परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४६

पवित्र आत्माको काम सकारात्मक प्रगति हो भने शैतानको कामचाहिं पछि हट्नु, नकारात्मकता, विद्रोहीपन, परमेश्‍वरको प्रतिरोध, परमेश्‍वरमा विश्‍वास गुमाउनु, स्तुति-गीत गाउनसमेत अनिच्छा हुनु र आफ्नो कर्तव्य पूरा गर्न अति नै कमजोर हुनु हो। पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्न हुने सबै कुरा स्वाभाविक हुन्छ; यसमा तँलाई बाध्य पारिंदैन। यदि तैंले यसलाई अनुसरण गरिस् भने, तैंले शान्ति पाउनेछस्; यदि तैँले अनुसरण गरिनस् भने, पछि तँलाई गाली गरिनेछ। पवित्र आत्माको अन्तर्दृष्टिको साथमा तैंले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा बाधा हुनेछैन; तँ स्वतन्त्र हुनेछस्, त्यहाँ तेरा व्यवहारहरू अभ्यास गर्ने एउटा मार्ग हुनेछ, र तँ कुनै रोकावटको अधीनमा हुँनेछैनस्, बरु तँ परमेश्‍वरको इच्छाअनुसार काम गर्न सक्षम हुनेछस्। शैतानको कामले तँलाई धेरै कुराहरूमा हस्तक्षेप गर्छ; यसले तँलाई प्रार्थना गर्न अनिच्छुक बनाउँछ, परमेश्‍वरका वचनहरू खान र पिउन धेरै अल्छी बनाउँछ, र मण्डलीको जीवन जिउन नचाहने बनाउँछ, र यसले तँलाई आत्मिक जीवनप्रति उदासिन बनाउँछ। पवित्र आत्माको कामले तेरो दैनिक जीवनमा हस्तक्षेप गर्दैन र तेरो सामान्य आत्मिक जीवनमा हस्तक्षेप गर्दैन। तैंले धेरैवटा कुराहरू घटित हुँदा त्यति नै बेला तिनलाई बुझ्न सक्दैनस्, तैपनि केही दिनपछि तेरो हृदय अझ उज्यालो हुन्छ अनि तेरो मन थप स्पष्ट हुन्छ। तैँले आत्माका केही कुराहरू बुझ्न थाल्छस्, र बिस्तारै कुनै विचार परमेश्‍वरबाट आएको हो कि शैतानबाट आएको हो सो बुझ्न‍ सक्छस्। केही कुराहरूले तँलाई स्पष्ट रूपमा परमेश्‍वरको विरोध गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने बनाउँछन्, वा परमेश्‍वरका वचनहरू व्यवहारमा प्रयोग गर्नबाट रोक्छन्; यी सबै कुराहरू शैतानबाट आएका हुन्। केही कुराहरू स्पष्ट हुँदैनन्, र तैंले ती के हुन् भनी त्यति नै बेला भन्न सक्दैनस्; पछि तँ तिनका प्रकट रूपहरू देख्न सक्छस्, र त्यसपछि विवेक लगाउन सक्छस्। यदि तैँले शैतानबाट आउने र पवित्र आत्माद्वारा निर्देशित कुराहरूलाई स्पष्टसँग छुट्याउन सक्छस् भने तेरा अनुभवहरूमा तँलाई सजिलै गलत बाटोमा डोर्याउन सकिने छैन। कहिलेकहीं, जब तेरो अवस्था राम्रो हुँदैन, त्यस बेला तँमा केही विचारहरू आउँछन् जसले तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्छन्। यसले देखाउँछ कि तेरो अवस्था प्रतिकूल हुँदा पनि तेरा केही विचारहरू पवित्र आत्माबाट आउन सक्छन्। जब तँ निष्क्रिय हुन्छस् तब तेरा सबै विचारहरू शैतानद्वारा पठाइएको हुन्छ भन्ने अवस्था पनि होइन; यदि त्यो सत्य हुन्थ्यो भने तँ कहिले सकारात्मक अवस्थामा रूपान्तरित हुन सक्षम हुनेथिइस्? केही समयसम्म निष्क्रिय भएपछि पवित्र आत्माले तँलाई सिद्ध बन्ने मौका दिनुहुन्छ; उहाँले तँलाई छुनुहुन्छ र तँलाई तेरो निष्क्रिय अवस्थाबाट बाहिर निकाल्नुहुन्छ।

पवित्र आत्माको काम के हो र शैतानको काम के हो भनी जानेपछि तैंले यिनलाई आफ्ना अनुभवहरूको अवधिमा तेरो आफ्नै अवस्थासँग तुलना गर्न सक्छस्, र तेरा आफ्नै अनुभवहरूसँग तुलना गर्न सक्छस्, र यसरी तेरा अनुभवहरूमा भएका सिद्धान्तहरूसित सम्बन्धित धेरैवटा सत्यताहरू हुनेछन्। सिद्धान्तको बारेमा यी सत्यताहरू बुझिसकेपछि, तँ आफ्नो वास्तविक अवस्थामा निपुण हुन सक्नेछस्, तैँले मानिसहरू र घटनाहरूबीच भिन्नता छुट्ट्याउन सक्नेछस्, र तैंले पवित्र आत्माको काम प्राप्त गर्न यति धेरै प्रयास लगाउनुपर्नेछैन। अवश्य पनि यो कुरा तेरो सही हुने अभिप्रेरणामा अनि तेरो खोज र अभ्यास गर्ने इच्छामा निर्भर गर्दछ। यो जस्तो भाषा—सिद्धान्तहरूसँग सम्बन्धित भाषा—तेरा अनुभवहरूमा मुख्य रूपमा देखिनुपर्छ। योबिना तेरा अनुभवहरू शैतान र मूर्ख ज्ञानको हस्तक्षेपले भरिएको हुनेछ। यदि तैंले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने कुरा बुझ्दैनस् भने तैंले कसरी प्रवेश गर्ने भनी बुझ्दैनस्, र यदि तैंले शैतानले कसरी काम गर्छ भनी बुझ्दैनस् भने, तैंले आफूले चाल्ने प्रत्येक कदममा कसरी होसियार हुनुपर्छ भनी बुझ्दैनस्। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ र शैतानले कसरी काम गर्छ भन्ने दुवै कुरा मानिसहरूले बुझ्नुपर्दछ; यी दुवै मानिसहरूका अनुभवहरूको अत्यावश्यक भाग हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२८

सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ४६

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। आहा, सर्वशक्तिमान्...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४६

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४५

परमेश्‍वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्