परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६०

जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ। विशेषतः परमेश्‍वरको सेवा समन्वय गर्नेहरूसित पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुँदा जुन अवस्थाहरू पैदा हुन्छन् ती धेरै अवस्थाहरूको झन् दह्रिलो बुझाइ हुनैपर्छ। यदि तैँले केवल धेरै अनुभवहरू वा प्रवेश प्राप्त गर्ने तरिकाहरूको बारेमा मात्रै कुरा गर्छस् भने यसले तेरो अनुभव ज्यादै एकपक्षीय छ भन्ने देखाउँछ। तेरो साँचो अवस्था नजानीकन अनि सत्यताका सिद्धान्तहरू राम्ररी नबुझीकन स्वभावमा परिवर्तन हासिल गर्न सम्भव छैन। पवित्र आत्माको कामको सिद्धान्तहरू नजानीकन वा यसले फलाउने फलको बारेमा नबुझीकन दुष्ट आत्माहरूको काम खुट्ट्याउन तँलाई कठिन हुनेछ। तैँले दुष्ट आत्माहरूको कामको साथसाथै मानिसको धारणाहरूलाई उदाङ्गो पारिदिनैपर्छ, अनि सीधै मामिलाको केन्द्रबिन्दुसम्मै भेद गर्नुपर्छ; मानिसहरूको अभ्यासमा भएका धेरै विचलनहरू र परमेश्‍वरमाथिको तिनीहरूको विश्वासमा हुनसक्ने समस्याहरूलाई पनि तैँले औँल्याइदिनैपर्छ, ताकि तिनीहरूले त्यसलाई पहिचान गरून्। कम्तीमा, तैँले तिनीहरूलाई नकारात्मक वा निष्क्रिय अनुभूति गर्न दिनु हुँदैन। तथापि, धेरै मानिसहरूका निम्ति वस्तुगत रूपले अस्तित्वमा रहेका कठिनाइहरूलाई तैँले बुझ्नैपर्छ, तँ बेमनासिब हुनुहुँदैन वा तैँले “एउटा सुँगुरलाई गाउन सिकाउने प्रयास” गर्नुहुँदैन; त्यो मूर्ख व्यवहार हो। मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरूको समाधान गर्न, तैँले पहिले पवित्र आत्माको कामका विविध पक्षहरूलाई बुझ्नैपर्छ; पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भनी तैँले बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमी-कमजोरीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मुख्य मामिलाहरूलाई भित्रबाट बुझ्नैपर्छ र नबरालीकन नभइकन वा कुनै गल्तीहरू नगरीकन यसको स्रोतसम्म पुग्नैपर्छ। केवल यस्तो प्रकारको व्यक्ति मात्रै परमेश्‍वरको सेवा समन्वय गर्न योग्य हुन्छ।

