परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१८

परमेश्‍वरमाथि विश्‍वास गर्नु अनि परमेश्‍वरलाई चिन्‍नु चाहिँ स्वर्गले नियुक्त गरेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, अनि आज—देहधारी परमेश्‍वरले आफै उपस्थित भई आफ्नो कार्य गरिरहनुभएको युगमा—यो परमेश्‍वरलाई चिन्ने विशेष गरी असल समय हो। परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनु त्यो कुरा हो, जुन परमेश्‍वरको इच्छाको बुझाइको जगमा बसालिएको हुन्छ, अनि परमेश्‍वरको इच्छा बुझ्नको लागि, परमेश्‍वरबारे केही ज्ञान हुन जरुरी छ। परमेश्‍वरको यो ज्ञान जुन परमेश्‍वरमा विश्‍वास गर्ने हरेकमा हुनै पर्ने दर्शन हो; परमेश्‍वरमा मानिसले गर्ने विश्‍वासको आधार यही हो। यो ज्ञानको अनुपस्थितिमा, मानिसले परमेश्‍वरमा गर्ने विश्‍वास अस्पष्ट अवस्थामा रित्तो सिद्धान्तको बीचमा रहन्छ। यदि यो परमेश्‍वरलाई पछ्याउनको निम्ति मानिसको सङ्कल्प हो भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। यो प्रवाहमा केही पनि हासिल गर्न नसक्नेहरू सबै मेटिएर जानेछन्—ती सबै सित्तैँमा लिन चाहनेहरू हुन्। तैँले परमेश्‍वरको कार्यको जुनसुकै चरण अनुभव गरे पनि, तँसँग ठूलो दर्शन जोडिएको हुनैपर्छ। नत्रभने, नयाँ कार्यको प्रत्येक चरण स्वीकार गर्न तँलाई कठिन हुनेछ, किनभने परमेश्‍वरको नयाँ कार्य मानिसको कल्‍पना गर्ने क्षमताभन्दा परको अनि उसको अवधारणाको सीमाभन्दा बाहिरको कुरा हो। त्यसकारण, मानिसको हेरचाह गर्ने गोठालो विना, दर्शनसँग सम्बन्धित संगतिमा सम्मिलित गराउने गोठालोविना, नयाँ कार्यलाई स्वीकार गर्न मानिस असक्षम हुन्छ। यदि मानिसले दर्शनहरू ग्रहण गर्न सक्दैन भने उसले परमेश्‍वरको नयाँ कार्य ग्रहण गर्न सक्दैन, अनि यदि मानिसले परमेश्‍वरको नयाँ कार्य पालन गर्न सक्दैन भने मानिस परमेश्‍वरको इच्छा बुझ्न असक्षम हुन्छ, अनि त्यसरी नै परमेश्‍वरबारे उसको ज्ञान कति पनि हुँदैन। मानिसले परमेश्‍वरको वचनलाई अभ्यास गर्न थाल्नुअघि, उसले परमेश्‍वरको इच्छा बुझ्‍नैपर्छ; अर्थात्, उसले परमेश्‍वरको इच्‍छालाई बुझ्‍नैपर्छ। यसरी मात्र परमेश्‍वरको वचनलाई ठीकसँग अनि परमेश्‍वरको इच्छामुताबिक अभ्यासमा लैजान सकिन्छ। यो सत्यता खोज्‍नेहरूले धारण गरेको हुनुपर्ने कुरा हो, अनि परमेश्‍वरलाई जान्ने प्रयास गर्ने प्रत्येक व्यक्ति यही प्रक्रिया भएर जानुपर्छ। परमेश्‍वरको वचन बुझ्दै जाने प्रक्रिया नै परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्दै जाने प्रक्रिया हो। त्यसकारण, दर्शनलाई बुझ्नु केवल देहधारी परमेश्‍वरलाई मात्र बुझ्नु होइन, बरु यसमा परमेश्‍वर अनि परमेश्‍वरको कार्यलाई बुझ्ने कुरा पनि संलग्न हुन्छ। परमेश्‍वरको वचनबाट नै मानिसहरूले परमेश्‍वरको इच्छालाई बुझ्छन्, अनि परमेश्‍वरको कार्यबाट नै तिनीहरूले परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर के हुनुहुन्छ भन्ने कुरा जान्न सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु नै परमेश्‍वरलाई जान्ने कार्यको पहिलो कदम हो। परमेश्‍वरप्रतिको यो सुरुवाती विश्‍वासबाट अघि बढेर उहाँमा सबैभन्दा गहन विश्‍वास गर्ने अवस्था सम्म पुग्ने प्रक्रिया नै परमेश्‍वरलाई बुझ्दै जाने प्रक्रिया हो, परमेश्‍वरको कार्यको अनुभव गर्ने प्रक्रिया हो। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्नुको खातिर मात्र परमेश्‍वरलाई विश्‍वास गर्छस्, तर उहाँलाई जान्‍नको खातिरले नै चाहिँ गर्दैनस् भने, तेरो विश्‍वासको कुनै वास्तविकता हुँदैन, अनि तेरो विश्‍वास विशुद्ध हुन सक्दैन—यो कुरामा कुनै शङ्का छैन। यदि, जुन प्रक्रियाद्वारा मानिसले परमेश्‍वरको कार्यको अनुभव गर्छ उक्त प्रक्रियाको दौरान, उसले क्रमैसित परमेश्‍वरलाई बुझ्दै जान्छ भने उसको स्वभाव क्रमैसित परिवर्तन हुँदै जान्छ, अनि उसको विश्‍वास बढ्दो रूपमा साँचो हुँदै जान्छ। यसरी, जब मानिसले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता प्राप्त गर्दै जान्छ, उसले सम्पूर्ण रूपले परमेश्‍वरलाई प्राप्त गरेको हुनेछ। परमेश्‍वरले स्वयम् उपस्थित भई आफ्नो कार्य गर्न दोस्रो पल्ट देहधारण गर्ने सम्मको कदम चाल्नुभएको कारण चाहिँ मानिसले उहाँलाई जान्न अनि देख्न सक्षम होस् भनेर नै हो। परमेश्‍वरलाई जान्नु चाहिँ परमेश्‍वरको कार्यको समाप्तिमा प्राप्त गरिने आखिरी प्रभाव हो; यो मानव जातिको लागि परमेश्‍वरले तय गर्नुभएको अन्तिम आवश्यकता हो। उहाँले यसो गर्नुको कारणचाहिँ उहाँको अन्तिम साक्षीको निम्ति हो; मानिस अन्तमा सम्पूर्ण रूपले उहाँतर्फ फर्किऊन् भनेर उहाँले यो कार्य गर्नुभएको छ। मानिसले परमेश्‍वरलाई चिनेर मात्र उसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ, र परमेश्‍वरलाई प्रेम गर्नको लागि उसले परमेश्‍वरलाई चिन्‍नैपर्छ। उसले जसरी खोजी गरे पनि, अथवा उसले जसरी हासिल गर्न खोजे पनि, उसले परमेश्‍वरको ज्ञान प्राप्त गर्न सक्‍नुपर्छ। यसरी मात्र मानिसले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छ। परमेश्‍वरलाई चिनेर मात्रै मानिसले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छ, अनि परमेश्‍वरलाई चिनेर मात्रै उसले परमेश्‍वरको आदर अनि आज्ञा पालन गर्न सक्छ। जसले परमेश्‍वरलाई चिनेका छैनन् तिनीहरू कहिले पनि साँचो रूपमा परमेश्‍वरको आज्ञा पालन र आदरसम्म पुग्न सक्दैनन्। परमेश्‍वरलाई जान्नु भनेको उहाँको स्वभावलाई जान्नु हो, उहाँको इच्छालाई बुझ्नु हो, अनि उहाँ को हुनुहुन्छ त्यो जान्नु हो। कसैले जुनसुकै पक्षको बारेमा जाने तापनि, हरेक पक्षको लागि मानिसले मूल्य चुकाउनु आवश्यक हुन्छ अनि आज्ञापालन गर्ने इच्छा आवश्यक पर्छ, जुनविना कसैले पनि अन्तसम्म पछ्याउन सक्दैन। परमेश्‍वरको कार्य मानिसको धारणासित एकदमै मेल नखाने खालको हुन्छ। परमेश्‍वरको स्वभाव अनि परमेश्‍वर जे हुनुहुन्छ त्यो जान्न मानिसको निम्ति साह्रै कठिन छ, अनि परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा मानिसको लागि बुझ्नै नसकिने छ: यदि मानिसले परमेश्‍वरलाई पछ्याउने इच्छा गर्छ तर उहाँको आज्ञा पालन गर्नचाहिँ अनिच्छुक छ भने मानिसले केही पनि प्राप्त गर्न सक्दैन। संसारको सृष्टि भएदेखि आजसम्म, परमेश्‍वरले धेरै कार्यहरू गर्नुभएको छ जुन मानिसको निम्ति बुझ्न कठिन छ अनि जसलाई मानिसले ग्रहण गर्न कठिन पाएको छ, अनि परमेश्‍वरले धेरै कुरा भन्नुभएको छ जसले मानिसका धारणाहरूलाई सुधार्न कठिन तुल्याउँछ। तर मानिसका धेरै समस्याहरू छन् भन्दैमा उहाँले आफ्नो कार्य गर्न कहिल्यै छोड्नुभएको छैन; बरु, उहाँले लगातार काम गरिरहनुभएको अनि बोलिरहनुभएको छ, अनि “योद्धाहरूको” ठूलो संख्या एकातिर गिरे तापनि, उहाँले चाहिँ अझ पनि आफ्नो कार्य गरिरहनुभएको छ, अनि उहाँको नयाँ कार्यको निम्ति समर्पित हुन इच्छुक मानिसहरूको एकपछि अर्को समूहलाई चुन्नको लागि विश्राम नलिईकन उहाँले निरन्तर कार्य गरिरहनुभएको छ। ती गिरेका “नायकहरू” प्रति उहाँमा कुनै दया छैन, बरु जसले उहाँको नयाँ कार्य र वचनहरूलाई स्वीकार गर्दछन् तिनीहरूलाई उहाँले मनमा राखिराख्नुहुन्छ। तर कुन प्रयोजनको लागि उहाँले यसरी क्रमिक रूपमा कार्य गर्नुहुन्छ? किन उहाँले सधैँ केही मानिसहरूलाई त्याग्नुहुन्छ र अरूलाई चुन्नुहुन्छ? किन उहाँले सधैँ यस्तै तरिका प्रयोग गर्नुहुन्छ? उहाँको कार्यको उद्देश्य भनेको मानिसले उहाँलाई चिनोस्, अनि त्यसरी उहाँद्वारा उसको प्राप्ति होस् भन्ने हो। उहाँको कार्यको सिद्धान्त भनेको उहाँले आज गर्नुहुने कार्यप्रति समर्पित हुन सक्‍नेहरूमा काम गर्नु हो र उहाँले हिजो गर्नुभएको कार्यप्रति समर्पित हुने तर आज गर्नुहुने कार्यको विरोध गर्नेहरूमा काम गर्नु होइन। यसरी किन उहाँले धेरै मानिसहरूलाई हटाउँदै आउनुभएको छ त भन्ने कारणहरू यहाँ दिइएको छ।

