परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २२७
के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यदि तँलाई सिद्ध पारिनु छ भने, त्यसका लागि मापदण्डहरू पूरा हुनुपर्छ। तेरो संकल्प, तेरो लगनशीलता र तेरो विवेकमार्फत र तेरो खोजमार्फत, तँ जीवनको अनुभव लिन र परमेश्वरको इच्छालाई सन्तुष्ट पार्न सक्षम हुनेछस्। यो तेरो प्रवेश हो, र सिद्धताको बाटोमा चाहिने कुराहरू यिनै हुन्। सिद्धताको काम सबै मानिसहरूमा गर्न सकिन्छ। परमेश्वरको खोजी गर्ने जोसुकैलाई सिद्ध पार्न सकिन्छ र उनीहरूसँग सिद्ध पारिनका लागि चाहिने अवसर र योग्यताहरू हुन्छन्। यसको कुनै निश्चित नियम छैन। कोही व्यक्तिलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्ने कुरा मुख्यतया उसले के कुराको खोजी गर्छ भन्ने कुरामा भर पर्छ। सत्यलाई प्रेम गर्ने र सत्यमा जिउन सक्ने मानिसहरूलाई पक्कै पनि सिद्ध पार्न सकिन्छ। सत्यलाई प्रेम नगर्ने मानिसहरूलाई परमेश्वरले सराहना गर्नुहुन्न; उनीहरूमा परमेश्वरले खोज्नुभएको साँचो जीवन हुँदैन र तिनीहरूलाई सिद्ध पार्न सकिँदैन। सिद्धताको काम भनेको मानिसहरूलाई प्राप्त गर्नका लागि हो र यो शैतानको विरुद्धमा लड्ने कामको भाग होइन; विजयको कामचाहिँ शैतानको विरुद्धमा लड्नलाई मात्र हो, जसको अर्थ शैतानलाई पराजय गर्नका लागि मानिसमाथिको विजयलाई प्रयोग गर्नु भन्ने हुन्छ। विजयको काम मुख्य काम हो, यो सबैभन्दा नयाँ काम, सबै युगहरूमा नभएको काम हो। यो चरणको कामको लक्ष्य भनेको मुख्यतया सबै मानिसलाई जित्नु र शैतानलाई हराउनु हो भनेर भन्न सकिन्छ। मानिसहरूलाई सिद्ध बनाउने काम—यो नयाँ काम होइन। परमेश्वरले दैहिक स्वरूपमा गर्नुभएको कामको सिलसिलामा हुने सबै कामको मूल लक्ष्य मानिसहरूलाई जित्नु हो। यो अनुग्रहको युगमा भएको जस्तै हो, जुन बेलाको मुख्य काम भनेको क्रूसीकरणद्वारा सबै मानवजातिलाई छुटकारा दिनु थियो। “मानिसहरूलाई प्राप्त गर्नु” देहमा हुने कामको अतिरिक्त लक्ष्य थियो र यो क्रुसीकरणपछि मात्र गरियो। जब येशू आउनुभयो र उहाँले आफ्नो काम गर्नुभयो, उहाँको लक्ष्य भनेको मुख्यतया मृत्यु र पातालको दासत्वमाथि विजय प्राप्त गर्न, शैतानको प्रभावमाथि विजय प्राप्त गर्न—अर्थात्, शैतानलाई पराजित गर्न उहाँको क्रूसीकरणको प्रयोग गर्नु थियो। येशूलाई क्रूसमा टाँगिएपछि मात्र पत्रुस, एकपटकमा एक कदम चाल्दै, सिद्धताको बाटोमा आएका थिए। अवश्य पनि, येशूले काम गरिरहनुभएको बेलामा येशूलाई पछ्याइरहेका व्यक्तिहरूमध्ये पत्रुस पनि एक थिए, तर त्यो समयमा उनी सिद्ध पारिसकिएका थिएनन्। बरु, येशूले उहाँको काम पूरा गर्नुभएपछि मात्र पत्रुसले विस्तारै सत्य बुझ्दै गए र त्यसपछि तिनी सिद्ध पारिए। परमेश्वर छोटो समयमा कुनै कामको प्रमुख, महत्वपूर्ण चरण पूरा गर्नका लागि मात्र धर्तीमा देहधारी भई आउनुहुन्छ, धर्तीका मानिसहरूलाई सिद्ध पार्नका लागि लामो समयसम्म जिउनका लागि उहाँ आउनुहुन्न। उहाँले त्यस्तो काम गर्नुहुन्न। उहाँले