तँ मुख्य मामिलाहरू बुझ्न र धेरै कुराहरू स्पष्टसित देख्न सक्षम छस् वा छैनस् भन्ने कुरा तेरो व्यक्तिगत अनुभवहरूमा निर्भर गर्छ। जुन प्रकारले तैँले अनुभव गर्छस्, त्यही प्रकारले नै तैँले अरूलाई पनि डोर्‍याउँछस्। यदि तैँले अक्षर र धर्मसिद्धान्तहरू बुझ्छस् भने तैँले अरूलाई अक्षर र धर्मसिद्धान्तहरू बुझ्न डोर्‍याउन सक्छस्। तैँले जुन प्रकारले परमेश्‍वरका वचनहरूको वास्तविकता अनुभव गर्छस्, त्यही प्रकारले तैँले अरूहरूलाई परमेश्‍वरका वाणीहरूको वास्तविकताभित्र प्रवेश प्राप्त गर्न डोर्‍याउनेछस्। यदि तँ धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरका वचनहरूबाट धेरै कुराहरूको बारेमा स्पष्ट अन्तर्दृष्टि प्राप्त गर्न सक्षम छस् भने तैँले अरूहरूलाई पनि धेरै सत्यताहरू बुझ्ने कार्यमा डोर्‍याउनेछस् र तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले दर्शनहरूको स्पष्ट बुझाइ प्राप्त गर्नेछन्। यदि तैँले अलौकिक अनुभूतिहरू बुझ्न ध्यान केन्द्रित गर्छस् भने तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि त्यही गर्नेछन्। यदि तैँले अभ्यासलाई बेवास्ता गर्छस्, बरु छलफलमाथि जोड दिन्छस् भने, तैँले जसलाई डोर्‍याउँछस्, तिनीहरूले पनि अभ्यास नै नगरीकन वा आफ्नो स्वभावमा कुनै परिवर्तन हासिल नै नगरीकन छलफलमाथि नै ध्यान केन्द्रित गर्नेछन्; तिनीहरू कुनै सत्यतालाई अभ्यासमा नउतारीकन केवल सतही ढङ्गले मात्रै उत्साही हुनेछन्। सबै मानिसहरूले आफूसित जे छ, त्यही नै अरूलाई आपूर्ति गर्छन्। कुनै व्यक्ति कस्तो प्रकारको छ भन्ने कुराले नै तिनीहरूले अरूलाई मार्गदर्शन गर्ने बाटोको साथसाथै तिनीहरूले डोर्‍याउने मानिसहरूका प्रकारहरू निर्धारण गर्दछ। परमेश्‍वरको प्रयोगको निम्ति साँच्चिकै योग्य हुनको लागि तँसित केवल आकांक्षा मात्रै होइन, धेरै मात्रामा परमेश्‍वरबाट प्राप्त अन्तर्दृष्टि, उहाँका वचनहरूबाट मार्गदर्शन, उहाँद्वारा निराकरण गरिएको अनुभव, अनि उहाँका वचनहरूबाट प्राप्त शुद्धीकरण पनि चाहिन्छ। यसलाई एउटा जगको रूपमा लिएर, साधारण समयहरूमा, तिमीहरूले आफ्ना अवलोकन, विचार, चिन्तन तथा निष्कर्षहरूलाई ध्यान दिनुपर्छ र त्यसैअनुसार सोसिने वा हटाउने कार्यमा तल्लीन हुनुपर्छ। यी सबै कुरा वास्तविकताभित्र तिमीहरूको प्रवेशको निम्ति मार्गहरू हुन्, अनि तीमध्ये हरेक अत्यावश्यक छन्। परमेश्‍वरले काम गर्नुहुने यसरी नै हो। यदि तँ परमेश्‍वरले काम गर्नुहुने यस विधिमा प्रवेश गर्छस् भने तँसित उहाँद्वारा हरेक दिन सिद्ध तुल्याइने अवसरहरू हुनेछन्। अनि कुनै पनि समयमा, तेरो वातावरण प्रतिकूल वा अनुकूल जे भए पनि, तँ जाँचमा परिरहेको भए पनि वा परीक्षामा परिरहेको भए पनि, तैँले काम गरिरहे पनि वा नगरिरहे पनि, अनि तैँले जीवन एक व्यक्तिको रूपमा वा समूहको एक भागको रूपमा बाँचिरहेको भए पनि, तैँले सधैँ परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू भेट्टाउनेछस् र तिनीहरूमध्ये एउटै पनि गुमाउनेछैनस्। तैँले तिनलाई सधैँ पत्ता लगाउन सक्नेछस्—अनि यसप्रकार तैँले परमेश्‍वरका वचनहरू अनुभव गर्ने रहस्य भेट्टाइसकेको हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा योग्य गोठालो कुन कुराले सुसज्जित हुनुपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने,...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०१

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७९

पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्‍नो हृदयको अन्तस्करणमा तिनले परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७५

फरिसीहरूले येशूको विरोध किन गरे भनी के तिमीहरू यसको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा...