परमेश्वरका दैनिक वचनहरू: बाइबल सम्बन्धी रहस्यहरू | अंश २७७
त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्नो काम गर्नुभएन। यसलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आजभोलि धेरै मानिसहरूले अरूसित सहकार्य गर्दा के-कस्ता पाठहरू सिक्नुपर्छ भनेर ध्यान दिँदैनन्। तिमीहरूमध्ये धेरैले अरूसित सहकार्य गर्दा पाठहरू सिक्न सक्दैनौ भनेर मैले पत्ता लगाएको छु; तिमीहरूमध्ये धेरै जना आफ्नै विचारहरूमा लागिरहन्छौ। मण्डलीमा काम गर्दा तँ आफ्नो विचार पोख्छस् अनि अरू कसैले आफ्नै विचारहरू पोख्छन्, अनि एउटाको अर्कोसित कुनै सम्बन्ध हुँदैन; तिमीहरूले वास्तवमा केही सहकार्य नै गर्दैनौ। सानो मात्रामा नै भएपनि जीवनको खोजी नगरिकन तिमीहरू सबै केवल आफ्नै अन्तर्दृष्टिहरूलाई व्यक्त गर्नुमा वा आफूभित्र बोकेका “बोझहरू” हलुको बनाउनामै मग्न हुन्छौ। अरू कसैले के भन्छ वा गर्छ भन्ने कुराको पर्बाह नगरी तँ सधैँ आफ्नै बाटोमा हिँड्नुपर्छ भनी विश्वास गर्दै तैँले झारा टार्ने हिसाबले मात्रै काम गरिरहेको देखिन्छ; अरूका परिस्थितिहरू जस्तोसुकै भए तापनि त्यसलाई पर्बाह नगरीकन पवित्र आत्माले अगुवाइ गर्नुभएअनुसार तैँले सङ्गति गर्नुपर्छ भन्ने तँलाई लाग्छ। तँ अरूका बलिया पक्षहरू पत्ता लगाउन सक्षम छैनस्, अनि न त आफैलाई जाँच्न सक्षम छस्। तिमीहरू जसरी कामकुरालाई स्वीकार गर्छौ, त्यो साँच्चि नै पथभ्रष्ट र भ्रमपूर्ण छ। यसो भन्न सकिन्छ कि अहिले पनि तिमीहरूले अझै प्रशस्त आत्म-धार्मिकता प्रदर्शन गर्दछौ, मानौँ तिमीहरू पुरानै बिमारीको दशामा फर्केका छौ। उदाहरणको निम्ति, तिमीहरू निश्चित मण्डलीहरूको कामबाट आफूले कस्ता प्रकारको परिणाम हासिल गरेका छौ, वा तेरा भित्री अवस्थाहरूको हालैको स्थिति र यस्तै इत्यादि कुराबारे एकअर्कासित पूर्ण रूपले खुला हुने किसिमले बातचित गर्दैनौ; तिमीहरूले त्यस्ता कुराबारे पटक्कै कुराकानी गर्दैनौ। तिमीहरू आफ्ना धारणाहरूलाई छोडिदिने वा आफूलाई परित्याग गर्नेजस्ता अभ्यासहरू पटक्कै गर्दैनौ। अगुवा र कार्यकर्ताहरूले केवल तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी नकारात्मक हुनदेखि बचाउने अनि कसरी तिनीहरूलाई जोशपूर्वक पछ्याउने तुल्याउने भनेर मात्र सोच्छन्। तैपनि, तिमीहरू सबै आफैले जोशपूर्वक पछ्याए भइहाल्छ भनी सोच्छौ अनि आफूलाई जान्नु र परित्याग गर्नु के हो भन्नेबारे तिमीहरूसित कुनै आधारभूत बुझाइ छैन, अरूसित सहकार्य गरेर सेवा गर्नुको अर्थ बुझ्नु त झन् परको कुरा हो। तिमीहरू परमेश्वरको प्रेमको साटो तिर्ने र पत्रुसको शैलीमा जिउने इच्छा राख्नेबारे मात्रै सोच्छौ। यी