परमेश्‍वरलाई जान्ने क्रममा सिकेको पाठको प्रभावलाई एक वा दुई दिनमा प्राप्त गर्न सकिँदैन: मानिसले निश्चय नै अनुभवहरू बटुल्नैपर्छ, कठिनाइहरू हुँदै जानैपर्छ, अनि साँचो समर्पणता हासिल गर्नैपर्छ। सबैभन्दा पहिला, परमेश्‍वरको कार्य अनि वचनबाट नै सुरु गर्। परमेश्‍वरको ज्ञानमा के संलग्न छ, यो ज्ञान कसरी प्राप्त गर्ने, अनि आफ्नो अनुभवमा परमेश्‍वरलाई कसरी देख्ने त्यो तैँले जान्नु अति नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍न बाँकी हुँदा हरेक व्यक्तिले गर्नुपर्ने कुरा यही नै हो। कसैले पनि परमेश्‍वरको कार्य र वचनहरूलाई एक झट्कामा पक्रन सक्दैन, अनि कसैले पनि छोटो समयावधिमा परमेश्‍वरको सम्पूर्णताको ज्ञानलाई प्राप्त गर्न सक्दैन। त्यसमा अनुभवको आवश्यक प्रक्रिया छ, जुनविना कसैले पनि परमेश्‍वरलाई चिन्‍न अथवा उहाँलाई इमान्दारितासित पछ्याउन सक्दैन। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ, मानिसले त्यति नै बढी उहाँलाई चिन्ने गर्छ। परमेश्‍वरको कार्य मानिसको धारणाहरूभन्दा जति धेरै भिन्न छ, त्यति नै धेरै उहाँबारे मानिसको ज्ञान नवीकरण र गहिरो भएर जान्छ। यदि परमेश्‍वरको कार्य सँधैको लागि निश्चित र अपरिवर्तनशील रहन्थ्यो भने उहाँको बारेमा मानिसहरूसित धेरै ज्ञान हुने थिएन। उत्पत्तिको समय अनि वर्तमानको बीचमा, व्यवस्थाको युगमा परमेश्‍वरले के गर्नुभयो, अनुग्रहको युगको अवधिमा उहाँले के गर्नुभयो, अनि राज्यको युगमा उहाँले के गर्नुहुन्छ—तिमीहरू यी दर्शनहरूको बारेमा स्पष्ट हुनुपर्छ। तिमीहरूले परमेश्‍वरको कार्यलाई जान्नुपर्छ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८३

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८५

पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३७

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले ‍जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्