परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९८

26 जनवरी 2023

परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत

सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरलाई श्रद्धा गर्नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैँ आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो। यस्तो सृष्टिकर्ता र शासक, जोसँग परमेश्‍वर स्‍वयम्‌को पहिचान, शक्ति, र हैसियत छ, मानवजातिप्रति उहाँका मापदण्डहरू के-के छन् त? यो कुरा सबैको लागि स्पष्ट हुनुपर्ने हो, र यसलाई सबैले याद गर्नुपर्ने हो; यो परमेश्‍वर र मानिस दुवैको लागि अत्यन्तै महत्त्वपूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वर स्वयमको पहिचान र पद

पद १

सबथोक माथि शासन गर्नुहुने र प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। उहाँले सबथोक सृष्टि गर्नुभयो, सबलाई आपूर्ति र शासन गर्नुहुन्छ। उहाँको पद र पहिचान यही हो। सबै सृजित कुराका लागि, उहाँ सबथोकको सृष्टिकर्ता र शासक हुनुहुन्छ। यस्तो छ उहाँको पहिचान। उहाँको पहिचान सबथोक माझ अद्वितीय छ। कुनै पनि सृजित प्राणी, मानवमाझ होऊन् वा आत्मिक संसारमा, कुनै पनि तरिका वा बहानाले, उहाँको नक्कल गर्न वा उहाँको सट्टा उहाँको पदमा खडा हुन सक्तैन।

कोरस

सारा सृष्टिमाझ, एकजनासँग मात्र सबैमाथि शासन गर्न सक्ने पहिचान, शक्ति र अख्तियार छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

पद २

उहाँ सृष्टिमाझ जिउनुहुन्छ, हिँड्नुहुन्छ। सबथोक भन्दा माथि उठ्न सक्नुहुन्छ। आफूलाई नम्र तुल्याउनुभई देहको मानिस बन्न सक्नुहुन्छ, मानवजातिमा देहको मानिस। मानवलाई आमने-सामने भेट्नुहुन्छ, सुख-दुःख बाँड्नुहुन्छ। साथै, सबको नियति र त्यसको दिशा निर्धारण गर्नुहुन्छ, सबमाथि शासन गर्नुहुन्छ। र झन् बढी मानवजातिको नियति र दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई, जीवन भएका सबैले आराधना, पालन गर्नुपर्छ र जान्नुपर्छ। तिमी मानवको जुनसुकै जाती वा प्रकार भएपनि, उहाँलाई विश्‍वास, आदर गर र पछ्याऊ, उहाँको प्रभुत्व र उहाँले गर्नुभएको तिम्रो नियतिको प्रबन्ध स्वीकार। कुनै पनि जीवित प्राणीले गर्नुपर्ने यो एकमात्र र अत्यावश्यक छनौट हो।

कोरस

सारा सृष्टिमाझ, एकजनासँग मात्र सबैमाथि शासन गर्न सक्ने पहिचान, शक्ति र अख्तियार छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ। उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्