परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४४

एक व्यक्तिले आत्माका सबै विवरणहरू कसरी बुझ्छ? पवित्र आत्माले मानिसमा कसरी काम गर्नुहुन्छ? शैतानले मानिसमा कसरी काम गर्छ? दुष्टात्माहरूले मानिसमा कसरी काम गर्छन्? प्रकटीकरणहरू के-के हुन्? जब तँलाई केही हुन्छ, के त्यो पवित्र आत्माबाट आउँछ, र तैंले त्यसलाई पालन गर्नुपर्छ वा अस्वीकार गर्नुपर्छ? मानिसहरूको वास्तविक व्यवहारमा, मानवीय इच्छाबाट धेरै कुराहरू उत्पन्न हुन्छन्, जुन मानिसहरूले सधैं पवित्र आत्माबाट आएका हुन् भनी विश्‍वास गर्दछन्। केही कुराहरू दुष्टात्माहरूबाट आएका हुन्छन्, तर अझै पनि मानिसहरूले ती पवित्र आत्माबाट आएका हुन् भनी सोच्छन्, र कहिलेकाहीँ पवित्र आत्माले मानिसहरूलाई भित्रैबाट मार्गदर्शन गर्नुहुन्छ, तर मानिसहरू त्यस्तो मार्गदर्शन शैतानबाट आएको हो भनी सोचेर डराउँछन् र त्यो पालन गर्ने हिम्मत गर्दैनन्, जबकि वास्तवमा उक्त मार्गदर्शन पवित्र आत्माको अन्तर्दृष्टि हो। यसैले, जबसम्म कसैले भिन्नता अभ्यास गर्दैन, तबसम्म कसैले पनि आफ्नो दृष्टिकोणबाट व्यावहारिक अनुभव गर्ने कुनै उपाय हुँदैन; भिन्नताबिना जीवन प्राप्त गर्ने कुनै उपाय हुँदैन। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ? दुष्टात्माहरूले कसरी काम गर्छन्? मानिसको इच्छाबाट के आउँछ? अनि पवित्र आत्माको मार्गदर्शन र अन्तर्दृष्टिबाट के जन्मन्छ? यदि तैंले मानिसभित्र पवित्र आत्माले गर्नुहुने कामको ढाँचा बुझिस् भने तेरो दैनिक जीवन र तेरा व्यावहारिक अनुभवहरूमा तैँले आफ्नो ज्ञान बढाउन र भिन्नताहरू छुट्ट्याउन सक्नेछस्; तैँले परमेश्‍वरलाई चिन्नेछस्, तैँले शैतानलाई बुझ्न र चिन्न सक्नेछस्; तेरो आज्ञाकारिता वा खोजमा तँ अलमलमा पर्नेछैनस्, र तँ त्यस्तो व्यक्ति हुनेछस् जसको विचार स्पष्ट हुन्छ, जसले पवित्र आत्माको कामलाई पालन गर्छ।

