परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ५१
परमेश्वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय गर्ने गर्दथे। आत्माको बारेमा पत्रुसको छुट्टै खालको बुझाई रहेको भए तापनि, केही हदसम्म उनको बुझाई स्पष्ट भने थिएन, त्यसैले गर्दा उनले यसो भनेः “स्वर्गीय पिताले पठाउनुभएको व्यक्तिलाई मैले पछ्याउनुपर्छ। पवित्र आत्माले चुन्नुभएको व्यक्तिलाई मैले चिन्नैपर्छ।” येशूले गर्नुभएका कामहरूलाई उनले बुझेका थिएनन् र ती कुराहरूको बारेमा उनलाई स्पष्ट भएको थिएन। उनले उहाँलाई पछ्याएको केही समयपछि, उहाँले गर्नुभएका कामहरू र भन्नुभएका कुराहरूप्रति साथै येशूमा समेत उनको चाख बढ्यो। येशूले माया र आदर दुवै गरेर प्रेरित गर्नुहुन्छ भन्ने कुरा उनले महशुस गरे; उनी उहाँसँग संगत गर्न र उहाँको छेउमा बस्न रुचाउँथे, र येशूका वचनहरू सुन्दा उनलाई आफ्नो खाँचो पूरा भएको र धेरै सहायता भएको महशुस हुन्थ्यो। उनले येशूलाई पछ्याएको समय अवधिमा, पत्रुसले उहाँको जीवनको बारेमा हरेक कुराहरू अवलोकन गर्थे र ती कुराहरूलाई आफ्नो हृदयमा लिन्थेः उहाँले गरेका कामहरू, वचनहरू, चालहरू, र अभिव्यक्तिहरू। येशू साधारण मानिसजस्तो हुनुहुन्नथ्यो भन्ने कुराहरूलाई उनले गहन रूपमा बुझेका थिए। उहाँको मानव स्वरूप एकदम सामान्य किसिमको भए तापनि, उहाँ मानिसका लागि प्रेम, दया, र सहिष्णुताले पूर्ण हुनुहुन्थ्यो। उहाँले गर्नुभएको वा भन्नुभएको हरेक कुरा अरु मानिसहरूको लागि ठूलो सहायता हुन्थ्यो, अनि पत्रुसले यो भन्दा अगाडि कहिल्यै पनि येशूबाट यस्तो कुरो देखेको र पाएको अनुभव गरेका थिएनन्। येशूको न त कुनै ठूलो कद थियो न त कुनै असामान्य मानवता नै थियो भन्ने कुरा उनले देखे तापनि, उहाँमा असाधारण र असामान्य आभास थियो। पत्रुसले यस कुरालाई पूर्ण रूपले वर्णन गर्न नसके तापनि, उनले अरु कुनै मानिसले गरेका कार्यहरू भन्दा भिन्दै किसिमले येशूले गर्नुभएको कार्यहरू देख्न सकेका थिए, किनकि उहाँले गर्नुभएका कार्यहरू सामान्य मानिसहरूले गरेका कार्यहरूभन्दा फरक खालका हुन्थे। येशूसँग सम्पर्कमा आएको यस समयदेखि, पत्रुसले उहाँको चरित्र अरु सामान्य मानिसको भन्दा भिन्दै खालको भएको पनि देखेका थिए। उहाँ सधैं दृढ भएर आफ्नो काम गर्नुहुन्थ्यो, उहाँ कहिल्यै पनि हतार गर्ने, बढाईचढाई गर्ने, र कुनै विषयलाई लुकाउने काम गर्नुहुन्नथियो, अनि उहाँले आफ्नो जीवनलाई त्यस्तो ढंगले सञ्चालन गर्नुभयो, जसले एउटा चरित्रलाई प्रकट गर्दछ, जो सामान्य र प्रशंसनीय पनि थियो। कुराकानीमा, येशूले स्पष्ट र अनुग्रहका साथ बोल्नुहुन्थ्यो, उहाँ सधैं हँसिलो र शान्त ढंगमा कुराकानी गर्नुहुन्थ्यो—तर उहाँले आफ्नो काम गरिरहँदा कहिले पनि आफ्नो इज्जत गुमाउनुभएन। येशू कहिले पनि जिस्कनुहुन्न थियो, तर उहाँ सधैं निर्धक्क साथ बोल्नुहुन्थ्यो भन्ने कुरा पत्रुसले देखेका थिए। कहिलेकाहीँ उहाँ यति प्रसन्न बन्नुहुन्थ्यो कि उहाँ उल्लासी ढुकुर जस्तो भएर देखा पर्नुहुन्थ्यो, र अरु कतिबेलाचाहिँ उहाँ यति धेरै दुःखित बन्नुहुन्थ्यो कि उहाँ थकित र चिन्तित आमाझैं शोकले ओतप्रोत भएर केही पनि नबोली बस्नुहुन्थ्यो। कहिलेकाहीँ उहाँ आफ्नो शत्रुसँग रिसाएर त्यसलाई मार्न खोज्ने बहादुर सिपाहीँ र गर्जने सिंह झैं रिसले भरिनुहुन्थ्यो। कहिलेकाहीँ उहाँ हाँस्नुहुन्थ्यो; अरुबेला उहाँ प्रार्थना गर्नुहुन्थ्यो, र रुनुहुन्थ्यो। येशूले जस्तोसुकै व्यवहार गर्नुभएता पनि, पत्रुसले उहाँप्रति असीमित प्रेम र आदर देखाए। येशूको हाँसोले उनलाई खुशीले भरिदिएको थियो, उहाँको दुःखले उनलाई शोकमा डुबाएको थियो, उहाँको क्रोधले उनलाई डर लाग्थ्यो, उहाँको दया, क्षमा, र मानिसहरूलाई गरेको कडा मागहरूले गर्दा येशूलाई साँच्चै प्रेम गर्न र साँचो श्रद्धा गर्न उनलाई उत्कट चाहना गरायो। वास्तवमा, येशूसँग धेरै वर्ष विताई नसक्दै उनले विस्तारै यी सबै कुरा महशुस गरे।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने
परमेश्वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...
के तँ हरेक युगमा परमेश्वरले व्यक्त गर्नुभएको स्वभावलाई युगको महत्त्व उचित रूपमा संप्रेषितगर्ने भाषामा ठोस तरिकाले संचार गर्नसक्छस्? के...
बाइबलमा उल्लेख सदोममाथि परमेश्वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका...
पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्नो हृदयको अन्तस्करणमा तिनले परमेश्वरलाई...