परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५७

जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो धारणा सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनाएको छ। यतिका वर्षसम्‍म परमेश्‍वरको सेवा र मानिसहरूको लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम र प्रचार गर्नुलाई प्रवेश गर्नु भन्‍ने ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेका छैनन्। बरु, पवित्र आत्माको कामबाट प्राप्त हुने अन्तर्ज्ञानलाई तिनीहरूले अरूलाई शिक्षा दिने पुँजीको रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस क्षणमा, काम गर्ने व्यक्तिहरू पवित्र आत्माको काम आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेझैँ आत्मसन्तोषले भरिएका हुन्छन्; तिनीहरूले आफूले बोलिरहेका सबै वचनहरू आफ्नै व्यक्तिगत अस्तित्वको स्वामित्वमा भएको महसुस गर्छन्, तर फेरि पनि तिनीहरूका आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट हुँदैन। अझ अर्को कुरा, बोल्नुभन्दा अघि तिनीहरूलाई आफूले के भन्‍नेछू भन्‍ने थाहै हुँदैन, तर जब पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका वचनहरू अन्त्यहीन प्रवाहजस्तो गरी बाहिर निस्कन्छन्। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूले विश्‍वास गरेजतिको सानो छैन र पवित्र आत्माले आफूमा धेरैचोटि काम गर्नुभएको छ भन्‍ने लाग्छ र त्यसपछि तैँले आफूले पहिले नै त्यो कद प्राप्त गरिसकेको छु भन्‍ने निश्चित गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै अस्तित्व हो भनी गलत विश्‍वास गर्छस्। तैँले निरन्तर यस्तो अनुभव गरेपछि आफ्नो प्रवेशप्रति तँ सुस्त बन्छस्, थाहै नपाई आलस्यतामा प्रवेश गर्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसकारणले गर्दा, तँ अरूको लागि सेवकाइ गरिरहेको हुँदा, तैँले आफ्नो कद र पवित्र आत्माको कामको बीचमा स्पष्ट भेद छुट्ट्याउनुपर्छ। यसले तेरो प्रवेशलाई अझ सहज बनाउँछ र तेरो अनुभवमा थप फाइदा गराउँछ। मानिसले पवित्र आत्माको कामलाई आफ्नै व्यक्तिगत अनुभवको रूपमा लिँदा त्यो भ्रष्टताको स्रोत बन्छ। त्यही कारणले गर्दा म भन्छु, तैँले जुनसुकै काम गरे पनि आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठको रूपमा लिनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०७

परमेश्‍वरको क्रोध लुकेको अनि मानिसको लागि अज्ञात भए पनि यसले कुनै उल्‍लङ्घन सहँदैन मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्‍वरले...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३४

जब-जब गन्तव्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८९

इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्‍वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजनालाई त्यसको लक्ष्यमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०८

परमेश्‍वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्‍वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्