परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९८

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै जाँचहरू लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै कुराहरू अशुद्ध छन्, र धेरै कुराहरू पाखण्डीपूर्ण छन्, र मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले उनीहरूको जाँच लिनुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम छस् भने, भविष्यमा आउने जाँचहरू तेरो लागि सिद्धता हुनेछ। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट बनाउन असक्षम छस् भने, भविष्यका जाँचहरूले तँलाई परीक्षा गर्नेछन्, र तँ अनजानमै ढल्नेछस्, र उक्त क्षणमा तँ आफूलाई सहयोग गर्न असक्षम हुनेछस्, किनभने तँ परमेश्‍वरको कार्य सँगसँगै अगाडि बढ्न सक्नेछैनस् र तँमा वास्तविक कद निहित छैन। र त्यसैले, यदि तँ भविष्यमा दह्रिलो भएर खडा हुन, परमेश्‍वरलाई अझ राम्ररी सन्तुष्ट बनाउन, र उहाँलाई अन्त्यसम्मै विश्‍वास गर्न चाहन्छस् भने, आज तैँले बलियो जग बसाउनुपर्छ। तैँले यावत् थोकमा सत्यको अभ्यास गर्दै परमेश्‍वरलाई सन्तुष्ट बनाउनुपर्छ र उहाँको इच्छाप्रति सचेत हुनुपर्छ। यदि तैँले यसरी अभ्यास गरिस् भने, तँभित्र एउटा जग बस्नेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय प्रेरित गर्नुहुनेछ, र उहाँले तँलाई विश्‍वास दिनुहुनेछ। जब कुनै दिन तेरो वास्तविक जाँच हुन्छ, तैँले केही पीडा सहनु पर्ने हुनसक्छ र कुनै निश्‍चित विन्दुसम्म तँलाई दुःख महसुस हुनसक्छ, र कठोर शोक सहनु पर्ने हुनसक्छ, मानौं तेरो मृत्यु नै भएको छ—तर परमेश्‍वरका लागि तेरो प्रेममा परिवर्तन हुनेछैन, र यो झनै गहिरो हुनेछ। परमेश्‍वरको आशीर्वाद यस्तो हुन्छ। यदि तँ परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुराहरू आज्ञाकारी हृदयका साथ स्वीकार गर्न सक्षम हुन्छस् भने, तैँले परमेश्‍वरबाट पक्कै पनि आशीर्वाद पाउनेछस्, र तँ परमेश्‍वरबाट आशीर्वाद प्राप्त गर्ने व्यक्ति बन्‍नेछस् र उहाँको प्रतिज्ञा पाउनेछस्। यदि, आज, तैँले अभ्यास गरिनस् भने, जब कुनै दिन तेरो जाँच हुनेछ, तँ आस्था वा प्रेमिलो हृदय विहीन हुनेछस्, र उक्त समयमा जाँचहरू नै परीक्षा बन्नेछन्, तँ शैतानको परीक्षा बीचमा भासिएको हुनेछस् र उम्किने कुनै बाटो हुनेछैन। आज, तँमाथि सानो जाँच आउँदा तँ दह्रिलो भएर खडा हुन सक्षम हुन सक्छस्, तर कुनै दिन तँमाथि ठूलो जाँच आइपर्दा तँ दह्रिलो भएर खडा हुन्छस् नै भन्ने जरुरी छैन। केही व्यक्तिहरू घमण्डी हुन्छन् र उनीहरू पहिले नै सिद्धताको नजिक छन् भनेर सोच्छन्। यस्तो समयमा तँ यदि गहिराइमा गइनस् र आत्मसन्तुष्ट नै भइरहिस् भने, तँ खतरामा हुनेछस्। आज, परमेश्‍वरले ठूला जाँचहरूको कार्य गर्नुहुन्न र सबै कुराहरू ठीकै रहेको जस्तो हुन्छ, तर जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तँमा पनि कमजोरी रहेछन् भनेर तँलाई थाहा हुन्छ, किनभने तेरो कद एकदमै सानो छ र तैँले ठूलो जाँच सहन सक्दैनस्। यदि तँ अहिले जस्तो छस् त्यस्तै रहिस् र तँ निष्क्रियताको अवस्थामा छस् भने, जब जाँच आउँछ, तँ पतन हुनेछस्। तिमीहरूले तिमीहरूको कद कति सानो छ भनेर प्रायजसो हेर्नुपर्छ; यसरी मात्रै तिमीहरूले प्रगति गर्न सक्छौ। यदि जाँचको दौरान मात्रै तैँले तेरो कद एकदमै सानो छ, कि तँभित्रको सानो कुरा मात्रै वास्तविक छ, र त परमेश्‍वरको इच्छाका लागि अपर्याप्त छस् भनेर देखिस् भने—यदि तैँले उक्त क्षणमा मात्रै यी कुराहरू बोध गरिस् भने, त्यति बेला एकदमै ढिलो भएको हुनेछ।

