परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको तरिकाद्वारा आफैलाई अगि बढाउन चाहन्छस्, वा अय्यूबको भन्दा ठूलो विश्‍वास प्राप्त गर्न चाहन्छस्, वा सायद तँ परमेश्‍वरद्वारा धर्मी कहलिन र परमेश्‍वरको सिंहासनको सामु आउन खोज्छस्, वा पृथ्वीमा परमेश्‍वरलाई प्रकटीकरण गर्न र परमेश्‍वरका निम्ति शक्तिशाली र सानदार रूपमा साक्षी दिने प्रयास गर्न खोज्छस्। तिमीहरूले जे गर्न खोजे पनि समग्रमा, तिमीहरू परमेश्‍वरद्वारा मुक्ति पाउनका निम्ति नै खोजी गर्छौ। तैँले धर्मी हुन खोजे पनि, पत्रुसको बानीव्यहोरा, वा अय्यूबको विश्‍वासको खोजी गरे पनि, वा परमेश्‍वरद्वारा सिद्ध पारिन खोजे पनि, यो सब परमेश्‍वरले मानिसमा गर्नुहुने काम हो। अर्को शब्दमा भन्दा, तैंले जे खोजे पनि ती सबै परमेश्‍वरद्वारा सिद्ध पारिनका निम्ति, सबै परमेश्‍वरको वचन अनुभव गर्न, परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नका लागि नै हो; तैंले जे खोजे पनि, त्यो सब परमेश्‍वरको प्रेमिलोपन पत्ता लगाउनका लागि, आफ्नै विद्रोही स्वभावलाई त्याग्‍न सक्‍ने उद्देश्यसहित वास्तविक अनुभवमा अभ्यास गर्ने मार्ग खोज्‍नको लागि, आफैभित्र सामान्य अवस्था हासिल गर्न, पूर्ण रूपमा परमेश्‍वरको इच्छाअनुरूप हुन, सही व्यक्ति बन्‍न र तैंले गर्ने सबै कुरामा सही अभिप्राय राख्‍नको लागि हो। तैंले यी सबै कुराहरूको अनुभव गर्नुको कारण भनेको परमेश्‍वरलाई चिन्नु र जीवनको वृद्धि हासिल गर्नु हो। तैंले अनुभव गर्ने कुरा परमेश्‍वरको वचन र वास्तविक घटनाहरू, साथसाथै तेरो वरिपरिका मानिसहरू, वस्तुहरू र स्थितिहरू भए पनि, अन्ततः तँ परमेश्‍वरलाई चिन्न र परमेश्‍वरबाट सिद्ध हुन सक्छस्। एक धर्मी व्यक्तिको मार्गमा हिँड्न खोज्नु वा परमेश्‍वरको वचन अभ्यास गर्न खोज्‍नु: यी हिँड्ने मार्ग हुन्, जबकि परमेश्‍वरलाई चिन्नु र परमेश्‍वरबाट सिद्ध हुनु भनेको चाहिँ गन्तव्य हो। यदि तैँले अहिले परमेश्‍वरबाट सिद्धता खोजे पनि वा परमेश्‍वरका लागि साक्षी दिन खोजे पनि, त्यो सबै आखिर परमेश्‍वरलाई जान्‍नका निम्ति नै हो; यो उहाँले तँभित्र गर्नुभएको काम व्यर्थ नहोस् भनेर हो, यसरी तैँले अन्ततः परमेश्‍वरको वास्तविकता जान्न, उहाँको महानता थाहा पाउन, र अझ बढी परमेश्‍वरको नम्रता र गोप्यता जान्न, र परमेश्‍वरले तँमा गर्नुहुने धेरै कामको बारेमा जान्न सक्। परमेश्‍वरले आफूलाई यति स्तरसम्म विनम्र तुल्याउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा काम गर्नुहुन्छ र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूको गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्नको निम्ति मात्र देह बन्नुभएन। बरु त्योभन्दा महत्त्वपूर्ण कुरा त यो छ कि उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय तवरमा भ्रष्ट रहेका मानिसहरूका निम्ति गर्नुहुन्छ। उहाँ यी अति भ्रष्ट मानिसहरूलाई मुक्त गर्नको लागि ठूलो रातो अजिङ्गरको बास स्थानमा आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्। परमेश्‍वरले सहनुहुने ठूलो कठिनाइ मात्र देहधारी परमेश्‍वरले भोग्ने कठिनाइ होइन, बरु सबैभन्दा बढी त परमेश्‍वरका आत्माले अत्यधिक अपमान सहनुपर्दछ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एक साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्‍वर देहधारी हुनुभयो र देहको रूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू रहेछन् भनी देख्न सकून। यो कुरा परमेश्‍वरले आफूलाई हदैसम्म विनम्र तुल्याउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्‍वरका आत्मा देहमा प्रकट हुनुभएको छ। उहाँको आत्मा यति उच्च र महान् हुनुहुन्छ, तापनि उहाँले उहाँको आत्माको काम गर्नको लागि एक सामान्य मानिसको, एक नगण्य मानिसको रूप धारण गर्नुहुन्छ। तिमीहरू प्रत्येकको योग्यता, अन्तर्दृष्टि, चेतना, मानवता, र जीवनले तिमीहरू परमेश्‍वरको यस प्रकारको कामलाई स्वीकार गर्न साँच्चै लायक छैनौ भन्ने देखाउँछ। तिमीहरू आफ्नो खातिर परमेश्‍वरलाई यस्तो कठिनाइ सहन दिनको लागि साँच्चै लायक छैनौ। परमेश्‍वर अत्यन्तै महान् हुनुहुन्छ। उहाँ अति नै सर्वोच्च हुनुहुन्छ, तर मानिसहरू अति नै तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति प्रबन्ध गर्न, मानिसहरूसँग बोल्न मात्र देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै बस्नुहुन्छ। परमेश्‍वर अत्यन्तै नम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ। यदि, परमेश्‍वरको प्रेम उल्लेख गर्ने बित्तिकै, परमेश्‍वरको अनुग्रहको बारेमा उल्लेख गर्ने बित्तिकै, तँ ठूलो प्रशंसा गर्दै आँसु झार्छस् भने, यदि तँ यस्तो स्थितिमा आइपुगिस् भने, तैंले परमेश्‍वरको बारेमा साँचो ज्ञान प्राप्त गरेको छस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९४

विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०६

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११

परमेश्‍वरले के-कसरी मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ र उहाँले त्यसो गर्नको लागि प्रयोग गर्नुहुने मापदण्डहरू तैँले कुनै पनि...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४५

तिमी जवान मानिसहरू सबै जवान सिंहहरू जस्ता भए पनि, तिमीहरूको हृदयमा साँचो मार्ग थोरै छ। तिमीहरूको जवानीले तिमीहरूलाई मेरो धेरै कामको हकदार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्