परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४७

सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस् भने, तेरो मानवता उपयुक्त स्तरको हुनेछ। तँसँग सामान्य मानवको रूप हुनुपर्छ, तँ परमेश्‍वरको विश्‍वासी समान हुनुपर्छ। तैँले धेरै कुरा हासिल गर्नुपर्दैन, न त कूटनीतिमा सहभागी नै हुनुपर्छ; तँ केवल सामान्य मानिसको बोध भएको सामान्य मानिस हुनुपर्छ, परिस्थिति छुट्याउन सक्ने हुनुपर्छ, र कम्तीमा सामान्य मानव जस्तो देखिनुपर्छ। यति पर्याप्‍त हुनेछ। तैँले आज जे कुरा पूरा गर्न आवश्यक छ ती कुराहरू तेरो क्षमताभित्रै छ, यो क्षमताभन्दा बढी गर्न दबाब दिने मामिला होइन। तँमाथि कुनै अनुपयोगी वचन वा अनुपयोगी कार्य गरिनेछैन। तेरो जीवनमा व्यक्त वा प्रकट भएका सबै कुरूपतालाई फाल्नुपर्छ। तिमीहरू शैतानबाट भ्रष्ट भएका छौ र शैतानको विषले पूरा भरिएका छौ। तँबाट मागिएको कुरा त शैतानको यो भ्रष्ट स्वभावलाई फाल् भनेको मात्र हो। तँलाई कुनै उच्चपदस्थ कर्मचारी, वा प्रसिद्ध वा महान् व्यक्ति बन् भनिएको होइन। यसमा कुनै तुक छैन। तिमीहरूमा गरिएको कार्यले तिमीहरूका अन्तर्निहित कुराहरूलाई मध्यनजर गरेको हुन्छ। मैले मानिसहरूबाट माग्ने कुराहरू सीमामा बाँधिएका छन्। यदि बौद्धिक व्यक्तिहरूले बोल्ने तरिका र लबजमा तैँले अभ्यास गरेको थिइस् भने, यसले काम गर्नेछैन; तैँले यसलाई गर्न सक्नेछैनस्। तिमीहरूको क्षमताको आधारमा, तिमीहरूले कम्तीमा बुद्धि पुर्‍याएर र विनम्रताका साथ बोल्न र कुराहरूलाई स्पष्ट र बुझ्नयोग्य तरिकाले व्याख्या गर्न सक्नुपर्छ। शर्तहरू पूरा गर्नका लागि यति मात्रै चाहिन्छ। यदि, कम्तीमा पनि, तैँले अन्तर्दृष्टि र बोध प्राप्त गरिस् भने, यतिले काम गर्छ। अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो भ्रष्ट शैतानी स्वभाव फाल्नु हो। तँभित्र प्रकट भएको कुरूपता तैँले फाल्नुपर्छ। यी कुराहरू तैँले फाल्दैनस् भने, तैँले सर्वोच्च बोध र सर्वोच्च अन्तर्दृष्टिका बारेमा कसरी कुरा गर्न सक्छस्? युग परिवर्तन भएको देखेर, धेरै मानिसहरूमा कुनै विनम्रता वा धैर्यता छैन, र तिनीहरूमा कुनै प्रेम वा सन्तको शिष्टाचार पनि छैन। यस्ता मानिसहरू कति विवेकशून्य होलान्! के तिनीहरूमा अलिकति पनि सामान्य मानवता होला त? के तिनीहरूमा बोल्नको लागि कुनै गवाही होला त? तिनीहरूसँग अन्तर्दृष्टि वा समझ सर्वथा छैन। पक्कै पनि, मानिसहरूका केही विकृत र गलत अभ्यासलाई सच्याइनुपर्छ; उदाहरणका लागि, तिनीहरूको पहिलेको कडा आत्मिक जीवनहरू र तिनीहरूका भावशून्य र अल्पबुद्धि रूप—यी सबै कुराहरूलाई परिवर्तन गरिनुपर्छ। परिवर्तनको अर्थ तँलाई जे मन लाग्यो त्यही बोल्दै, देहमा स्वछन्द वा लिप्‍त हुन दिने भन्ने होइन। तैँले हल्का रूपमा बोल्नु हुँदैन। सामान्य मानवको बोली तथा आचरण हुनु भनेको तर्कसंङ्गत रूपमा बोल्नु हो, तैँले “हुन्छ” भन्दा “हुन्छ” भन्नु, “हुन्न” भन्दा “हुन्न” भन्नु हो। तथ्य परक रूपमा र उपयुक्त ढङ्गले बोल्। नठग्, र झूटो नबोल्। स्वभावको परिवर्तनको सन्दर्भमा व्यक्तिले जान सक्ने हदहरू बुझ्नुपर्छ। यदि यसो भएन भने, तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। क्षमता बढाउनु परमेश्‍वरको मुक्ति पाउनका खातिर हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४०

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३४

अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५०

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर...