउन सक्छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान् परमेश्वर नै...
प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...
हजारौं वर्षको परमेश्वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ;...
यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया...