परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९५

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्‍ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधन सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य चुकाउनुपर्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठभन्दा अर्को गहन पाठ छैन, र यसो पनि भन्‍न सकिन्छ कि जीवनभरिको विश्‍वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्‍ने नै हो। यसो भन्नुको अर्थ, यदि तैँले परमेश्‍वरलाई विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरलाई प्रेम गर्नुपर्ने हुन्छ। यदि तँ परमेश्‍वरलाई विश्‍वास गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्‍वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयबाट निस्कने साँचो प्रेमले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास निरर्थक छ; यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि, तेरो सम्पूर्ण जीवनभरि, तैँले परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ? परमेश्‍वरमाथिको तेरो विश्‍वासको के अर्थ? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा कुनै निश्चित तरिकाले व्यवहार गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको अन्तस्करणमा साँचो अन्तर्ज्ञान खोज्नुपर्दछ। यदि तँ गाउन र नाच्न उत्सुक छस् तर साँचो कुरालाई अभ्यासमा ल्याउन असक्षम छस् भने, के तैँले परमेश्‍वरलाई प्रेम गरेको मानिन्छ त? परमेश्‍वरलाई प्रेम गर्नको लागि सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु आवश्यक हुन्छ, र तँलाई केही हुन्छ तैँले परमेश्‍वरका अभिप्राय बुझ्न प्रयास गर्दै आफूभित्र गहिरो रूपमा खोज्नु, र उक्त मामलाहरूमा परमेश्‍वरका अभिप्राय के छन्, उहाँले तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्‍ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ। सानो वा ठूलो जेसुकै भए पनि, जब तँलाई केही हुन्छ, सर्वप्रथम तैँले आफूलाई इन्कार गर्नुपर्छ र देहलाई सबैभन्दा नीच कुराको रूपमा व्यवहार गर्नुपर्दछ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै लिप्त बन्छ, यहाँसम्‍म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्‍वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्‍म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तँलाई तेरो कमजोरीप्रति कसैले ध्यान दिँदैन भन्‍ने सधैँ महसुस हुनेछ, परमेश्‍वरले अति गर्नुभएको छ भन्‍ने सधैँ विश्‍वास गर्छस् र तँ भन्छस्: “परमेश्‍वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?” जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्यधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्। यदि तँ परमेश्‍वरलाई साँचो प्रेम गर्छस् र देहलाई सन्तुष्ट बनाउँदैनस् भने, परमेश्‍वरले गर्नुहुने सबै कुराहरूलाई तैँले एकदमै सही र एकदमै राम्रो देख्‍नेछस् र तेरो विद्रोहीपन प्रतिको उहाँको श्राप र तेरो अधार्मिकता प्रतिको उहाँको न्याय उचित हुन्छ। परमेश्‍वरले तँलाई ताडना दिने र तँलाई अनुशासित बनाउने र तँलाई सामान्य बनाउन कुनै वातावरणमा खडा गरी, तँलाई उहाँको सामु आउन बाध्य बनाउने समय आउनेछ—र परमेश्‍वरले गरिरहनुभएको कार्यलाई तैँले सधैँ अद्भुत देख्‍नेछस्। तसर्थ तैँले धेरै पीडा नै छैन र परमेश्‍वर कति प्यारो हुनुहुन्छ भन्‍ने महसुस गर्नेछस्। यदि तैँले देहको कमजोरीलाई आश्रय दिइस् भने र परमेश्‍वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले सधैँ पीडाको महसुस गर्नेछस् र तँ सधैँ दुखमय बन्‍नेछस्, र तँ परमेश्‍वरका सबै कार्यका बारेमा अस्पष्ट हुनेछस्, र परमेश्‍वर मानिसको कमजोरी र मानिसका अप्ठ्याराप्रति पूर्ण रूपमा असंवेदनशील रहेको जस्तो हुन्छ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ हैरानी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्। यस तरिकाले तैँले