यदि तँलाई परमेश्‍वरको स्वभाव थाहा छैन भने, तँ जाँचको दौरान अवश्य ढल्नेछस्, किनभने परमेश्‍वरले मानिसहरूलाई कसरी सिद्ध बनाउनुहुन्छ, उहाँले उनीहरूलाई कुन माध्यमबाट सिद्ध बनाउनुहुन्छ भन्ने विषयमा तँ अनभिज्ञ छस्, र जब परमेश्‍वरको जाँचहरू तँमाथि आउँछ र तिनीहरू तेरो अभिप्रायसँग मिल्दैनन्, तँ दह्रिलो भएर खडा हुन असक्षम हुन्छस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, र जब परमेश्‍वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई देखाइन्छ, यसले तेरो देहका लागि के लिएर आउँछ? जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई देखाइन्छ, उनीहरूको देहले अवश्य धेरै पीडा सहनेछ। यदि तैँले यो पीडा सहिनस् भने, तँलाई परमेश्‍वरले सिद्ध पार्न सक्‍नुहुन्‍न, न तँ परमेश्‍वरलाई साँचो प्रेम समर्पित गर्न नै सक्षम हुनेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले तँलाई पक्कै पनि उहाँको सम्पूर्ण स्वभाव देखाउनुहुनेछ। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले उहाँको सम्पूर्ण स्वभाव मानिसलाई कहिल्यै देखाउनुभएको छैन—तर आखिरी दिनहरूमा उहाँले यसलाई पूर्वनिश्चित गर्नुभएको र छान्नुभएको मानिसहरूको यो समूहका सामु खुलासा गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पार्दै, उहाँले उहाँको स्वभावलाई खुलासा गर्नुहुन्छ, जसमार्फत उहाँले मानिसहरूको एउटा पूर्ण समूह बनाउनुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको साँचो प्रेम यस्तै छ। परमेश्‍वरको साँचो प्रेमको अनुभवका लागि मानिसहरूले अत्यन्तै पीडा सहनुपर्छ, र उच्च मूल्य चुकाउनुपर्छ। यसपछि मात्रै उनीहरूलाई परमेश्‍वरले प्राप्त गर्नुहुन्छ र परमेश्‍वरलाई उनीहरूले आफ्‍नो साँचो प्रेम फर्काउन सक्षम हुन्छन्, अनि मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्‍वरबाट सिद्ध हुने चाहना गर्छन् भने र यदि उनीहरूले उहाँको इच्छाअनुसार काम गर्न चाहना राख्छन् भने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई दिन्छन् भने, उनीहरूले मृत्युभन्दा पनि कठोर पीडा सहनका लागि उनीहरूको परिस्थितिबाट धेरै कष्ट र यातना भोग्नुपर्ने हुन्छ। अन्ततोगत्वा उनीहरू आफ्नो साँचो हृदय परमेश्‍वरलाई दिन बाध्य हुन्छन्। परमेश्‍वरलाई कसैले साँचो प्रेम गर्छ कि गर्दैन भन्ने कुरा कठिनाइ र शोधनको समयमा खुलासा हुन्छ। परमेश्‍वरले मानिसहरूको प्रेमलाई शुद्ध बनाउनुहुन्छ, र यो कठिनाइ र शोधनबाट मात्रै हासिल गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७६

आज, तिमीहरूका बीचमा कसले पवित्र आत्माले प्रयोग गर्नुभएकाहरूले बोलेका सबै वचनहरू पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍ने आँट गर्छ? के कसैले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७३

४. ज्योति चौथो कुरा मानिसहरूका आँखासँग सम्बन्धित छ: ज्योति। यो पनि धेरै महत्त्वपूर्ण छ। जब तैँले चम्किलो ज्योति देख्छस्, र त्यसको चमक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२३

मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्‍वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०८

यदि मानिसहरू शैतानको प्रभावमा परे भने, तिनीहरूभित्र परमेश्‍वरप्रति कुनै प्रेम हुँदैन, र तिनीहरूको पहिलेको दर्शन, प्रेम, र सङ्कल्प हराइसकेको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्