परमेश्वरका दैनिक वचनहरू: बाइबल सम्बन्धी रहस्यहरू | अंश २६७
बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मिलेर सँगै काम गर्न तिमीहरूबाट आज गरिएको माग यहोवाले इस्राएलीहरूबाट माग गर्नुभएको सेवासमान छ: नत्र भने, सेवा गर्न बन्द गरिहाल। तिमीहरू प्रत्यक्ष रूपले परमेश्वरको सेवा गर्ने मानिसहरू भएको कारणले, कम्तीमा तिमीहरू सेवा गर्दा बफादारितामा र अधीनतामा रहन सक्ने हुनैपर्छ, अनि व्यवहारिक रूपले पाठहरू सिक्न सक्ने हुनैपर्छ। विशेष रूपमा मण्डलीमा काम गरिरहेका तिमीहरूको विषयमा भन्नुपर्दा, के तिमीहरूभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूमध्ये कसैले तिमीहरूको निराकरण गर्ने साहस गर्छ? के कसैले तिमीहरूलाई प्रत्यक्ष रूपमा तिमीहरूका गल्तीहरू बताउने साहस गर्न सक्छ? तिमीहरू अरू सबैभन्दा उच्चमा खडा छौ; तिमीहरू राजा जस्तै राज्य गर्छौ! तिमीहरू यस्ता प्रकारका व्यावहारिक पाठहरू अध्ययन गर्दैनौ वा त्यसभित्र प्रवेश गर्दैनौ, तापनि तिमीहरू अझै परमेश्वरको सेवा गर्ने कुरा गर्छौ! हाल, तँलाई केही सङ्ख्यामा मण्डलीहरू अगुवाइ गर्न भनिएको छ, तर तैँले आफैलाई परित्याग नगर्ने मात्र होइन, तर यसो भन्दै आफ्नै धारणा तथा विचारहरूमा लागिरहन्छस्, “मलाई लाग्छ, यो यसरी गरिनुपर्छ, किनकि परमेश्वरले भन्नुभएको छ कि हामी अरूबाट नियन्त्रित हुनुहुँदैन अनि हिजोआज हामी अन्धाधुन्ध समर्पित हुनुहुँदैन।” त्यसैकारण, तिमीहरूमध्ये हरेक आफ्नै विचारमा दृढ रहन्छौ, अनि कसैले एकअर्काको आज्ञा मान्दैन। तेरो सेवा गतिरोधमा परेको छ भन्ने कुरा तैँले स्पष्टसित जाने तापनि तँ अझै यसो भन्छस्, “मैले देखेअनुसार, मेरो बाटो निशानाभन्दा टाढा छैन। कुनै पनि मामिलामा हामी हरेकको एउटा पक्ष हुन्छ: तपाईं आफ्नो कुरा गर्नुहोस्, म आफ्नो कुरा गर्नेछु; तपाईं आफ्ना दर्शनहरूबारे सङ्गति गर्नुहोस्, अनि म आफ्नो प्रवेशबारे कुरा गर्नेछु।” निराकरण गरिनुपर्ने धेरै कुराहरूको निम्ति तिमीहरू कहिल्यै जिम्मेवारी लिँदैनौ, वा तिमीहरूमध्ये हरेकले आफ्नै विचारहरू व्यक्त गर्दै अनि आफ्नै हैसियत, प्रतिष्ठा र इज्जतलाई बुद्धिमानीपूर्वक बचाउँदै तिमीहरू झारा टार्ने काम गर्छौ। तिमीहरूमध्ये कोही पनि आफूलाई नम्र तुल्याउन इच्छुक छैनौ, अनि जीवन तीव्र गतिमा अघि बढोस् भनेर दुवै पक्षले आफैलाई परित्याग गर्ने र एकअर्काको कमजोरीहरू पूर्ति गर्ने पहल गर्दैनौ। जब तिमीहरू सँगै सहकार्य गर्छौ, तब तिमीहरूले सत्यतालाई खोजी गर्न सिक्नुपर्छ। तैँले भन्छस् होला, “मसित सत्यताको यस पक्षको स्पष्ट बुझाइ छैन। यसबारे तपाईंसँग कस्तो अनुभव छ?” अथवा, तैँले यसो भन्छस् होला, “यस पक्षको सम्बन्धमा तपाईंसित मेरोभन्दा बढी अनुभव छ; कृपया के तपाईं मलाई केही मार्गदर्शन गर्न सक्नुहुन्छ?” के त्यो काम सुरु गर्ने राम्रो तरिका हुनेथिएन र? तिमीहरूले धेरै वचन सुनेका छौ, अनि सेवा गर्ने विषयमा तिमीहरूसँग केही अनुभव छन्। यदि मण्डलीमा काम गर्दा तिमीहरूले एकअर्काबाट सिकेनौ, एकअर्कालाई सहायता गरेनौ र एकअर्काको कमी कमजोरीहरूलाई पूर्ति गरेनौ भने, कसरी कुनै पाठ सिक्न सक्छौ र? तिमीहरूले कुनै कुराको सामना गर्दा, तिमीहरूले एकअर्कासित सङ्गति गर्नुपर्छ ताकि तिमीहरूको जीवनले लाभ पाएको होस्। यसको अतिरिक्त, तिमीहरूले कुनै पनि निर्णयहरू गर्नुभन्दा अघि कुनै पनि प्रकारका कुराहरूबारे होशियारीपूर्वक सङ्गति गर्नुपर्छ। त्यसो गरेर मात्रै तैँले लापरवाही ढङ्गले काम गर्नुको सट्टा मण्डलीको निम्ति जिम्मेवारी लिइरहेको हुन्छस्। तिमीहरू मण्डलीमा गइसकेपछि, तिमीहरू एक ठाउँमा भेला हुनुपर्छ र तिमीहरूले