परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४२
धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरद्वारा सिद्ध तुल्याइने कुराको खोजी गर्न व्यक्तिले पहिले उहाँद्वारा सिद्ध तुल्याइनुको अर्थ के हो, साथै सिद्ध तुल्याइनका निम्ति कस्ता शर्तहरू पालना गर्नुपर्छ भनी बुझ्नुपर्छ। व्यक्तिले त्यस्ता विषयहरूलाई राम्ररी बुझ्दा अभ्यासको बाटो खोजी गर्नुपर्छ। सिद्ध तुल्याइनका निम्ति, व्यक्ति एउटा निश्चित गुणस्तरको हुनुपर्छ। धेरै मानिसहरूमा जन्मजातै उच्च गुणस्तर पर्याप्त हुँदैन, यस्तो अवस्थामा तैँले मूल्य चुकाउनुपर्छ र व्यक्तिपरक ढङ्गले कडा परिश्रम गर्नुपर्छ। जति तेरो गुणस्तर खराब हुन्छ, त्यति नै बढी तैँले व्यक्तिपरक ढङ्गले प्रयत्न गर्नुपर्छ। परमेश्वरको वचनको तेरो बुझाइ जति बढी हुन्छ र जति बढी तैँले त्यसलाई अभ्यास गर्छस्, त्यति नै चाँडै तैँले सिद्धताको बाटोमा आफ्नो पाइला राख्न सक्छस्। प्रार्थनाद्वारा तँलाई प्रार्थनाको क्षेत्रमा सिद्ध तुल्याइन सकिन्छ, परमेश्वरका वचनहरू खाएर अनि पिएर, तिनीहरूको सारलाई राम्ररी बुझेर, तिनीहरूको वास्तविकताअनुसार जिएर पनि तँलाई सिद्ध तुल्याइन सकिन्छ। परमेश्वरका वचनहरूलाई दैनिक रूपमा अनुभव गरेर तैँले आफूमा के कमी छ जान्नुपर्छ, अझ भन्ने हो भने, तैँले तेरा घातक दोषहरू तथा तेरा कमजोरीहरू के-के हुन् भनी चिन्नुपर्छ र परमेश्वरलाई प्रार्थना तथा बिन्ती गर्नुपर्छ। यसो गरेर, तँलाई क्रमिक रूपले सिद्ध तुल्याइनेछ। सिद्धतातर्फको बाटो यस्तो हुन्छ: प्रार्थना गर्नु; परमेश्वरका वचनहरूलाई खानु र पिउनु; परमेश्वरका वचनहरूको सारलाई राम्ररी बुझ्नु, परमेश्वरका वचनहरूको अनुभवमा प्रवेश गर्ने कुरा हासिल गर्नु, तँ आफैमा के कमी छ भनी जान्नु, परमेश्वरको कामप्रति समर्पित हुनु; परमेश्वरको बोझप्रति सचेत हुनु अनि परमेश्वरको निम्ति तेरो प्रेमद्वारा देहलाई परित्याग गर्नु; अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति निरन्तर सङ्गतिमा सामेल हुनु जसले तेरा अनुभवहरूलाई समृद्ध बनाउन सक्दछ। चाहे त्यो सामुदायिक जीवन होस् वा तेरो व्यक्तिगत जीवन, चाहे त्यो ठूलो भेला होस् वा सानो, तिनीहरू सबैले तँलाई अनुभव र तालिम प्राप्त गर्न मदत दिन सक्छन् ताकि तेरो हृदय परमेश्वरसामु शान्त हुन र उहाँमा फर्किन सकोस्। यो सबै सिद्ध तुल्याइने प्रक्रियाको भाग हो। अघि उल्लेख गरिएझैँ परमेश्वरका वचनहरू अनुभव गर्नु भनेको वास्तवमा तिनीहरूलाई चाख्न सक्षम हुनु र आफूलाई ती वचनहरूअनुसार जिउन दिनु हो ताकि तैँले परमेश्वरप्रति अझ ठूलो विश्वास र प्रेम हासिल गर्न सक्। यस प्रकारले, तैँले क्रमिक रूपमा आफ्नो भ्रष्ट, शैतानी स्वभावलाई त्याग्नेछस्; अनुचित अभिप्रायहरूदेखि आफैलाई स्वतन्त्र तुल्याउनेछस्; अनि सामान्य व्यक्तिको रूपमा जिउनेछस्। परमेश्वरको निम्ति तँभित्र जति ठूलो प्रेम हुन्छ—भनाइको अर्थ, तेरो जति बढी भाग परमेश्वरद्वारा सिद्ध तुल्याइएको हुन्छ—त्यति नै कम तँ शैतानी भ्रष्टताको काबूमा हुनेछस्। तेरा व्यवहारिक अनुभवहरूद्वारा तैँले क्रमिक रूपमा सिद्धताको बाटोमा आफ्नो पाइला राख्नेछस्। यसरी, यदि तँ सिद्ध तुल्याइने चाहना गर्छस् भने, तैँले परमेश्वरको इच्छाप्रति सचेत हुनु र उहाँका वचनहरू अनुभव गर्नु विशेष रूपले महत्वपूर्ण छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरको इच्छाप्रति सचेत होऊ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...
परमेश्वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति १:३-५ अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्:...
शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र...
परमेश्वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्वरले यावत् थोक सृष्टि...