परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९३

जब मानिसहरूले आफ्नो हृदयद्वारा परमेश्‍वरलाई सम्पर्क गर्छन्, जब तिनीहरूको हृदय पूर्ण रूपमा उहाँमा फर्कन सक्छ, परमेश्‍वरप्रतिको मानिसको प्रेमको पहिलो चरण यही हो। तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छस् भने, तैँले पहिले आफ्नो हृदय उहाँतिर फर्काउन सक्‍नुपर्छ। तेरो हृदय परमेश्‍वरतिर फर्काउनु भनेको के हो? यो भनेको तैँले आफ्नो हृदयमा खोजी गर्ने सबै कुरा परमेश्‍वरलाई प्रेम र प्राप्त गर्नका खातिर हुने अवस्था हो। यो अवस्थाले तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्काएको छस् भन्‍ने देखाउँछ। परमेश्‍वर र उहाँको वचनहरूबाहेक, तेरो हृदयमा अरू (परिवार, धनसम्पत्ति, पति, पत्‍नी, छोराछोरी, आदि) केही पनि हुँदैन। यदि केही छ भने पनि, त्यसले तेरो हृदयमा ठाउँ ओगट्न सक्दैन, र तँ आफ्नो भावी सम्भाव्यताहरूको बारेमा सोच्दैनस्, केवल परमेश्‍वरलाई प्रेम गर्ने कार्यको पछि लाग्छस्। यस्तो समयमा तैँले आफ्नो हृदय पूर्ण रूपमा परमेश्‍वरमा लगाएको हुनेछस्। मानौं, तैँले अझै पनि आफ्नो हृदयमा आफ्नै लागि योजना बनाउँदै छस्, तँ सधैँ व्यक्तिगत फाइदाको पछि लागिरहेको छस्, र तैँले सधैँ यस्तो सोच्छस्: “मैले कहिले परमेश्‍वरसँग एउटा सानो बिन्ती गर्न सक्छु? मेरो परिवार कहिले धनी हुनेछ? मैले कसरी राम्रो लुगाफाटा पाउन सक्छु? …” यदि तँ त्यो स्थितिमा जिइरहेको छस् भने यसले तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छैन भन्‍ने देखाउँछ। यदि तँसँग हृदयमा परमेश्‍वरका वचनहरू मात्रै छन् र तैँले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छस् र हरसमय उहाँको नजिक हुन सक्छस् भने—मानौं उहाँ तेरो धेरै नजिक हुनुहुन्छ, मानौं परमेश्‍वर तँभित्र हुनुहुन्छ र तँ उहाँभित्र छस् भने—यदि तँ त्यस प्रकारको स्थितिमा छस् भने, त्यसको अर्थ तेरो हृदय परमेश्‍वरको उपस्थितिमा छ भन्‍ने हुन्छ। यदि तैँले हरेक दिन परमेश्‍वरसित प्रार्थना गर्छस् र प्रत्येक दिन उहाँका वचनहरू खान्छस् र पिउँछस्, सधैँ मण्डलीको कामको बारेमा सोचिरहेको हुन्छस् भने, र यदि तैँले परमेश्‍वरको इच्छालाई ध्यान दिन्छस् भने, यदि उहाँलाई सच्‍चा प्रेम गर्न र उहाँको हृदयलाई सन्तुष्ट पार्न आफ्‍नो हृदय प्रयोग गर्छस् भने, तेरो हृदय परमेश्‍वरको स्वामित्वमा हुनेछ। यदि तेरो हृदयलाई अन्य थुप्रै कुराहरूले कब्जा गरेको छ भने, यो अझै पनि शैतानको कब्जामा हुन्छ र यो साँचो रूपले परमेश्‍वरतर्फ फर्केको हुँदैन। जब कसैको हृदय साँच्‍चै परमेश्‍वरतर्फ फर्केको हुन्छ, तब तिनीहरूमा उहाँको निम्ति साँचो, स्वस्फूर्त प्रेम हुन्छ, र तिनीहरूले परमेश्‍वरको कामलाई ध्यान दिन सक्‍नेछन्। तिनीहरूमा अझै पनि मूर्खता र विवेकहीनताका पलहरू हुन सक्‍ने भए तापनि, तिनीहरूले परमेश्‍वरको घर, उहाँको काम, र तिनीहरूका आफ्नै स्वभावको परिवर्तनमा चासो देखाउँछन् र तिनीहरूको हृदय सही स्थानमा हुन्छ। केही मानिसहरूले जहिले पनि आफूले गरेका सबै काम मण्डलीका लागि हुन् भनी दाबी गरिरहेका हुन्छन्, तर वास्तवमा तिनीहरूले आफ्नो फाइदाका लागि काम गरिरहेका हुन्छन्। यस्ता मानिसहरूसित गलत अभिप्राय हुन्छ। तिनीहरू कुटिल र छली हुन्छन् र तिनीहरूले गर्ने धेरैजसो काम आफ्नै व्यक्तिगत फाइदाका लागि नै हुन्छन्। यस प्रकारको व्यक्तिले परमेश्‍वरको प्रेमको खोजी गर्दैन; तिनीहरूको हृदय अझै पनि शैतानको अधीनमा हुन्छ र परमेश्‍वरतर्फ फर्कन सक्दैन। त्यसैले, परमेश्‍वरसँग यस प्रकारको व्यक्तिलाई प्राप्त गर्ने कुनै उपाय हुँदैन।

यदि तँ परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्न र उहाँद्वारा प्राप्त गरिन चाहन्छस् भने, तैँले चाल्नुपर्ने पहिलो कदम भनेको तेरो हृदयलाई पूर्ण रूपमा परमेश्‍वरतिर फर्काउनु हो। तैंले गर्ने प्रत्येक कार्यमा, आफैलाई जाँच् र सोध्: “के यो मैले परमेश्‍वरलाई प्रेम गर्ने हृदयको आधारमा गर्दै छु? के यसको पछि कुनै व्यक्तिगत अभिप्रायहरू छन्? यो गर्नुको मेरो वास्तविक लक्ष्य के हो?” यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई सुम्पन चाहन्छस् भने, तैंले पहिले आफ्नै हृदयलाई वशमा राख्‍नुपर्छ, आफ्ना सबै अभिप्रायहरूलाई त्याग्‍नुपर्छ, र पूर्ण रूपमा परमेश्‍वरको खातिर रहने अवस्था हासिल गर्नुपर्छ। यो आफ्नो हृदय परमेश्‍वरलाई दिने अभ्यास गर्ने मार्ग हो। आफ्‍नो हृदयलाई वशमा राख्‍नु भनेको के हो? यसो गर्नु भनेको देहका अत्यधिक चाहनाहरूलाई छोडिदिनु, सुखसुविधा वा हैसियतका फाइदाहरूको लालच नगर्नु हो। यो भनेको परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेको सबै गर्नु, र आफ्‍नो हृदयलाई आफ्नो निम्ति नभई पूर्णतया उहाँको निम्ति अर्पित गर्नु हो। यो पर्याप्त छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५९

पूर्ण रूपमा मेरो आज्ञापालन गर्न नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६९

बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४३

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०५

जो मानिसहरू प्रगति गर्ने कोसिस गर्दैनन् तिनीहरू अरू पनि तिनीहरूजस्तै नकारात्मक र अल्छी होस् भन्ने चाहन्छन्। सत्यको अभ्यास नगर्नेहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्