परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४०

जब तिमीहरूले थोरै बाधा वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र तिनीहरूको स्वभाव परिवर्तन गर्न पनि त्यत्तिकै कठिन छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई जित्‍न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई स्वर्गको उचाइ र पृथ्वीको गहिराइको बारेमा केही पनि थाहा हुँदैनथ्यो, तिमीहरू कहाँ जाँदै छौ भन्‍ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्‍ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्ता परमप्रभुलाई कसरी चिन्‍न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति भ्रष्ट हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पितापुर्खा” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। तिमीहरूजस्ता मानिसहरू यदि कुनै पनि हस्तक्षेप वा बाधाविना पछि लाग्छौ र आज्ञापालन गर्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (६)

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९६

अर्को विषय सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ। हामीले भर्खरै सेवाकर्ताहरूको उत्पत्तिको बारेमा कुरा गर्‍यौं; अर्थात्,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२७

सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१३

यदि मानिसहरूले मानव जीवनको सही मार्ग र मानवजातिका निम्ति परमेश्‍वरको व्यवस्थापन योजनाको उद्देश्य साँचो र स्पष्ट रूपमा देख्‍न सके भने,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३९

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्