परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा परमेश्‍वरको मुक्ति र परमेश्‍वरको प्रेम देख्न सकिन्छ। यी मानिसहरू परमेश्‍वरलाई प्रमाणित गर्नको लागि समर्थ छन्; तिनीहरूले सत्यतालाई अभ्यास गर्छन्‌, र तिनीहरूले जे प्रमाणित गर्छन् त्यो पनि सत्यता, परमेश्‍वर जे हुनुहुन्छ र परमेश्‍वरको स्वभाव जे छ त्यो नै हो। तिनीहरू परमेश्‍वरको प्रेमको माझमा जिउँछन्‌ र तिनीहरूले परमेश्‍वरको प्रेमलाई देखेका छन्‌। यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन्‌ भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपनको स्वाद लिनुपर्छ र परमेश्‍वरको प्रेमिलोपनलाई देख्नुपर्छ; तब मात्र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय जगाउन सकिन्छ, एउटा यस्तो हृदय जसले परमेश्‍वरको निम्ति आफैलाई निष्ठा पूर्वक दिनको लागि मानिसहरूलाई प्रेरणा दिन्छ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको वचनहरू र अभिव्यक्तिहरूमार्फत वा तिनीहरूको कल्पनामार्फत उहाँलाई प्रेम गर्न लगाउनुहुन्न, र उहाँले मानिसहरूलाई उहाँलाई प्रेम गर्न लगाउनको लागि बलजफती गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै इच्छाले उहाँलाई प्रेम गर्न दिनुहुन्छ, र उहाँले तिनीहरूलाई उहाँको काम र उच्चारणहरूमा आफ्नो प्रेमिलोपन हेर्न दिनुहुन्छ, जसपछि तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेम जन्मिन्छ। यसरी मात्र मानिसहरूले साँच्चै परमेश्‍वरको साक्षी दिन सक्छन्‌। अरूहरूद्वारा त्यसो गर्नलाई भनिएकोले गर्दा मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन्‌, न त यो कुनै क्षणिक भावनात्मक आवेग हो। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्‌ किनभने तिनीहरूले उहाँको प्रेमिलोपन देखेका छन्‌ कि मानिसहरूको प्रेमको योग्यको उहाँमा अति धेरै कुराहरू छन्‌, तिनीहरूले परमेश्‍वरको मुक्ति, बुद्धि, र अचम्मका कार्यहरू देखेका हुनाले, र यसको परिणाम स्वरूप, तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रशंसा गर्छन्‌ र साँच्चै उहाँको तृष्णा गर्छन्‌, र तिनीहरूमा यस्तो उत्कण्ठा जाग्छ कि परमेश्‍वरलाई प्राप्त नगरी तिनीहरू बाँच्न सक्दैनन्‌। परमेश्‍वरको साँच्चै गवाही दिनेहरूले किन सानदार साक्षी दिन समर्थ हुन्छन्‌ भन्ने कुराको कारण यही हो कि तिनीहरूको साक्षी साँचो ज्ञान र परमेश्‍वरको लागि साँचो तृष्णाको जगमाथि खडा छ। यस्तो साक्षी कुनै भावनात्मक संवेगअनुसार प्रदर्शन गरिएको होइन, तर परमेश्‍वरको ज्ञान र उहाँको स्वभावअनुसार हो। तिनीहरूले परमेश्‍वरलाई चिन्न आएका हुनाले, तिनीहरूले आभास गर्छन्‌ कि तिनीहरूले निश्चय नै परमेश्‍वरको गवाही दिनुपर्छ र परमेश्‍वरको लागि तृष्णा राख्नेहरू सबैलाई नै परमेश्‍वरलाई चिन्न लगाउनुपर्छ, र परमेश्‍वरको प्रेमिलोपन र उहाँको वास्तविकताको बारेमा सचेत हुनुपर्छ‌। परमेश्‍वरको लागि मानिसहरूको प्रेम जस्तै, तिनीहरूको गवाही स्वतःस्फूर्त हुन्छ; यो वास्तविक हुन्छ र यसको वास्तविक महत्त्व र मूल्य हुन्छ। यो निष्क्रिय वा खोक्रो र अर्थहीन छैन। परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌‌। मानिसहरूले प्रेम गरून्‌ भन्ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न सक्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरूले विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग एउटै हृदय छ जसले परमेश्‍वरलाई प्रेम गर्छ, तिनीहरू सबैले एउटै साक्षी प्रदान गर्छन्‌, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९८

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनको शक्तिलाई फेरि प्राप्त गर्न थाल्छन्। पृथ्वीको अवस्थाको परिवर्तनहरूको कारण,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५०

परीक्षाहरूको बेला अय्यूबको मानवताका प्रकटीकरणहरू (परीक्षाहरूको अवधिमा अय्यूबद्वारा प्रदर्शित सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको डर, र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४६

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१६

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्