परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५८
धेरै चाँडो, मेरो काम सकिनेछ र धेरै वर्षहरूको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्न रूपमा मेरा वचनहरू दोहोर्याएको छु र मेरो नयाँ...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यसभन्दा पहिले, पवित्र आत्माको उपस्थिति हुनु र पवित्र आत्माको काम हुनु फरक-फरक कुरा हो भनेर भनिएको थियो। पवित्र आत्माको उपस्थिति हुनुको सामान्य अवस्था सामान्य विचारहरू, सामान्य विवेक र सामान्य मानवतामा प्रकट हुन्छ। व्यक्तिको चरित्र पहिले जस्तो थियो त्यस्तै रहनेछ, तर तिनीहरूभित्र शान्ति हुनेछ, र बाहिरी रूपमा तिनीहरूमा सन्तको शिष्टता हुनेछ। पवित्र आत्मा तिनीहरूसँग हुनुहुँदा तिनीहरू यस्तै हुनेछन्। जब कसैसँग पवित्र आत्माको उपस्थिति हुन्छ, तिनीहरूको सोचविचार सामान्य हुन्छ। जब तिनीहरू भोकाउँछन् तब तिनीहरू खान चाहन्छन्, जब तिनीहरू तिर्खाउँछन् तिनीहरू पानी पिउन चाहन्छन्। … यस प्रकारको सामान्य मानवताको प्रकटीकरणहरू पवित्र आत्माको अन्तर्दृष्टि होइन; ती त पवित्र आत्माको उपस्थितिमा हुने मानिसहरूका सामान्य सोचाइ र सामान्य स्थिति हुन्। कतिपय मानिसहरूले गलत रूपमा के विश्वास गर्छन् भने, जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरू भोकाउँदैनन्, तिनीहरू थाक्दैनन्, र तिनीहरूले आफ्नो परिवारको बारेमा सोच्दैनन्, आफैलाई देहबाट पूर्ण रूपले अलग गरेका हुन्छन्। वास्तवमा, मानिसहरूसँग पवित्र आत्मा जति धेरै रहनुहुन्छ, उनीहरू त्यति नै सामान्य हुन्छन्। तिनीहरू परमेश्वरको लागि दुःख भोग्न र काम-कुराहरूलाई त्याग्न, आफैलाई परमेश्वरको निम्ति अर्पण गर्न, र परमेश्वरप्रति बफादार हुन जान्दछन्; त्यसबाहेक, तिनीहरूले खाना र लुगाफाटोको बारेमा पनि विचार गर्छन्। अर्को शब्दमा भन्दा, मानिसहरूमा हुनुपर्ने र हुने सामान्य मानवतालाई तिनीहरूले अलिकति पनि गुमाएका हुँदैनन्, बरु तिनीहरूमा खास तर्कशक्ति हुन्छ। कहिलेकहीँ तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन् र परमेश्वरको कामको बारेमा चिन्तन गर्दछन्; तिनीहरूका हृदयमा विश्वास हुन्छ र तिनीहरू सत्यको पछि लाग्न इच्छुक हुन्छन्। स्वाभाविक रूपमा, पवित्र आत्माको काम यही जगमा आधारित हुन्छ। यदि मानिसहरूमा सामान्य सोचविचार छैन भने, तिनीहरूमा कुनै तर्कशक्ति हुँदैन—यो सामान्य अवस्था होइन। जब मानिसहरूमा सामान्य सोचविचार हुन्छ र पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ, तिनीहरूमा अवश्य नै सामान्य मानिसको तर्कशक्ति हुन्छ, त्यसैले तिनीहरूसँग सामान्य अवस्था हुन्छ। परमेश्वरको कामको अनुभव गर्दा, पवित्र आत्माको काम कहिलेकहीँ प्राप्त हुन्छ, जबकि पवित्र आत्माको उपस्थिति प्रायः निरन्तर रहिरहन्छ। जबसम्म मानिसहरूको तर्कशक्ति र सोचविचार सामान्य हुन्छ, र जबसम्म तिनीहरूको अवस्था सामान्य हुन्छ, तबसम्म पवित्र आत्मा अवश्य नै तिनीहरूको साथमा रहनुहुन्छ। जब मानिसहरूका तर्कशक्ति र सोचविचार सामान्य हुँदैनन्, तब तिनीहरूको मानवता सामान्य हुँदैन। यदि यस क्षणमा, तँमा पवित्र आत्माको काम छ भने, पवित्र आत्मा निश्चय नै तँसँग हुनुहुनेछ। तर यदि पवित्र आत्मा तँसँग हुनुहुन्छ भने, यसले पवित्र आत्माले तँभित्र अवश्य नै काम गरिरहनुभएको छ भन्ने जनाउँदैन, किनकि पवित्र आत्माले विशेष समयहरूमा काम गर्नुहुन्छ। पवित्र आत्माको उपस्थिति प्राप्त गर्नुले मानिसको सामान्य अस्तित्वलाई मात्रै कायम राख्न सक्छ, तर पवित्र