परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १३९
शैतान र यहोवा परमेश्वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
व्यक्तिले परमेश्वरको इच्छा पूरा गर्न, परमेश्वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्वरबाट आउने अगुवाइलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित रूपमा भएको कुरा मान्छ भने मानिसको कद बढ्ने कुनै सम्भावना हुँदैन। पवित्र आत्माले मानिसमा जुन अन्तर्दृष्टि ल्याउने काम गर्नुहुन्छ त्यो तिनीहरू सामान्य अवस्थामा हुँदा गर्नुहुन्छ; त्यस्ता समयहरूमा, मानिसहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि आफ्नै कद हो भनी सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले जुन प्रकारले अन्तर्दृष्टि दिनुहुन्छ त्यो असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित रहेका कुरालाई नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरूले काम गर्छन् र बोल्छन् वा जब तिनीहरूले प्रार्थना र आफ्नो आत्मिक आराधना गरिरहेका हुन्छन्, तब अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तैपनि वास्तवमा, मानिसले जे देख्छ त्यो केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि हुन्छ (स्वाभाविक रूपले यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही कठिनाइ र जाँचहरूको सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्तो परिस्थितिमा मानिसको वास्तविक कद स्पष्ट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउँछ, अनि मानिसको स्वार्थीपन, व्यक्तिगत विचारहरू र लालच सबै प्रकट हुन्छन्। यस प्रकारका धेरै वटा अनुभवहरूको चक्रपछि मात्र आफ्नो आत्मामा बिउँतने धेरै जनाले विगतमा आफूले अनुभव गरेका कुराहरू आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक प्रकाश भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। जब पवित्र आत्माले मानिसलाई त्यो सत्यता बुझ्ने अन्तर्दृष्टि दिनुहुन्छ, तब परिस्थिति किन त्यस्तो भयो वा त्यो कतातिर जाँदैछ भन्ने कुरा नबताईकन पनि त्यो प्रायः स्पष्ट र बुझ्न सकिने किसिमको हुन्छ। भन्नुको अर्थ, यो प्रकाशमा मानिसका कठिनाइहरू सम्मिलित नगरीकनै उहाँले सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब प्रवेश गर्ने प्रक्रियामा मानिसले कठिनाइहरूको सामना गर्छ र पवित्र आत्माको अन्तर्ज्ञानलाई सम्मिलित गर्छ तब त्यो मानिसको वास्तविक अनुभव बन्छ। … त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरेसँगै, तिमीहरूले पवित्र आत्माको काम वास्तवमा के हो र आफ्नो प्रवेश के हो त्यो हेर्दै, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई सम्मिलित गर्दै, आफ्नो प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, र यसरी तिमीहरू पवित्र आत्माद्वारा धेरै प्रकारले सिद्ध पारिनेछौ, अनि पवित्र आत्माको कामको सारले तिमीहरूमा काम गर्न सक्नेछ। पवित्र आत्माको कामको अनुभव गर्दै जाँदा तिमीहरूले पवित्र आत्मालाई, साथै तिमीहरू आफैलाई पनि चिन्नेछौ, अनि त्यसबाहेक, के थाहा कति धेरै तीव्र दुःखको प्रहारहरूमाझ, तिमीहरूले परमेश्वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्वरबीचको सम्बन्ध दिनदिनै झन् घनिष्ठ हुँदै जानेछ। काटछाँट र शोधन गर्ने यस्तै अनगिन्ती उदाहरणहरूपछि तिमीहरूले परमेश्वरको निम्ति साँचो प्रेम विकास गर्नेछौ। यही कारणले गर्दा, तिमीहरूले दुःख, चोट र सङ्कष्टसित डराउनु हुँदैन भन्ने बुझ्नुपर्छ; पवित्र आत्माको काम भएर पनि तिमीहरू प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो; जब परमेश्वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले गरेको परिश्रम व्यर्थ भएको हुनेछ; तिमीहरूले परमेश्वरको काम अनुभव गरेको भए पनि तिमीहरूले पवित्र आत्मालाई चिनेका हुँदैनौ वा तिमीहरूले आफ्नो प्रवेश पाएका हुँदैनौ। पवित्र आत्माले जुन अन्तर्ज्ञान दिने काम गर्नुहुन्छ त्यो मानिसको जोस थामेर राख्नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति बाटो खोल्नलाई, साथै मानिसलाई पवित्र आत्माको विषयमा जान्न दिनलाई हो, र यस क्षणदेखि परमेश्वरका निम्ति आदर र भक्तिका भावनाहरू विकास गर्न मदत गर्नलाई हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (२)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
शैतान र यहोवा परमेश्वरबीचको संवाद (छनौट गरिएका खण्डहरू) अय्यूब १:६-११ अहिले परमेश्वरका पुत्रहरू यहोवाको सामु उपस्थित हुन आउने दिन थियो,...
सर्वशक्तिमान् परमेश्वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्वरले जैतून डाँडामा आफ्ना...
मानिसहरूले परमेश्वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्वरलाई चिन्ने आफ्नो खोजीमा...
“मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्ने वाक्यले परमेश्वरको हरेक कुरा भौतिक प्रकृतिको छैन, अनि परमेश्वरले तेरा सबै भौतिक...