परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२८

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्‍वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्‍नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्‍बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्‍ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्‍नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्‍वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्‍वरलाई चिन्‍न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण रूपमा, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, व्यक्तिले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्‍ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४४

एक व्यक्तिले आत्माका सबै विवरणहरू कसरी बुझ्छ? पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९२

विगतमा, धेरैले ठूला-ठूला अभिलाषाहरू र धारणाहरूको खोजी गरे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप तिनको खोजी गरे। केही क्षणको लागि हामी त्यस...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५७

जब परमेश्‍वरको काम र उहाँको व्यवस्थापन निश्‍चित विन्दुमा पुग्छ, तब उहाँको हृदयअनुसारकाहरू उहाँका मागहरूलाई पूरा गर्न सक्षम हुन्छन्।...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १९

यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्