परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३५

अन्धकारको प्रभावदेखि मुक्त हुनको लागि तँ पहिले परमेश्‍वरप्रति वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि मुक्त हुने पूर्वसर्त हो। सही अवस्थामा नहुनु भनेको परमेश्‍वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कने कुरा सवालभन्दा बाहिरको कुरा हुन्छ। मानिस अन्धकारका प्रभावहरूदेखि उम्कने आधार मेरा वचनहरू नै हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्नेछैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्‍वरका वचनहरूको अगुवाइमा जिउनु, परमेश्‍वरप्रति वफादारीताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्‍वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गर्ने क्रममा विस्तारै रूपान्तरण हुनेछन्, अनि काम गहन हुँदै जाँदा तिनीहरू रूपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्‍वरद्वारा हासिल गरिएका हुन्छन्, जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। अन्धकारको प्रभावदेखि उम्केकाहरूले विस्तारै परमेश्‍वरको इच्छालाई पत्ता लगाउन सक्छन्, विस्तारै त्यसलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्‍वरका विश्‍वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर पहिले तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई तिनीहरूले झन् बढी घृणा पनि गर्छन्, अनि तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति साँचो प्रेम उदय हुन्छ। अन्धकारको प्रभावदेखि उम्कन नसक्‍ने मानिसहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन्, विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदय जीविका सम्‍बन्धी मानव धारणा तथा दर्शनशास्त्रहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्‍वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्ने नै हो। परमेश्‍वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्‍वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्‍वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्‍वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्‍वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्‍वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्‍वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई अनादर गरिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्‍वरप्रतिको विश्‍वास पूर्ण अनिष्ट र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्‍वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्छन्। यो एउटा यस्तो कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमा बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमा रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु भनेको के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कार्य धेरै सजिलो हुन्छ। किनभने शैतानको प्रभावदेखि उम्किनभन्दा अघि तैँले यो के हो भनी जान्नुपर्छ; त्यसपछि मात्रै तँसँग त्यसलाई त्याग्‍ने उपाय हुनेछ। त्यसपछि के गर्ने भनी निर्णय गर्ने काम मानिसहरूको आफ्नै हातमा हुन्छ। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खी। यसरी मात्रै तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९०

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९८

परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१७

मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्