परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ६०
मानवजातिको हरेक व्यक्तिले मेरो आत्माद्वारा सूक्ष्म रूपमा जाँचिन स्वीकार गर्नुपर्छ, उसको हरेक वचन र कार्यलाई नजिकबाट निरीक्षण गर्नुपर्छ,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
पवित्र आत्माको काम दिन प्रतिदिन परिवर्तन हुन्छ। प्रत्येक कदमसँगै यो अझ माथि जान्छ, आजको भन्दा भोलिको प्रकाश अझ माथि हुन्छ, यो एकपछि अर्को कदम गर्दै अझ माथि चढ्दै जान्छ। परमेश्वरले जुन कामद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ त्यो यस्तै हुन्छ। यदि मानिसहरूले कदममा कदम मिलाउन सकेनन् भने, तिनीहरू जुनसुकै बेला परित्याग हुन सक्छन्। यदि तिनीहरूसँग आज्ञाकारी हृदय छैन भने तिनीहरूले आखिरीसम्म पछ्याउन सक्नेछैनन्। अघिल्लो युग समाप्त भइसकेको छ: यो नयाँ युग हो। अनि नयाँ युगमा नयाँ काम गरिनुपर्छ। खासगरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्वरले अझ नयाँ काम, अझ छिटोसँग गर्नुहुन्छ, त्यसैले मानिसहरूलाई तिनीहरूको हृदयमा आज्ञाकारीता नभईकन परमेश्वरका कदमहरू पछ्याउन मुस्किल पर्नेछ। परमेश्वर कुनै पनि नियमहरूमा बाँधिनुहुन्न, न त उहाँले उहाँको कामको कुनै चरणलाई नै अपरिवर्तनीय रूपमा लिनुहुन्छ। बरु, उहाँले गर्नुहुने काम सधैँ नै पहिलेभन्दा नयाँ अनि पहिलेभन्दा उच्च हुन्छ। हरेक चरणमा, उहाँको काम झन्-झन् व्यावहारिक बन्छ, अनि झन्-झन् मानिसको वास्तविक आवश्यकताहरू अनुरूप हुँदै जान्छ। त्यस्तो कामको अनुभव गरिसकेपछि मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रूपान्तरण प्राप्त गर्न सक्छन्। जीवन सम्बन्धी मानिसको ज्ञान झन्-झन् उच्च स्तरमा पुग्छ, त्यसै गरी, परमेश्वरको काम पनि झन्-झन् उच्च स्तरमा पुग्छ। यसरी मात्र मानिस सिद्ध हुन र परमेश्वरको प्रयोगको लागि योग्य बन्न सक्छ। एकतर्फ मानिसका धारणाहरूको प्रतिरोध गर्न र तिनलाई उल्ट्याउनको लागि अनि अर्कोतर्फ मानिसलाई अझ उच्चस्तरीय र अझै वास्तविक स्थितितर्फ डोर्याउँदै परमेश्वरमाथिको विश्वासको सबैभन्दा उच्च क्षेत्रभित्र लैजानको लागि परमेश्वरले यसप्रकारले काम गर्नुहुन्छ ताकि आखिरमा परमेश्वरको इच्छा पूरा गर्न सकियोस्। जानाजान विरोध गर्ने अवज्ञाकारी प्रकृति भएका सबै व्यक्तिहरूलाई परमेश्वरको छिटोछरितो अनि क्रोधपूर्ण अग्रगामी कामको यो चरणद्वारा परित्याग गरिनेछ; इच्छा पूर्वक आज्ञापालन गर्ने अनि खुशीसाथ आफूलाई विनम्र तुल्याउने व्यक्तिहरू मात्रै मार्गको अन्त्यसम्म पुग्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र कसरी आफ्ना धारणाहरूलाई पन्छाउने सो कुरा सिक्नुपर्छ। तिमीहरूले चाल्ने हरेक कदममा तिमीहरू सतर्क हुनुपर्छ। यदि तिमीहरू लापर्बाही भयौ भने अवश्य पनि तिमीहरू पवित्र आत्माद्वारा धिक्कारिने व्यक्ति बन्नेछौ, परमेश्वरको कामलाई भङ्ग गर्ने व्यक्ति। कामको यो चरणबाट भएर जानुभन्दा पहिले, मानिसका पुरानो नियम र कानुनहरू यति धेरै थिए कि ऊ बहकिएर गयो, अनि त्यसैको फलस्वरूप ऊ अभिमानी बन्यो र आफूले आफैलाई बिर्सियो। यी सबै कुराहरू मानिसलाई परमेश्वरको कामलाई स्वीकार गर्नबाट रोक्ने वाधाहरू हुन्; यी कुराहरू परमेश्वर सम्बन्धी मानिसको ज्ञानका शत्रुहरू हुन्। आफ्नो हृदयमा आज्ञाकारीता पनि नहुनु अनि सत्यताको चाहना पनि नहुनु भनेको मानिसहरूको लागि खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूमा मात्र समर्पित हुन्छस् अनि कुनै पनि गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ त्यो व्यक्ति होस् जो पुराना तौरतरिकाहरूमा अल्झिन्छ र जो पवित्र आत्माको कामको गतिमा हिँड्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
मानवजातिको हरेक व्यक्तिले मेरो आत्माद्वारा सूक्ष्म रूपमा जाँचिन स्वीकार गर्नुपर्छ, उसको हरेक वचन र कार्यलाई नजिकबाट निरीक्षण गर्नुपर्छ,...
परमेश्वरको डर मान्ने कार्यको सुरुवात बिन्दु भनेको उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नु हो केही क्षणअघि, कसैले एउटा प्रश्न उठायो:...
मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने थोकहरू भेट्टाउँछन्। म पूर्वबाट आएको हुँ, म...
जीवनको खोज हतारमा पाइने चीज होइन; जीवनको वृद्धि केवल एक वा दुई दिनमा हुँदैन। परमेश्वरको काम सामान्य र व्यावहारिक छ, र एउटा प्रक्रिया छ...