परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६३
के तँ हरेक युगमा परमेश्वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्ना वर्तमान परिस्थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा हुने आफ्नो प्रवेशप्रति कर्मठ हुनमा ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै निर्दिष्ट र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै क्षणिक सुखको खातिर आफूलाई विवश रूपमा गलत मार्गमा लैजानु हुँदैन। तेरो प्रेम व्यवहारिक हुनुपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई मुक्त गर्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। परमेश्वरलाई प्रेम गर्न इच्छा गर्ने हरेकको लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन् र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्ने कुनै न्याय छैन। तैँले आफ्नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ र उहाँको इच्छा पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र तँ मेरुदण्ड नभएका, दुर्बल व्यक्तिहरूजस्तो बन्नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाई, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि के तैँले परमेश्वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्? के मरेपछि मानिसले परमेश्वरलाई प्रेम गर्न सक्छ? तँसँग पनि पत्रुसको जस्ता आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवको रूपमा र परमेश्वरको खोजी गर्ने व्यक्तिको रूपमा, तैँले आफ्नो जीवनलाई कस्तो व्यवहार गर्छस्, तैँले आफैलाई परमेश्वरमा कसरी समर्पण गर्नुपर्छ, परमेश्वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्वास राख्नुपर्छ, र परमेश्वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्नेबारेमा होसियारीसाथ विचार गर्न तँ सक्षम हुनुपर्छ। आज तँलाई जसरी विजय गरिएको छ त्यसप्रति मात्रै तँ सन्तुष्ट हुन सक्दैनस्, तैँले भविष्यमा आफू हिँड्ने मार्गको बारेमा पनि विचार गर्नैपर्छ। शुद्ध पारिनको लागि तँसँग आकांक्षाहरू र साहस हुनैपर्छ, र तैँले आफूलाई सधैँ असक्षम ठान्नु हुँदैन। के सत्यतालाई सबैभन्दा मनपर्ने कुराहरू हुन्छन्? के सत्यताले मानिसहरूलाई जानीजानी विरोध गर्न सक्छ? यदि तैँले सत्यताको खोजी गरिस् भने, के यसले तँलाई व्याकुल बनाउन सक्छ? यदि तँ न्यायको लागि दह्रिलो गरी खडा भइस् भने, के यसले तँलाई ढाल्नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकांक्षा साँचो हो भने, के जीवनले तँलाई छल्न सक्छ? यदि तँ सत्यविहीन छस् भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, बरु तँ सत्यताबाट टाढा बस्ने हुँदा त्यसो भएको हो; यदि तँ न्यायको लागि दृढ रूपमा खडा हुन सक्दैनस् भने, न्यायमा कुनै गल्ती भएको कारणले होइन, बरु यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस् भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, बरु जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस् र पनि ज्योति प्राप्त गर्न असमर्थ भएको छस् भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, बरु ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएकोले र यही कारण ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस् भने, तँ मूल्यहीन रद्दी होस्, तेरो जीवनमा कुनै साहस छैन र अन्धकारका शक्तिहरूलाई विरोध गर्ने आत्मा तँमा छैन भनेर मात्रै भन्न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस् र यस प्रकारको सुरक्षित र निश्चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्छुक छस्। तैँले हासिल गर्नुपर्ने कुरा भनेको आफूलाई विजय गरिने तेरो खोजी हो; यो तेरो अपरिहार्य कर्तव्य हो। यदि तँ आफूलाई विजय गरिनुमा नै सन्तुष्ट छस् भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्। तैँले सत्यताको लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
के तँ हरेक युगमा परमेश्वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के...
येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस...
धेरैजसो मानिसहरूले के विश्वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको नित्य रहने र अनन्त बाटो ल्याउनुहुन्छ। मानिसले जीवन प्राप्त गर्ने मार्ग यही सत्य नै...