परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१७

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई हटाउनुहुनेछ, किनकि मण्डलीमा हरकिसिमका मानिसहरू हुन्छन्—त्यहाँ सत्यलाई प्रेम गर्नेहरू, र नगर्नेहरू हुन्छन्; परमेश्‍वरको कामको अनुभव गर्नेहरू हुन्छन्, अनि नगर्नेहरू पनि हुन्छन्; आफ्‍नो कर्तव्य पूरा गर्नेहरू, र नगर्नेहरू हुन्छन्; त्यहाँ परमेश्‍वरको साक्षी दिनेहरू हुन्छन्, नदिनेहरू पनि हुन्छन्—अनि तिनीहरूमध्ये केही भाग विश्‍वास नगर्ने र दुष्ट मानिसहरू हुन्छन्, अनि तिनीहरूलाई निश्‍चय नै हटाइनेछन्। यदि तँलाई परमेश्‍वरको काम स्पष्ट रूपमा थाहा छैन भने तँ नकारात्मक बन्‍नेछस्; किनकि परमेश्‍वरको काम थोरै मानिसहरूमा मात्र देख्न सकिन्छ। यस समयमा, कसले परमेश्‍वरलाई प्रेम गर्दछ र कसले गर्दैनन् भन्ने कुरा पनि स्पष्ट हुन्छ। जसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छन् तिनीहरूसित पवित्र आत्माको काम हुन्छ, अनि उहाँलाई साँचो रूपले प्रेम नगर्नेहरूलाई उहाँको कामको प्रत्येक चरणद्वारा प्रकट गरिनेछन्। तिनीहरू हटाइने वस्तुहरू बन्नेछन्। यी मानिसहरूलाई विजयको कामको अवधिमा प्रकट गरिनेछन्, अनि तिनीहरू ती मानिसहरू हुन् जसमा सिद्ध हुनको लागि कुनै मूल्य हुँदैन। जुन मानिसहरू सिद्ध बनाइएका हुन्छन् तिनीहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा प्राप्त गर्नुभएको हुन्छ, अनि तिनीहरू पत्रुसझैं परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छन्। जुन व्यक्तिहरू जितिएका हुन्छन् तिनीहरूमा सक्रिय प्रेम हुँदैन, तर निष्क्रिय प्रेम मात्र हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न बाध्य हुन्छन्। सक्रिय प्रेम व्यावहारिक अनुभवद्वारा ज्ञान प्राप्त गरेपछि विकास हुन्छ। यो प्रेमले व्यक्तिको हृदयमा स्थान ओगट्छ र यसले तिनीहरूलाई स्वेच्छाले परमेश्‍वरमा समर्पित हुने तुल्याउँछ; परमेश्‍वरको वचन तिनीहरूका आधार बन्छ र तिनीहरू परमेश्‍वरका निम्ति दुःख भोग्न सक्ने हुन्छन्। अवश्य नै, यी त्यस्ता कुराहरू हुन् जुन परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्तिमा हुन्छ। यदि तँ जितिन मात्र चाहन्छस् भने तैँले परमेश्‍वरको निम्ति साक्षी दिन सक्दैनस्; यदि परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाएर मात्र उहाँको मुक्तिको लक्ष्य प्राप्त गर्नुहुन्छ भने सेवाकर्ताहरूको कदमले काम समाप्त गर्दछ। तापनि, मानिसहरूलाई जित्नु मात्र परमेश्‍वरको अन्तिम लक्ष्य होइन, जुन मानिसहरूलाई सिद्ध बनाउनु हो। यसैले यो कदमलाई जित्ने काम भन्नुभन्दा बरु सिद्ध बनाउने र हटाउने काम हो भन्। केही मानिसहरू पूर्ण रूपले जितिएका हुँदैनन्, र तिनीहरूलाई जित्ने क्रममा मानिसहरूको एउटा झुण्डलाई सिद्ध पारिन्छ। यी दुईवटा कामलाई एकसाथ गरिन्छ। यति लामो कामको अवधिमा पनि मानिसहरू हटेका छैनन्, र यसले विजयको लक्ष्य प्राप्त भएको देखाउँछ—जित्‍नुको तथ्य यही हो। शोधनहरू विजय प्राप्त गर्नका लागि होइनन्, तर सिद्ध हुनुका लागि हुन्। शोधनविना, मानिसहरू सिद्ध हुन सक्दैनन्। त्यसैले शोधन साँच्चै मूल्यवान् छ! आज मानिसहरूको एउटा समूह सिद्ध र प्राप्त गरिएका छन्। पहिले उल्लेख गरिएका दस आशिषहरू सबै सिद्ध भएकाहरूका लागि लक्षित थिए। पृथ्वीमा तिनीहरूको स्वरूप परिवर्तन गर्ने सबै कुराको उद्देश्य तिनीहरूका निम्ति हो जो सिद्ध भइसकेका छन्। जो सिद्ध पारिएका छैनन् तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्यका छैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५३

संकल्प गरेका सबैले परमेश्‍वरको सेवा गर्न सक्दछन्—तर परमेश्‍वरको इच्छालाई पूरा ध्यान दिने र परमेश्‍वरको इच्छा बुझ्ने व्यक्तिहरू मात्र...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई,...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८९

सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४३

अहिलेसम्मको तिमीहरूको जीवनलाई फर्केर हेर; तेरो विश्‍वासको सबै वर्षहरूमा परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूलाई नियालेर हेर्। यसले तँमा...