उहाँको काम समाप्त गर्नलाई मानिस पूर्ण रूपमा सिद्ध पारिने समयसम्म पर्खनुहुन्न। त्यो उहाँको देहधारणको लक्ष्य र अर्थ होइन। उहाँ मानवजातिलाई मुक्ति दिन गर्नुपर्ने छोटो समयको कामका लागि मात्र आउनुहुन्छ, उहाँ मानवजातिलाई सिद्ध पार्ने लामो समयको कामका लागि आउनुहुन्न। मानवजातिलाई मुक्ति दिने काम प्रतिनिधिमूलक हुन्छ र यसमा नयाँ युग सुरु गर्ने क्षमता रहेको हुन्छ। यो छोटो समय अवधिमा पुरा हुन सक्छ। तर मानवजातिलाई सिद्ध पार्ने काममा मानिसलाई एउटा निश्चित तहसम्म पुर्याउनुपर्ने हुन्छ; यस्तो कामका लागि लामो समय लाग्छ। यो काम परमेश्वरका आत्माले गर्नुपर्छ, तर यो देहको कामको समयमा बोलिएको सत्यको जगमा गरिन्छ। उहाँले मानवजातिलाई सिद्ध पार्ने उहाँको लक्ष्य हासिल गर्नका लागि प्रेरितहरूलाई खडा गरेर लामो समय अवधिको गोठालो गर्ने काममार्फत पनि यो काम गर्नुहुन्छ। देहधारी परमेश्वरले यो काम गर्नुहुन्न। उहाँले जीवनको बाटोको बारेमा मात्र बोल्नुहुन्छ ताकि मानिसहरूले कुरा बुझून् र उहाँले मानवजातिलाई सत्य मात्र दिनुहुन्छ तर मानिसलाई सत्य अभ्यास गर्नका लागि निरन्तर साथ दिने गर्नुहुन्न किनभने यो उहाँको सेवकाइमा छैन। त्यसैले, उहाँले मानिसले पूर्ण रूपमा सत्य बुझेको र पूर्ण रूपमा सत्य प्राप्त गरेको दिनसम्म मानिसलाई साथ दिनुहुनेछैन। जब मानिस परमेश्वरको विश्वासको सही बाटोमा औपचारिक रूपमा प्रवेश गर्छ, जब मानिसले सिद्ध पारिने सही बाटोमा पाइला चाल्छ, तब देहमा हुने उहाँको काम पुरा हुन्छ। यो पक्कै पनि उहाँले पूर्ण रूपमा शैतानलाई पराजय गरी संसारमाथि विजय प्राप्त गर्दाको समयमा हुन्छ। उहाँले न त मानिस अन्ततः त्यो समयमा सत्यमा प्रवेश गर्यो कि गरेन भन्ने कुराको ख्याल राख्नुहुन्छ, न त उहाँले मानिसको जीवन महान् कि मामुली हो भन्ने कुराको नै वास्ता गर्नुहुन्छ। यीमध्ये कुनै पनि देहमा हुनुहुने उहाँले व्यवस्थापन गर्नुपर्ने कुरा होइनन्; यीमध्ये कुनै पनि देहधारी परमेश्वरको सेवकाइभित्र पर्दैनन्। जब उहाँले उहाँको अभिप्रायको काम पुरा गर्नुहुन्छ, उहाँले देहमा हुने उहाँको काम समाप्त गर्नुहुनेछ। त्यसैले, देहधारी परमेश्वरले गर्ने काम भनेको परमेश्वरका आत्माले सीधै गर्न नसक्ने काम हो। साथै, यो मुक्तिको छोटो समयको काम हो, उहाँले धर्तीमा दीर्घकालीन रूपमा गर्नुहुने काम होइन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
के तिमीहरू साँच्चिकै ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ? के तिमीहरू साँच्चै इमानदारीसाथ घृणा गर्छौ? मैले किन तिमीहरूलाई धेरै पटक सोधेको छु? म...
परमेश्वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व...
प्रारम्भमा, परमेश्वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्वरले अझै कुनै काम गर्नुभएको...
हजारौँ वर्षको भ्रष्टतापछि, मानिस सुन्न नसक्ने र सुस्त भएको छ; ऊ परमेश्वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्वरप्रति मानिसको...