परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२९

तैंले परमेश्‍वरका वचनहरू पक्डेको छस् अनि निर्लज्ज भई तिनको व्याख्या गर्न सक्छस् भन्दैमा त्यसको अर्थ तैंले वास्तविकता धारण गरेको छस् भन्ने हुँदैन; यी कुराहरू तैंले कल्पना गरेजस्तो सरल छैनन्। तैंले सत्यता धारण गरेको छस् कि छैन भन्‍ने कुरा तैंले जे भन्छस् त्यसमा आधारित हुँदैन; बरु तैंले जे जिउँछस् त्यस कुरामा आधारित हुन्छ। जब परमेश्‍वरका वचनहरू तेरो जीवन र तेरो प्राकृतिक अभिव्यक्ति बन्छन् तब मात्र तँसँग वास्तविकता छ भन्न सकिन्छ, र मात्र तैंले साँचो बुझाइ र वास्तविक कद प्राप्त गरेको मान्न सकिन्छ। तैँले लामो समयसम्म परीक्षाको सामना गर्न सक्‍नुपर्छ, र तँ परमेश्‍वरले माग गर्नुभएको स्वरूपमा जिउन सक्षम हुनुपर्दछ। यो शारीरिक स्थिति मात्र हुनु हुँदैन; यो तँबाट प्राकृतिक रूपमा बग्नुपर्छ। तब मात्र तैंले साँच्चै वास्तविकता धारण गर्नेछस्, तब मात्र तैंले जीवन प्राप्त गरेको हुनेछस्। म सेवाकर्ताहरूको परीक्षाको उदाहरण प्रयोग गर्छु, जसको बारेमा सबै परिचित छन्: सेवाकर्ताहरूको बारेमा कसैले पनि उच्च सिद्धान्तहरू प्रदान गर्न सक्छ, र सबैसँग त्यस विषयको उचित ज्ञान हुन्छ; तिनीहरू यस विषयमा कुरा गर्छन् र प्रत्येक भाषण पछिल्लोभन्दा उत्तम हुन्छ, मानौं यो एक प्रतिस्पर्धा हो। तैपनि, यदि मानिस ठूलो परीक्षाबाट भएर गएको छैन भने ऊसित राम्रो साक्षी छ भन्नु कठिन हुन्छ। संक्षेपमा, मानिस जियाइको अझै पनि कमी छ, उसको बझाइको पूर्ण विपरीत छ। त्यसकारण, यो अझै मानिसको वास्तविक कद बन्‍न बाँकी नै छ, र यो अझै मानिसको जीवन बनेको छैन। मानिसको समझलाई वास्तविकतामा ल्याइएको छैन, त्यसकारण उसको कद अझै पनि बालुवामा बनेको किल्ला जस्तो हुन्छ, अस्थिर र ढल्न लागेको हुन्छ। मानिससँग यथार्थ एकदम थोरै छ; मानिसमा कुनै पनि वास्तविकता पाउन लगभग असम्भव छ। मानिसबाट स्वाभाविक रूपले बगिरहेको वास्तविकता एकदम थोरै छ, र तिनीहरू जिइरहेका सबै वास्तविकतामा करकापले गर्दा हो। यही कारणले गर्दा म भन्छु मानिससँग कुनै वास्तविकता छैन। मानिसहरू परमेश्‍वरप्रतिको उनीहरूको प्रेम कहिल्यै परिवर्तन हुँदैनन् भन्ने दाबी गर्दछन्, तर तिनीहरूले कुनै पनि परीक्षाको सामना गर्नु अघि भन्‍ने कुरा मात्रै हो। जब एक दिन उनीहरूले अचानक परीक्षाहरूको सामना गर्नुपर्दछ, उनीहरूले बोलेका कुराहरू फेरि वास्तविकतासँग अमिल्दा हुन्छन्, र यसले फेरि पनि मानिसमा कुनै वास्तविकता छैन भन्‍ने प्रमाणित गर्नेछ। यो भन्न सकिन्छ कि जब तँ यस्तो थोक भेट्टाउँछस् जुन तेरो धारणासँग मिल्दैन र जसले गर्दा तैंले आफैलाई अलग राख्नु आवश्यक हुँदछ, ती थोकहरू तेरा परीक्षाहरू हुन्। परमेश्‍वरको इच्छा प्रकट हुनुभन्दा अघि, सबै जना कठोर जाँच र अथाह परीक्षाबाट भएर जान्छन्। के तँ यो बुझ्न सक्छस्? जब परमेश्‍वर मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ, तब उहाँले सधैँ वास्तविक सत्यता प्रकट हुनुभन्दा अघि उनीहरूलाई आफ्नो निर्णय गर्ने अनुमति दिनुहुन्छ। यसको अर्थ के हो भने, जब परमेश्‍वरले मानिसलाई परीक्षाहरूमा पर्न दिनुहुन्छ, उहाँले तँलाई कहिल्यै पनि सत्यता बताउनुहुन्न; यही तरिकाद्वारा मानिसहरूलाई खुलासा गरिन्छ। तैंले आजका परमेश्‍वरलाई चिन्छस् कि चिन्दैनस्, साथै तँमा कुनै वास्तविकता छ कि छैन भनी हेर्नका लागि परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका यही हो। के तँ परमेश्‍वरको कामको सम्बन्धमा साँच्‍चै शङ्का मुक्त छस्? तँमाथि ठूलो परीक्षा आइपर्दा के तँ साँच्चै दृढ भएर खडा हुन