परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१६
तिमीहरू आफ्नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्वरसँग बाजी थाप्ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ तथा दिदी-बहिनीप्रति पूर्वाग्रही छस् भने, तँलाई भन्न मन लागेका वचनहरू तँसँग हुनेछन्—यस्ता वचन जुन परमेश्वरलाई अप्रिय लाग्न सक्छ—तर यदि तैँले ती वचनहरू उनीहरूलाई भनिनस् भने, तँलाई आन्तरिक असुविधा हुनेछ, र यो क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुन्छ: “म बोलूँ कि नबोलुँ?” लडाइँ यही नै हो। तसर्थ, तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ। यिनीहरू बाहिरबाट महत्वपूर्ण नदेखिए पनि, जब यी कुराहरू हुन्छन् तैँले परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा तिनले देखाउँछ। यदि तैँले प्रेम गर्छस् भने, तँ उहाँलाई साक्षी दिन दह्रिलो भएर खडा हुन सक्नेछस्, र यदि तैँले उहाँको प्रेमलाई अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यलाई अभ्यास गर्न सक्ने व्यक्ति होइन, तँ सत्यविहीन छस्, र तँ जीवन विहीन छस्, कि तँ भुस होस् भन्ने देखाउँछ! मानिसहरूलाई हुने सबै कुराहरू त्यति बेला हुन्छ जति बेला दह्रिलो भएर साक्षी दिनका लागि खडा हुन परमेश्वरलाई उनीहरूको आवश्यकता पर्छ। उक्त क्षणमा तँलाई कुनै उल्लेखनीय कुरा भइरहेको हुँदैन र तैँले उत्कृष्ट साक्षी दिन सक्दैनस्, तैपनि तेरो दैनिक जीवनको प्रत्येक विवरण नै परमेश्वरलाई साक्षी दिने विषय हो। यदि तैँले तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरि भएका प्रत्येकको प्रशंसा हासिल गर्न सकिस् भने; यदि, कुनै दिन, अविश्वासीहरू आउँछन् र तैँले गरेका सबै कुराहरूको प्रशंसा गर्छन्, र परमेश्वरले गर्ने सबै कार्यहरू अद्भुत छन् भन्ने देख्छन् भने, तैँले साक्षी दिएको हुनेछस्। तँसँग कुनै अन्तर्ज्ञान छैन र तेरो क्षमता कमजोर भए तापनि, परमेश्वरले तँलाई दिनुभएको सिद्धतामार्फत, एकदमै कमजोर क्षमता भएका व्यक्तिहरूमा उहाँले गर्नुभएको महान् कार्यको बारेमा अरूलाई देखाउँदै तँ उहाँलाई सन्तुष्ट बनाउन सक्षम हुन्छस् र उहाँको इच्छा तेरो मनामा हुन्छ। जब मानिसहरू परमेश्वरलाई जान्न थाल्छन् र शैतानको अगाडि विजयी हुन्छन्, धेरै हदसम्म परमेश्वरप्रति निष्ठावान् हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी मेरुदण्ड हुँदैन, र यो नै सबैभन्दा महान् साक्षी हो। तँ महान् कार्य गर्न अक्षम भए तापनि, तँ परमेश्वरलाई सन्तुष्ट बनाउन सक्षम छस्। अरूले आफ्ना धारणाहरूलाई पन्छाउन सक्दैनन्, तर तैँले सक्छस्; अरूले उनीहरूको वास्तविक अनुभवको दौरान साक्षी दिन सक्दैनन्, तर तैँले आफ्नो वास्तविक कद र कार्यहरूको प्रयोग गर्दै परमेश्वरको प्रेमको ऋण तिर्न र उहाँलाई सशक्त साक्षी दिन सक्छस्। यसलाई मात्रै परमेश्वरलाई वास्तवमा प्रेम गरेको रूपमा गणना गरिन्छ। यदि तँ यसो गर्न अक्षम छस् भने, तैँले तेरो परिवारका सदस्य, तेरा दाजुभाइ तथा दिदीबहिनीहरू वा संसारका मानिसहरूको माझमा साक्षी दिँदैनस्। यदि तैँले शैतानको सामु साक्षी दिन सक्दैनस् भने, शैतान तँप्रति हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा व्यवहार गर्नेछ, खेलौनाको रूपमा, यसले तँलाई प्रायः मूर्ख र पागल बनाउनेछ। भविष्यमा, तँमाथि ठूला जाँचहरू आइपर्नेछन्—तर आज, यदि तैँले परमेश्वरलाई साँचो हृदयले प्रेम गरिस् भने, र यदि, अगाडि आउने जाँचहरू जतिसुकै ठूलो भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन र परमेश्वरलाई सन्तुष्ट बनाउन सक्षम भइस् भने, तेरो हृदयलाई आराम हुनेछ, र तैँले भविष्यमा जतिसुकै ठूलो जाँचको सामना गर्नु परे पनि, तँ डराउने छैनस्। तिमीहरूले भविष्यमा के हुन्छ भनेर देख्न सक्दैनौं, आजको परिस्थितिमा तिमीहरूले परमेश्वरलाई सन्तुष्ट मात्रै बनाउन सक्छौं। तिमीहरूले कुनै पनि महान् कार्य गर्न सक्दैनौ र तिमीहरूले वास्तविक जीवनमा परमेश्वरको वचनहरूको अनुभव गर्दै परमेश्वरलाई सन्तुष्ट बनाउनेमा ध्यान दिनुपर्छ, र शैतान तिरस्कृत हुने गरी बलियो र सशक्त साक्षी दिनुपर्छ। तेरो देह असन्तुष्ट नै रहनेछ र देहले कष्ट भोगेको हुनेछ, तैपनि तैँले परमेश्वरलाई सन्तुष्ट बनाएको हुनेछस् र शैतानको तिरस्कार गरेको हुनेछस्। तैँले यसरी अभ्यास गरिस् भने, परमेश्वरले तेरो सामु मार्ग खोलिदिनु हुनेछ। जब, एक दिन, ठूलो जाँच आउँछ, अरू सबै ढल्नेछन्, तर तँ अझै पनि दह्रिलो भएर खडा हुन सक्षम हुनेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्वरले तेरो रक्षा गर्नुहुनेछ ताकि तँ दह्रिलो भएर खडा हुन सक् र ढल्न नपरोस्। यदि, सामान्य रूपमा, सत्यलाई अभ्यास गर्न र परमेश्वरलाई वास्तवमै प्रेम गर्ने हृदयका साथ उहाँलाई सन्तुष्ट पार्न तँ सक्षम भइस् भने, परमेश्वरले तँलाई भविष्यमा आउने जाँचबाट पक्कै रक्षा गर्नुहुनेछ। तँ मूर्ख र सानो कदको र कमजोर क्षमताको भए तापनि, परमेश्वरले तँलाई भेदभाव गर्नुहुनेछैन। यो तेरो अभिप्रायहरू सही छन् कि छैनन् भन्नेमा निर्भर रहन्छ। आज, तँ परमेश्वरलाई सन्तुष्ट बनाउन सक्षम छस्, जसमा तँ सानोभन्दा सानो विवरणमा पनि ध्यान पुर्याउँछस्, तैँले यावत् थोकमा परमेश्वरलाई सन्तुष्ट बनाउँछस्, तैँले तेरो साँचो हृदय परमेश्वरलाई दिन्छस्, र तैँले नबुझ्ने केही कुरा भए पनि, तँ तेरो अभिप्रायहरू सच्याउन परमेश्वरको सामु आउँछस् र परमेश्वरको इच्छाको खोजी गर्छस्, र परमेश्वरलाई सन्तुष्ट बनाउनका लागि आवश्यक पर्ने सबै कुराहरू गर्छस्। सायद तेरा दाजुभाइ र दिदीबहिनीहरूले तँलाई परित्याग गर्नेछन्, तर तेरो हृदयले परमेश्वरलाई सन्तुष्ट बनाउनेछ, र तैँले देहको सुखको लालसा गर्नेछैनस्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, ठूलो जाँच आउँदा तेरो रक्षा हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
तिमीहरू आफ्नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थना गर्ने कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...
परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुभएको बेलामा, देहधारी परमेश्वरले उहाँको पछि लाग्ने केही मानिसहरूको अगाडि मात्र आफैलाई प्रकट...
धेरै मानिसहरूले परमेश्वरमा विश्वास गरे तापनि, थोरैले मात्र परमेश्वरप्रतिको विश्वासको अर्थ के हो र परमेश्वरको इच्छा अनुरूप हुन...