देहलाई जति आश्रय दिन्छस्, त्यति नै परमेश्‍वरले तँलाई अति नै गर्नुभयो जस्तो लाग्छ, यहाँसम्‍म कि तैँले परमेश्‍वरको कार्यहरूलाई अस्वीकार गर्ने, र परमेश्‍वरको विरोध गर्न सुरु गर्ने, र पूर्ण रूपमा विद्रोहीपनले भरिनेछस्। तसर्थ, तैँले देहको विरुद्ध विद्रोह गर्नुपर्दछ, र यसलाई आश्रय दिनु हुँदैन: “मेरो श्रीमान् (श्रीमती), बालबच्चा, सम्भावना, विवाह, परिवार—यी केही कुराले पनि अर्थ राख्दैन! मेरो हृदयमा एकमात्र परमेश्‍वर हुनुहुन्छ, र मैले परमेश्‍वरलाई सन्तुष्ट राख्ने सक्दो प्रयास गर्नुपर्छ, देहलाई सन्तुष्ट राख्‍ने होइन।” तँमा यस्तो सङ्कल्प हुनैपर्छ। तँमा सधैँ यस्तो सङ्कल्प छ भने, जब तैँले सत्यलाई अभ्यास गर्छस् र आफूलाई पन्छ्याउँछस्, तैँले धेरै प्रयास नगरीकनै यसो गर्न सक्छस्। यस्तो भन्‍ने गरिन्छ कि एक जना किसान थिए जसले जाडोले जमेर कडा भएको सर्प बाटोमा देख्यो। उक्त किसानले सर्पलाई उठाएर आफ्नो छातीमा राख्यो, र जब सर्प बौरियो सर्पले किसानलाई टोकेर मार्‍यो। मानिसको देह त्यही सर्प जस्तै हो: यसको सार भनेको उसको जीवनमा हानि पुऱ्याउनु हो—र जब यसले सम्पूर्ण रूपमा आफ्नै बाटो समात्छ, तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अत्यधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्ना लागि सोच्छ, र यसले सधैँ सहजताको चाहना गर्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा चिन्ता र अपर्झटताको बोध हुँदैन, यसले निष्क्रियतामा आनन्द उठाउन चाहन्छ, र यदि तैँले कुनै विन्दुसम्म यसलाई सन्तुष्ट बनाइस् भने, यसले अन्ततः तँलाई आफ्नो भोजन बनाउँछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट बनाइमाग्छ। यसका सधैँ अनावश्यक आकाङ्‍क्षा तथा नयाँ मागहरू हुन्छन्, यसलाई अझ धेरै प्यारो बनाउन र सुखसयलमा जिउन तैँले देहका लागि गरेको सहायताको फाइदा उठाउँछ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद बनाउनेछस्। तैँले परमेश्‍वरको सामु जीवन प्राप्त गर्छस् कि गर्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्‍ने कुरा, तैँले देहविरुद्धको तेरो विद्रोह कसरी अभ्यास गर्छस् भन्‍नेमा निर्भर रहन्छ। परमेश्‍वरले तँलाई बचाउनुभएको छ, छनौट गर्नुभएको छ र पूर्वनिर्धारित गर्नुभएको छ, यद्यपि यदि तँ उहाँलाई सन्तुष्ट बनाउन अनिच्छुक छस् भने, तँ सत्यलाई अभ्यास गर्न अनिच्छुक छस् भने, परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयसहित तेरो आफ्नो देहसँग विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस् र यसरी, तैँले अत्यन्तै ठूलो पीडाको सामना गर्नेछस्। यदि तैँले देहलाई सधैँ आश्रय दिइस् भने, शैतानले तँलाई बिस्तारै निल्नेछ र तँभित्र पूरै अँध्यारो नहुञ्‍जेलसम्म तँलाई जीवन वा आत्माको स्पर्शरहित बनाउनेछ। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाउनेछ, तेरो हृदयमा उप्रान्त परमेश्‍वर रहनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोड्नेछस्। तसर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा राख्छन् भने, उनीहरूले पीडाको मूल्य चुकाउनुपर्दछ र कठिनाइ भोग्नुपर्दछ। बाहिरी जोश तथा कठिनाइ, थप पढाइ र थप भागदौडको आवश्यकता छैन; बरु उनीहरूले यी कुराहरूलाई किनारा लगाउनुपर्छ: अनावश्यक सोच, व्यक्तिगत रुचि, र उनीहरूको आफ्नै योजना, धारणा, र मनसायहरू। परमेश्‍वरको अभिप्राय यस्तै छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०३

परमेश्‍वरसँग भावना भएको कारण, वा मानिसले उहाँलाई प्राप्‍त गरेको नचाहनुभएको कारण, मानिस परमेश्‍वरलाई प्राप्‍त गर्न असफल भएको होइन, तर...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३८

आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्‍वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्‍वरीय काम गर्नका...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८८

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्