पवित्र आत्माको काम सक्रिय मार्गदर्शन र सकारात्मक अन्तर्दृष्टिको एक रूप हो। यसले मानिसहरूलाई निष्क्रिय हुन दिँदैन। यसले तिनीहरूलाई सान्त्वना दिन्छ, विश्‍वास र सङ्कल्प दिन्छ, र तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको कुराको पछि लाग्न सक्ने बनाउँछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू सक्रिय रूपमा प्रवेश गर्न सक्षम हुन्छन्; तिनीहरू निष्क्रिय वा बाध्य हुँदैनन्, बरु आफ्नै पहलमा काम गर्दछन्। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब मानिसहरू खुशी र इच्छुक हुन्छन्, आज्ञापालन गर्न इच्छुक र आफूलाई नम्र बनाउँदा खुशी हुन्छन्। तिनीहरू भित्रबाट दु:खित र कमजोर भए पनि तिनीहरूमा सहकार्य गर्ने संकल्प हुन्छ; तिनीहरूले खुशीसाथ दुःख भोग्छन्, तिनीहरू आज्ञापालन गर्न सक्षम हुन्छन्, र तिनीहरू मानवीय इच्छाबाट अछुतो हुन्छन्, मानिसका सोचबाट अछुतो हुन्छन्, र निश्चय नै तिनीहरू मानवीय चाहना र अभिप्रेरणाहरूबाट अछुतो हुन्छन्। जब मानिसहरूले पवित्र आत्माको कामको अनुभव गर्छन्, तिनीहरू विशेष गरी भित्रपट्टि पवित्र हुन्छन्। जोसँग पवित्र आत्माको काम हुन्छ तिनीहरू परमेश्‍वरको प्रेममा र आफ्ना भाइ-बहिनीहरूलाई प्रेम गर्दै जिउँछन्; तिनीहरू परमेश्‍वरलाई प्रसन्न पार्ने कुरामा रमाउँछन् र परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्छन्। पवित्र आत्माको कामले छोइएका मानिसहरूमा सामान्य मानवता हुन्छ, र तिनीहरू निरन्तर सत्यको पछि लाग्छन् र मानवता प्राप्त गर्छन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, तब तिनीहरूको अवस्था झनझन राम्रो हुन्छ, र तिनीहरूको मानवता झनझन् सामान्य बन्छ, र तिनीहरूको कुनै-कुनै सहकार्य मूर्खतापूर्ण भए पनि, तिनीहरूको अभिप्रेरणा सही हुन्छ, तिनीहरूको प्रवेश सकारात्मक हुन्छ, तिनीहरूले विध्वंश गर्न खोज्दैनन्, तिनीहरूभित्र कुनै दुर्भावना हुँदैन। पवित्र आत्माको काम सामान्य र वास्तविक हुन्छ, पवित्र आत्माले मानिसमा मानिसको सामान्य जीवनको नियमअनुसार काम गर्नुहुन्छ, र उहाँले सामान्य मानिसहरूको वास्तविक खोजअनुसार मानिसहरूभित्र अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नहुन्छ। जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब उहाँले सामान्य मानिसहरूका आवश्यकताअनुसार मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नहुन्छ। उहाँले तिनीहरूका आवश्यकताअनुसार तिनीहरूका निम्ति प्रबन्ध गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको अभावअनुसार र तिनीहरूका कमी-कमजोरीहरूका आधारमा सकारात्मक रूपले मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नहुन्छ। पवित्र आत्माको काम वास्तविक जीवनमा मानिसहरूलाई मार्गदर्शन र अन्तर्दृष्टि प्रदान गर्नु हो; यदि तिनीहरूले तिनीहरूको वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको अनुभव गर्छन् भने मात्र तिनीहरूले पवित्र आत्माको काम देख्न सक्छन्। यदि तिनीहरूको दैनिक जीवनमा मानिसहरू सकारात्मक अवस्थामा छन् र तिनीहरूको सामान्य आत्मिक जीवन छ भने तिनीहरूमा पवित्र आत्माको काम भएको हुन्छ। त्यस्तो अवस्थामा, जब तिनीहरूले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तब तिनीहरूसँग विश्‍वास हुन्छ; जब तिनीहरू प्रार्थना गर्छन्, तब तिनीहरूले प्रेरणा पाउँछन्; जब तिनीहरूले कुनै कुराको सामना गर्नुपर्ने हुन्छ, तिनीहरू निष्क्रिय बस्दैनन्; र जब घटनाहरू घट्छन्, तब तिनीहरूले ती घटनाहरूबाट जुन पाठ सिकून् भनी परमेश्‍वरले चाहनुभएको हुन्छ त्यो पाठ सिक्छन्। तिनीहरू निष्क्रिय वा कमजोर हुँदैनन्, र तिनीहरूसँग वास्तविक कठिनाइहरू भए पनि तिनीहरू परमेश्‍वरका सबै प्रबन्धहरू पालन गर्न इच्छुक हुन्छन्।

पवित्र आत्माको कामद्वारा के-कस्ता प्रभावहरू पारिएका छन्? तँ मूर्ख हुन सक्छस्, र तँ विवेकरहित हुन सक्छस्, तर पवित्र आत्माले जसरी भए पनि काम गर्नुपर्दछ र तँमा विश्‍वास हुनेछ, र तैँले सधैं परमेश्‍वरलाई पर्याप्त प्रेम गर्न नसकिने रहेछ भनी महसुस गर्नेछस्। तेरो अघि जति नै ठूलो कठिनाइ भए पनि तँ सहकार्य गर्न इच्छुक हुनेछस्। तेरा निम्ति घटनाहरू घट्नेछन् र ती परमेश्‍वरबाट आएका हुन् वा शैतानबाट त्यो तँलाई स्पष्ट हुनेछैन, तर तैँले पर्खन सक्नेछस्, र तँ न त निष्क्रिय न त लापरवाह नै हुनेछस्। यो पवित्र आत्माको सामान्य काम हो। जब पवित्र आत्माले तँभित्र काम गर्नुहुन्छ, तब तैंले अझै पनि वास्तविक कठिनाइहरूको सामना गर्नुपर्दछ: कहिले तैंले आँसु खसाल्नुपर्नेछ, र कहिले यस्ता कुराहरू हुनेछन् जसबाट पार पाउन तैँ सक्षम हुनेछैनस्, तर यो पवित्र आत्माको सामान्य कामको एउटा चरण मात्र हो। तैंले ती कठिनाइहरूबाट पार नपाएको भए पनि, र त्यस बेला तँ कमजोर र गुनासोहरूले भरिएको भए पनि, पछि गएर तँ पूर्ण विश्‍वाससहित परमेश्‍वरलाई प्रेम गर्न सक्ने भइस्। तेरो निष्क्रियताले तँलाई सामान्य अनुभवहरू प्राप्त गर्नुबाट रोक्न सक्दैन, र अरू मानिसले चाहे जे भने पनि, र अरूले तँलाई जसरी आक्रमण गरे पनि, तँ अझै परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छस्। प्रार्थनाको अवधिमा, तैंले विगतमा आफू परमेश्‍वरप्रति धेरै ऋणी भएको महसुस गर्छस्, र तैंले परमेश्‍वरलाई सन्तुष्ट पार्ने र फेरि त्यस्ता कुराहरूको सामना गर्नुपर्दा देहलाई इन्कार गर्ने दृढ् संकल्प गर्छस्। यो शक्तिले पवित्र आत्माको काम तँभित्र रहेको देखाउँदछ। यो पवित्र आत्माको कामको सामान्य अवस्था हो।