पत्ता लगाएका मामिलाहरू र तिमीहरूले आफ्नो काममा सामना गरेका कुनै समस्याहरूबारे सङ्गति गर्नुपर्छ, अनि त्यसपछि तिमीहरूले प्राप्त गरेको अन्तर्दृष्टि र प्रकाशबारे कुराकानी गर्नुपर्छ—यो नै सेवाको अत्यावश्यक अभ्यास हो। तिमीहरूले परमेश्वरको कामको उद्देश्यका निम्ति, मण्डलीको फाइदाका निम्ति, अनि तिमीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई अघि बढ्न प्रोत्साहन दिनका निम्ति मैत्रीपूर्ण सहकार्य हासिल गर्नुपर्छ। हरेकले अर्कालाई सुधार्दै र कामको उत्तम नतिजा प्राप्त गर्दै परमेश्वरको इच्छालाई वास्ता गर्नका निम्ति तैँले एकअर्कासित सहकार्य गर्नुपर्छ। साँचो सहकार्य भनेको यही नै हो, अनि यसमा लागिपर्नेले मात्रै साँचो प्रवेश पाउनेछ। सहकार्य गर्ने क्रममा, तैँले बोल्ने केही शब्दहरू असुहाउँदो होला तर त्यसले केही फरक पार्दैन। त्यसबारे पछि सङ्गति गर्, अनि त्यसको स्पष्ट बुझाइ प्राप्त गर्; त्यसलाई बेवास्ता नगर्। यसप्रकारको सङ्गतिपछि, तैँले तेरा दाजुभाइ-दिदीबहिनीहरूका कमजोरीहरूको पूर्ति गर्न सक्छस्। तेरो काममा यसरी गहिरिँदै जाँदा मात्रै तैँले उत्तम नतिजाहरू प्राप्त गर्न सक्छस्। परमेश्वरलाई सेवा गर्ने मानिसहरू भएको हैसियतले तिमीहरू हरेकले आफूले गर्ने हरेक काममा आफ्ना हितलाई विचार गर्नुको साटो मण्डलीका हितलाई रक्षा गर्न सक्नुपर्छ। एकले अर्कालाई हानि पुर्याएर एकलै काम गर्नु ग्रहणयोग्य हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नेहरू परमेश्वरको सेवा गर्न योग्य हुँदैनन्! त्यस्ता मानिसहरूको स्वभाव भयानक हुन्छ; तिनीहरूमा अलिकति पनि मानवता बाँकी हुँदैन। तिनीहरू शत-प्रतिशत शैतान हुन्! तिनीहरू पशु हुन्! अहिले पनि, त्यस्ता कुराहरू अझै तिमीहरूका माझमा हुन्छन्; तिमीहरू यति हदसम्म पनि जान्छौ कि कुनै सानातिना विषयमा विवाद गर्दै जानी-जानी निहुँ खोज्दै र अनुहार रातो पार्दै सङ्गतिको समयमा एकअर्कालाई आक्रमण गर्छौ, दुवै पक्षले आफूलाई एकातिर पन्साउँदैन, हरेकले एकअर्कासित आफ्ना भित्री विचारहरू लुकाउँछन्, अर्को पक्षलाई नराम्रो नियतले हेर्छन् र सधैँ आक्रमक रहन्छ। के यस्तो प्रकारको स्वभाव परमेश्वरको सेवाको निम्ति योग्य हुन्छ? तेरो त्यस्तो प्रकारको कामले तेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै कुरा प्रदान गर्न सक्छ? तैँले मानिसहरूलाई एउटा सही जीवन मार्गमा डोर्याउन त सक्दैनस् नै, साथै तैँले वास्तवमा तेरा दाजुभाइ-दिदीबहिनीहरूमाथि तेरो आफ्नै भ्रष्ट स्वभावहरू लादिरहेको हुन्छस्। के तैँले अरूलाई चोट पुर्याइरहेको छैनस् र? तेरो विवेक डरलाग्दो छ, अनि यो गुदीसम्मै कुहिएको छ! तँ वास्तविकताभित्र प्रवेश गर्दैनस्, न त तैँले सत्यतालाई नै अभ्यास गर्छस्। यसबाहेक, तैँले निर्लज्जतापूर्वक आफ्नो शैतानिक स्वभाव अरूलाई प्रकट गर्छस्। तँलाई कुनै लाज लाग्दैन! तँलाई यी दाजुभाइ-दिदीबहिनीहरू सुम्पिएका छन्, तापनि तँ तिनीहरूलाई नरकमा लिएर जाँदैछस्। के तँ विवेक कुहिएको व्यक्ति होइनस् र? तँसित लाज-सरम भन्ने कुरै छैन!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्
बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको...
बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको...
परमेश्वरले कसरी आत्मिक संसारलाई शासन र व्यवस्थापन गर्नुहुन्छ भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्चित कुराहरू वा घटनाहरूलाई...
तिमीहरूको देह, तिमीहरूको असाधारण इच्छा, तिमीहरूको लोभ र तिमीहरूको कामवासनाले तिमीहरूमा गहिरो रूपमा जरा गाडेको छ। यी कुराहरूले तिमीहरूको...