परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९२

यदि मानिसहरूले उनीहरूको विवेकका भावनाहरू मात्र सुन्छन् भने, तिनीहरूले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैनन्। यदि तिनीहरू पूर्णतया आफ्नै विवेकमा मात्रै भर पर्छन् भने, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम कमजोर हुनेछ। यदि तँ परमेश्‍वरको अनुग्रह र प्रेमको ऋण तिर्ने कुरा मात्र गर्छस् भने, उहाँप्रतिको तेरो प्रेममा तँसित कुनै प्रेरणा हुनेछैन; आफ्नो विवेकका भावनाहरूमा आधारित रही उहाँलाई प्रेम गर्नु एक निष्क्रिय तरिका हो। म किन यो एक निष्क्रिय तरिका हो भनी भन्छु त? यो एक व्यावहारिक विषय हो। परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम कस्तो किसिमको प्रेम हो? के यो परमेश्‍वरलाई मूर्ख बनाउनु र उहाँका निम्ति झारा टार्नु होइन र? धेरै मानिसहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरलाई प्रेम गर्नुमा कुनै इनाम छैन र उहाँलाई प्रेम गर्नेले पनि उहाँलाई प्रेम नगर्नेले जस्तै दण्ड पाउनेछ, त्यसपछि त समग्रमा पाप नगर्नु नै पर्याप्त हुन्‍छ। त्यसैले आफ्नो विवेकका अनुभूतिहरूका आधारमा परमेश्‍वरलाई प्रेम गर्नु र उहाँको प्रेमको ऋण तिर्नु भनेको एक निष्क्रिय तरिका हो, र यो व्यक्तिको हृदयबाट स्वस्फूर्त रूपमा आउने परमेश्‍वरप्रतिको प्रेम होइन। परमेश्‍वरप्रतिको प्रेम व्यक्तिको हृदयको गहिराइबाट निस्केको सच्‍चा भावना हुनुपर्छ। कतिपय मानिसहरू भन्छन्‌: “म आफै परमेश्‍वरलाई खोज्न र उहाँको पछि लाग्‍न इच्छुक छु। अहिले परमेश्‍वरले मलाई त्याग्‍न चाहनुहुन्छ भने पनि, म उहाँलाई पछ्याइरहनेछु। उहाँले मलाई चाहनुभए पनि नचाहनुभए पनि, म उहाँलाई प्रेम गरिरहनेछु, र आखिरमा मैले उहाँलाई प्राप्त गर्नैपर्छ। म मेरो हृदय परमेश्‍वरमा अर्पण गर्छु, र उहाँले जे गर्नुभए नि, म आजीवन उहाँलाई पछ्याउनेछु। जेसुकै भए पनि, मैले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ र मैले उहाँलाई प्राप्त गर्नैपर्छ; जबसम्म म उहाँलाई प्राप्त गर्दिनँ तबसम्म म विश्राम लिनेछैनँ।” के तँसँग यस प्रकारको संकल्प छ?

परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई प्रेम गर्ने बाटो एउटै र उही हो। यदि तँ उहाँमा विश्‍वास गर्छस् भने तैंले उहाँलाई प्रेम गर्नैपर्छ; तैपनि, उहाँलाई प्रेम गर्नुले आफ्नो विवेकका भावनाहरूको आधारमा उहाँको प्रेमको ऋण तिर्नु वा उहाँलाई प्रेम गर्नु मात्रलाई जनाउँदैन—यो त परमेश्‍वरप्रतिको चोखो प्रेम हो। कहिलेकहीँ मानिसहरूले आफ्नो विवेकको आधारमा मात्र परमेश्‍वरको प्रेम महसुस गर्न सक्दैनन्। किन मैले “परमेश्‍वरका आत्माले हाम्रो आत्मालाई छोऊन्” भनेर सधैँ भनेँ त? किन मैले परमेश्‍वरलाई प्रेम गर्न मानिसहरूका विवेकलाई छुनेबारेमा कुरा गरिनँ? किनकि मानिसहरूको विवेकले परमेश्‍वरको प्रेमिलोपन महसुस गर्न सक्दैन। तँ यी वचनहरूद्वारा विश्‍वस्त हुँदैनस् भने, उहाँको प्रेम महसुस गर्न आफ्नो विवेक प्रयोग गर्ने कोसिस गर्। तँमा अहिले उत्साह हुन सक्छ, तर त्यो चाँडै नै हराउनेछ। यदि तैंले आफ्नो विवेकले मात्र परमेश्‍वरको प्रेम महसुस गर्छस् भने, प्रार्थना गर्दा तँ उत्साहित हुनेछस्, तर त्यो उत्साह केही बेरपछि ओइलाउनेछ र हराइजानेछ। त्यस्तो किन हुन्छ त? आफ्नो विवेक मात्र प्रयोग गर्छस् भने, तैँले परमेश्‍वरप्रतिको आफ्नो प्रेमलाई जगाउन सक्‍नेछैनस्; जब तँ आफ्नो हृदयमा साँच्‍चै परमेश्‍वरको प्रेम महसुस गर्छस्, तब तेरो आत्मा उहाँद्वारा छोइएको हुनेछ, र यो समयमा मात्र तेरो विवेकले आफ्नो मूल भूमिका खेल्न सक्‍नेछ। भन्‍नुको अर्थ, जब परमेश्‍वरले मानिसका आत्मालाई छुनुहुन्छ र जब मानिससँग ज्ञान हुन्छ र हृदयभित्र ऊ उत्साहित हुन्छ, अर्थात् जब उसले अनुभव प्राप्त गरेको हुन्छ, तब मात्र उसले आफ्नो विवेकले परमेश्‍वरलाई प्रभावकारी ढङ्गले प्रेम गर्न सक्‍नेछ। आफ्नो विवेकले परमेश्‍वरलाई प्रेम गर्नु गलत होइन तर यो परमेश्‍वरप्रतिको सबैभन्दा तल्लो स्तरको प्रेम हो। “केवल परमेश्‍वरको अनुग्रहप्रति न्यायोचित काम गर्दै” प्रेम गर्दा यसले मानिसलाई सक्रिय रूपमा प्रवेश गर्न उत्प्रेरित गर्नेछैन। जब मानिसहरूले पवित्र आत्माका केही काम प्राप्त गर्छन्, अर्थात् जब तिनीहरूले आफ्नो व्यावहारिक अनुभवमा परमेश्‍वरको प्रेम देख्छन् र महसुस गर्छन्, जब तिनीहरूसँग परमेश्‍वरको बारेमा केही ज्ञान हुन्छ र परमेश्‍वर साँच्‍चै नै मानवजातिको प्रेमको योग्य हुनुहुन्छ र उहाँ धेरै प्रेमिलो हुनुहुन्छ भनी बुझ्छन्, तब मात्र तिनीहरूले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३०

ख्याति र सम्पत्तिको खोजीमा बिताएको जीवनले व्यक्तिलाई मृत्युको मुखमा बिलखबन्दमा पार्छ आफ्‍नो नाममा केही पनि नलिई आएको एकलो आत्माले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २२

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७८

परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्