आत्माले निश्चित समयहरूमा मात्र काम गर्नुहुन्छ। उदाहरणका लागि, यदि तँ एक अगुवा वा सेवक होस् भने, जब तँ मण्डलीको लागि पानी हाल्छस् वा भरणपोषण गर्छस्, तब पवित्र आत्माले तँलाई केही वचनहरूको प्रकाश दिनुहुनेछ जुन अरूलाई निर्माण गर्ने किसिमको हुन्छ र त्यसले तेरा दाजुभाइ-दिदीबहिनीहरूका केही व्यावहारिक समस्याहरूलाई समाधान गर्न सक्छ—त्यस्तो समयमा पवित्र आत्माले काम गरिरहनुभएको हुन्छ। कहिलेकहीँ, जब तैँले परमेश्वरका वचनहरू खाइरहेको र पिइरहेको हुन्छस्, त्यस बेला पवित्र आत्माले तँलाई निश्चित वचनहरूको प्रकाश दिनुहुन्छ जुन तेरो आफ्नै अनुभवहरूसित सान्दर्भिक हुन्छन्, अनि त्यसले तँलाई आफ्नै अवस्थाको बारेमा अझ ठूलो ज्ञान दिन्छ; यो पनि पवित्र आत्माको काम नै हो। कहिलेकहीँ, जब म बोल्छु, तिमीहरू सुन्छौ र मेरो वचनहरूको आधारमा तिमीहरूको आफ्नै अवस्थालाई मापन गर्न सक्छौ, र कहिलेकहीँ तँ प्रभावित वा उत्प्रेरित हुन्छस्; यो सबै पवित्र आत्माको काम नै हो। कतिपय मानिसहरू पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ भनी भन्छन्। यो असम्भव छ। यदि तिनीहरूले पवित्र आत्मा सधैँ उनीहरूको साथमा हुनुहुन्छ भनी भन्छन् भने त्यो यथार्थ परक हुनेथियो। यदि तिनीहरूले आफ्ना सोचविचार र चेतना सधैँ सामान्य छन् भनी भन्छन् भने त्यो पनि यथार्थ परक हुनेछ र त्यसले पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्छ भनी देखाउनेथियो। यदि पवित्र आत्माले तिनीहरूमा सधैँ काम गरिरहनुभएको छ, तिनीहरूले परमेश्वरबाट अन्तर्दृष्टि पाएका छन् र प्रत्येक क्षण पवित्र आत्माद्वारा छोइएका छन् र हरसमय नयाँ ज्ञान प्राप्त गर्दछन् भनी भन्छन् भने, त्यो कुनै पनि हालतमा सामान्य कुरा होइन! यो पूर्ण रूपमा अलौकिक हो! त्यस्ता मानिसहरू दुष्टात्माहरू हुन् भन्नेमा कुनै शङ्का छैन! परमेश्वरका आत्मा देहमा आउनुहुँदा समेत, कहिलेकहीँ उहाँले खानु र विश्राम गर्नुपर्दछ भने—मानिसको बारेमा त झन् केही नभने हुन्छ। दुष्ट आत्माहरूद्वारा ग्रस्त मानिसहरूमा देहको कुनै कमजोरी नभएको जस्तो देखिन्छ। तिनीहरूले सबै थोक छोड्न र त्याग्न सक्छन्, तिनीहरू भावनाबाट मुक्त हुन्छन्, यातना सहन सक्ने हुन्छन् र अलिकति पनि थकान महसुस गर्दैनन्, मानौं तिनीहरूले शरीरलाई पार गरिसकेका छन्। के यो अत्यन्त अलौकिक होइन र? दुष्टात्माहरूको काम अलौकिक हुन्छ—कुनै पनि मानिसले त्यस्तो कुरा हासिल गर्न सक्दैन! विवेकको कमी हुनेहरू त्यस्ता मानिसहरूलाई देख्दा ईर्ष्यालु हुन्छन्: परमेश्वरमाथिको आफ्नो विश्वासमा तिनीहरूसित जोश छ, ठूलो विश्वास छ भनी तिनीहरू भन्छन्, र कमजोरीको सानोभन्दा सानो चिन्ह समेत कहिल्यै देखाउँदैनन्! वास्तवमा ती सबै दुष्ट आत्माको कामका प्रकटीकरणहरू हुन्। किनकि, सामान्य मानिसहरूसित अपरिहार्य रूपमा नै मानवीय कमजोरीहरू हुन्छन्; जोसँग पवित्र आत्माको उपस्थिति हुन्छ तिनीहरूमा हुने सामान्य अवस्था यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (४)
धेरै चाँडो, मेरो काम सकिनेछ र धेरै वर्षहरूको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्न रूपमा मेरा वचनहरू दोहोर्याएको छु र मेरो नयाँ...
पाँच प्रकारका मानिसहरू म परमेश्वरका अनुयायीहरूलाई परमेश्वरसम्बन्धी तिनीहरूको बुझाइ र उहाँको धर्मी स्वभावसम्बन्धी तिनीहरूको बुझाइ र...
बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको...
परमेश्वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्वरले यावत् थोक सृष्टि...