परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०९

परमेश्‍वरले गर्नुहुने शोधन जति ठूलो हुन्छ, मानिसहरूको हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्दछन्। तिनीहरूको हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्‍वरको सर्वोच्च प्रेम र उहाँको सर्वोच्च मुक्ति देख्न अझै सक्षम हुन्छन्। पत्रुसले सयौं पटक शोधनको अनुभव गरे, र अय्यूबले धेरै परीक्षा भोगे। यदि तिमीहरू पनि परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, सयौं पटक शोधनबाट गुज्रनुपर्छ; यदि तिमीहरू यो प्रक्रियाबाट गुज्रन्छौ र यस चरणमा भर पर्छौ भने मात्रै परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछौ र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ। शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम उत्पन्न गर्न सक्छ। कठिनाइविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट गुज्रेनन् भने तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौंतारिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरी र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमीकमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो अनाज्ञाकारिता कति ठूलो रहेछ भनी बुझ्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; परीक्षाहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्।

पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी कठिनाइहरू भोगे। यही शोधन परमेश्‍वरप्रति तिनको सर्वोच्च प्रेमको जग र तिनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको सङ्कल्‍पकै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तैपनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रँदैनन् भने, तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यसप्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरको इच्छा पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने सङ्कल्प हुनु र उहाँलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो मनमा परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा मात्र सोचे पनि, र तिनीहरूका विचारहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र कुनै मानवीय विचारविहीन देखिए पनि, ती विचारहरू परमेश्‍वरसामु ल्याइएपछि उहाँले त्यस्ता विचारहरूलाई प्रशंसा गर्नुहुन्न वा आशिष्‌ दिनुहुन्न। मानिसहरूले सबै सत्यता राम्ररी बुझेको अवस्थामा समेत—तिनीहरूले ती सबै थाहा पाएको अवस्थामा—त्यसलाई परमेश्‍वरप्रतिको प्रेमको सङ्केत भन्न सकिँदैन, यी मानिसहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्दछन् भन्न सकिँदैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरैवटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा त्यसको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यसबेला, जब तिनीहरूले फेरि प्रयास गर्छन्, तिनीहरू सत्यलाई उचित रूपमा र परमेश्‍वरको इच्छाअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस समयमा तिनीहरूका मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र तिनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यसबेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ। परमेश्‍वरप्रति प्रेमको सत्यताको प्रभाव मौखिक ज्ञान वा मानसिक तत्परताबाट प्राप्त हुन सक्दैन, न त यो त्यस सत्यतालाई बुझेर मात्र प्राप्त गर्न सकिन्छ। यसका लागि मानिसहरूले मूल्य चुकाउनुपर्छ, तिनीहरू शोधनको अवधिमा धेरै तीतोपनबाट गुज्रिनुपर्छ, अनि तब मात्र तिनीहरूको प्रेम शुद्ध र परमेश्‍वरको हृदयअनुरूप हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४१

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३४

यदि तैँले परमेश्‍वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्‍वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्