कुराबाहेक, तिमीहरू अरू कुनै कुराबारे सोच्दैनौ। तैँले के समेत भन्छस् भने, अरू मानिसहरूले जे गरे पनि, तँ अन्धो भएर समर्पित हुनेछैनस्, अनि अरू मानिसहरू जस्तोसुकै भएपनि, तैँले चाहिँ परमेश्वरद्वारा प्राप्त गरिने सिद्धता खोज्नेछस्, अनि त्यही नै पर्याप्त हुनेछ। तथापि, तथ्य के हो भने, वास्तवमा तेरो इच्छा कुनै पनि प्रकारले बिलकुलै लागू भएको छैन। के यी सबै, तिमीहरूले हिजोआज प्रदर्शन गर्ने व्यवहार होइनन् र? तिमीहरूमध्ये हरेकले आफ्नै अन्तर्दृष्टिलाई पक्रन्छौ, अनि तिमीहरू सबै सिद्ध तुल्याइने चाहना गर्छौ। म देख्छु कि तिमीहरूले त्यति धेरै प्रगति नगरिकन त्यत्तिका लामो समयसम्म सेवा गरेका छौ; निश्चित रूपमा, एकआपसमा मिलेर काम गर्नेसम्बन्धी यस पाठमा तिमीहरूले केही हासिल गरेका छैनौ! मण्डलीहरूमा जाँदा तिमीहरू आफ्नै तरिकाले कुराकानी गर्छौ, अनि अरूले आफ्नै तरिकाले कुराकानी गर्छन्। मेलपूर्ण सहकार्य बिरलै हुन्छ, अनि तिमीहरूभन्दा तलका अनुयायीहरूको सम्बन्धमा यो कुरा अझै बढी लागू हुन्छ। भन्नुको अर्थ, तिमीहरूमध्ये कसैले परमेश्वरको सेवा गर्नु भनेको के हो वा कसरी उहाँको सेवा गर्नुपर्छ भन्ने कुरा बिरलै मात्र बुझ्छौ। तिमीहरू अन्योलमा छौ र यस प्रकारका पाठलाई हल्का विषयको रूपमा लिन्छौ। यस्ता मानिसहरू अझ धेरै छन् जो सत्यताको यस पक्षलाई अभ्यास गर्नमा मात्र चुक्दैनन् तर जानी-जानी गल्तीसमेत गर्छन्। धेरै वर्षसम्म सेवा गर्नेहरूसमेत एकअर्काको विरुद्धमा लड्छन्, एकअर्काको विरुद्ध युक्ति रच्छन् अनि तिनीहरू ईर्ष्यालु र प्रतिस्पर्धात्मक छन्; हरेकले आफ्नै हित मात्रै खोज्दछ, अनि तिनीहरूले बिलकुल सहकार्य गर्दैनन्। के यी सबै कुराले तिमीहरूको वास्तविक कदलाई प्रतिनिधित्व गर्दैनन् र? दैनिक जीवनमा सेवा गर्ने तिमीहरू इस्राएलीहरूजस्तै छौ, जसले हरेक दिन मन्दिरमा परमेश्वर स्वयम्को प्रत्यक्ष सेवा गरे। परमेश्वरको सेवा गर्ने तिमीहरूसित नै कसरी सहकार्य गर्ने वा कसरी सेवा गर्ने भन्ने कुराको कुनै ज्ञान छैन, यो कसरी हुनसक्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। इस्राएलीहरूले जस्तै सेवा गर्
त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्नो काम गर्नुभएन। यसलाई...
मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस...
परमेश्वरले कुनै पनि युगमा कामको नकल गर्नुहुन्न। आखिरी दिनहरू आइपुगिसकेको हुनाले उहाँले त्यही काम गर्नुहुनेछ जुन उहाँले आखिरी दिनहरूमा...
अहिले भइरहेको काम मानिसहरूलाई उनीहरूको पुरानो पुर्खा शैतानलाई त्याग्न लगाउनका लागि हो। वचनद्वारा गरिने सबै न्यायको उद्देश्य मानवताको...