परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५०

हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्‍वरको कुनै ज्ञान हुँदैन, र तिनीहरूले आफूभित्रको पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई बेवास्ता गरेका छन्। तिनीहरूसँग परमेश्‍वरको साँचो ज्ञानको जग हुँदैन। यस तरिकाले, तिनीहरूको अनुभव बढ्दै जाँदा तिनीहरूको उत्साह हराउँदै जान्छ। परमेश्‍वरबारे साँचो ज्ञान प्राप्त गर्न खोज्‍नेहरू, विगतमा राम्रो स्थितिमा नभएको, र नकारात्मकता र कमजोरीतिर ध्यान दिने, र प्रायजसो आँसु बगाउने, निराशामा पर्ने, र आशा गुमाउने गरेको भए पनि—अब, तिनीहरूले धेरै अनुभव प्राप्त गरेपछि, तिनीहरूको अवस्थामा सुधार भएको छ। निराकरण गरिएको र तोडिएको अनुभवपछि, र परीक्षा र शोधनको चक्रबाट भएर गएपछि तिनीहरूले ठूलो प्रगति गरेका छन्। नकारात्मक अवस्था घटेको छ, र तिनीहरूको जीवनको स्वभावमा केही परिवर्तन भएको छ। तिनीहरू अझ बढी परीक्षामा पर्दै जाँदा, तिनीहरूका हृदयले परमेश्‍वरलाई प्रेम गर्न थाल्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्‍वरलाई अझ बढी प्रेम गर्न सक्‍ने तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई त्याग्‍न सक्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्‍वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई चिन्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। यसरी मात्रै तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्‍वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्‍वरको काम, साथसाथै उहाँको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनेछ। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि उसले विवेकको कार्य वा परमेश्‍वरको वचनको अन्तर्दृष्टिको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्‍वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफ्‍नो मन खोल्‍न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछ। यस प्रकारको व्यक्ति परमेश्‍वरप्रति बफादार व्यक्ति हो, अनि जुन व्यक्ति परमेश्‍वरप्रति बफादार हुन्छ ऊसित परमेश्‍वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्‍वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्‍वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्‍वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्‍वरको वचन र परमेश्‍वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्‍वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्‍वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस्तो हुँदै जान्छ, उसले आफूले बुझेको सत्यतालाई त्यति नै बढी अघि बढाउन सक्छ। उसले सधैँ परमेश्‍वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्‍वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्‍वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७९

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४

मानिसहरूका परिणामहरूको निर्धारण कसले गर्छ? छलफल गर्नुपर्ने अत्यन्तै महत्त्वको अर्को मामला छ, र त्यो मामला परमेश्‍वरप्रतिको तिमीहरूको आचरण...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्