शैतानबाट आउने काम के हो? शैतानबाट आउने काममा, मानिसभित्र हुने दर्शनहरू अस्पष्ट हुन्छन्; मानिसहरू सामान्य मानवताबिनाका हुन्छन्, तिनीहरूले गर्ने कामको पछाडिका अभिप्रेरणाहरू गलत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने इच्छा गरे पनि तिनीहरूभित्र सधैं आरोपहरू हुन्छन्, र यी आरोपहरू र विचारहरूले तिनीहरूभित्र निरन्तर हस्तक्षेप गर्छन्, र यसले तिनीहरूको जीवनको विकासलाई अवरुद्ध पार्छ र तिनीहरूलाई सामान्य अवस्थामा परमेश्‍वरको अघि आउनबाट रोक्दछ। भन्नुको तात्पर्य, मानिसहरूभित्र शैतानको काम हुनेबित्तिकै तिनीहरूको हृदय परमेश्‍वरको सामु शान्त हुँदैन। त्यस्ता मानिसहरूलाई आफूले के गर्ने भनेर थाहा हुँदैन—जब तिनीहरूले मानिसहरू भेला भएका देख्छन्, तिनीहरू भाग्न खोज्छन्, र अरूले प्रार्थना गर्दा तिनीहरू आफ्ना आँखाहरू बन्द गर्न सक्दैनन्। दुष्टात्माहरूको कामले मानिस र परमेश्‍वर बीचको सामान्य सम्बन्धलाई नष्ट पार्दछ, र मानिसहरूका पहिलेका दर्शनहरू वा तिनीहरूको पहिलेको जीवन प्रवेश मार्गलाई खल्बल्याउँछ; तिनीहरू आफ्नो हृदयमा कहिल्यै पनि परमेश्‍वरको नजिक हुन सक्दैनन्, र सधैं तिनीहरूलाई बाधा पुर्‍याउने र बन्धनमा पार्ने घटनाहरू घट्छन्। तिनीहरूका हृदयले शान्ति पाउन सक्दैनन् र तिनीहरूमा परमेश्‍वरलाई प्रेम गर्ने शक्ति हुँदैन र तिनीहरूका आत्माहरू डुबिरहेका हुन्छन्। शैतानको कामका प्रकटीकरणहरू यस्तै हुन्छन्। शैतानको कामका प्रकट रूपहरू निम्न छन्ः आफ्नो अडानमा खरो उत्रन र गवाही दिन नसक्नु जसले तँलाई यस्तो व्यक्ति बनाउँछ जो परमेश्‍वरको सामु दोषी हुन्छ र जसको परमेश्‍वरप्रति कुनै बफादारिता हुँदैन। जब शैतानले हस्तक्षेप गर्दछ, तब तैंले आफूभित्र परमेश्‍वरप्रतिको प्रेम र बफादारिता गुमाउँछस्, परमेश्‍वरसित तेरो सामान्य सम्बन्ध टुट्छ, तँ सत्यको पछि लाग्दैनस् वा तैंले आफैलाई सुधार गर्दैनस्; तँ पछि हट्छस् र निष्क्रिय बन्छस्, तँ आफैलाई सन्तुष्ट पार्नतिर लाग्छस्, तैंले पाप फैलाउने लगाम स्वतन्त्र छोड्दिन्छस् र पापलाई घृणा गर्दैनस्; यसबाहेक, शैतानको हस्तक्षेपले तँलाई दुराचारी बनाउँछ; यसले तँभित्रको परमेश्‍वरको छुवाइलाई हटाउँछ, र तँलाई परमेश्‍वरको बारेमा गुनासो गर्ने र उहाँको विरोध गर्ने बनाउँछ, र तँलाई परमेश्‍वरमा शङ्का गर्ने बनाउँछ; तैंले परमेश्‍वरलाई त्याग्ने खतरा पनि हुन्छ। यी सबै शैतानबाट आउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१७

मानिस अहिलेसम्म अन्धकारको प्रभावको कवचमुनि जिएको छ, शैतानको प्रभावको बन्धनमा परेको छ, उम्‍कनलाई असमर्थ छ, र उसको स्वभाव शैतानद्वारा संचालित...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७०

परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८९

सृष्टिकर्ताले सृष्टिका सबै प्राणीहरूको प्रबन्ध मिलाउने इच्छा गर्नुहुन्छ। उहाँले गर्ने कुनै कुरालाई तैँले परित्याग गर्नु वा अवज्ञा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्