सक्‍नेछस्? कसले यसो भन्ने साहस गर्छ, “कुनै समस्या हुनेछैन भनेर म सुनिश्‍चितता दिन्छु”? “अरूलाई शङ्का लाग्ला, तर म कहिल्यै शङ्का गर्दिनँ” भनी कसले ठोकुवा गर्न सक्छ? यो ठीक त्यस्तै हो जब पत्रुसले परीक्षाहरूको सामना गर्नु परेको थियो: सत्य प्रकट हुनुअघि तिनले जहिले पनि घमण्ड गर्थे। यो पत्रुसमा मात्र भएको विशेष व्यक्तिगत त्रुटि होइन; यो वर्तमानमा सबै मानिसले सामना गरिरहेका सबैभन्दा ठूलो कठिनाइ हो। यदि म केही ठाउँमा भ्रमण गर्न गएँ वा आजको परमेश्‍वरको कामको बारेमा तिमीहरूको बुझाइ के रहेछ भनी हेर्न केही भाइ-बहिनीहरूलाई भेट्न गएँ भने, तब निश्‍चित रूपले तिमीहरू आफ्नो ज्ञानको बारेमा धेरै कुरा भन्न सक्छौ, र तिमीहरूमा कुनै पनि प्रकारको शङ्का छैन जस्तो देखिन सक्छ। यदि मैले तँलाई, “आजको काम परमेश्‍वर आफैले गर्नुभएको हो भनी के तैँले निर्धारण गर्न सक्छस्? के कुनै शङ्काविना त्यसो गर्न सक्छस्?” भनी सोधेँ भने, तैँले निश्‍चय नै यो जबाफ दिनेछस्, “कुनै पनि प्रकारको शङ्का छैन कि यो परमेश्‍वरका आत्माले गर्नुभएको काम हो।” तैंले यस्तो जबाफ दिइसकेपछि, तैँले निश्‍चित रूपमा रत्तीभर पनि शङ्का गर्दैनस्, र तैंले थोरै वास्तविकता प्राप्त गरेको ठान्दै तैँले केही आनन्दको अनुभव पनि गर्नेछस्। यस तरिकाले स्थितिहरूलाई बुझ्‍ने प्रवृत्ति भएका मानिसहरू थोरै वास्तविकता भएका मानिसहरू हुन्; व्यक्तिले त्यो पाएको छु भनी जति बढी सोच्छ, परीक्षाहरू आउँदा ऊ उत्ति नै कम खडा हुन सक्छ। ती अहङ्कारी र हठीहरूलाई धिक्कार, र तिनीहरूलाई धिक्कार, जसलाई आफ्‍नो बारेमा कुनै ज्ञान छैन। त्यस्ता व्यक्तिहरू कुरा गर्नमा पोख्त हुन्छन्, तैपनि उनीहरूको कुरालाई व्यवहारमा लागू गर्दा सबैभन्दा नराम्रो तरिकाले गर्छन्। समस्याको सानो सङ्केत देख्दा, यी मानिसहरूले शङ्का गर्न थाल्छन्, र तिनीहरूको मनमा छोडेर जाने विचार आउँछ। तिनीहरूसँग कुनै वास्तविकता हुँदैन; तिनीहरूसँग धर्मभन्दा माथिका सिद्धान्तहरू मात्र हुन्छ, जसमा परमेश्‍वरले अहिले चाहनुभएको कुनै वास्तविकता हुँदैन। कुनै पनि वास्तविकताविना नै सिद्धान्तहरूको कुरा मात्र गर्नेहरूलाई म सबैभन्दा बढी घृणा गर्छु। तिनीहरू आफ्नो काम गर्दा ठूलो स्वोर कराउँछन्, तर वास्तविकताको सामना गर्न साथै तिनीहरू चकनाचूर हुन्छन्। के यसले ती मानिसहरूमा कुनै वास्तविकता छैन भन्‍ने देखाउँदैन र? बतास र छालहरू जतिसुकै उग्र भए पनि, यदि तँ आफ्नो मनमा रत्तीभर शङ्का नगरी खडा रहन सक्छस्, र अरू कोही बाँकी नभए पनि तँचाहिँ दृढ भएर खडा रहन र इन्कार नगरी रहन सक्छस् भने, तँलाई वास्तविक बुझाइ भएको र सच्‍चा रूपमा वास्तविकता भएको व्यक्ति मानिनेछ। यदि तँ जता बतास बहन्छ त्यतैतिर मोडिन्छस् भने—यदि तँ बहुमतलाई पछ्याउँछस्, र सुगाजस्तो अरूको बोलीलाई रट्न सिक्छस् भने—तँ जति नै प्रभावशाली रूपमा बोल्ने भए पनि, त्यो तँमा वास्तविकता छ भन्ने कुराको प्रमाण हुँदैन। त्यसकारण, म सुझाव दिन्छु कि तँ खोक्रा शब्दहरू चिच्याउन हतार नगर्। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भन्‍ने के तँलाई थाहा छ? अर्को पत्रुसजस्तो व्यवहार नगर्, नत्र तैँले आफैमाथि सर्म ल्याउनेछस् र आफ्नो शिर उच्च पार्ने क्षमता गुमाउनेछस्; त्यसले कसैको कुनै भलाइ गर्दैन। धेरैजसो मानिसमा कुनै वास्तविक कद हुँदैन। परमेश्‍वरले धेरै काम गर्नुभएको भए तापनि, उहाँले वास्तविकतालाई तल मानिसहरूमा ल्याउनुभएको छैन; स्पष्ट भन्ने हो भने, उहाँले व्यक्तिगत रूपमा कसैलाई कहिल्यै सजाय दिनुभएको छैन। केही मानिसहरू यस्ता परीक्षाहरूद्वारा उदाङ्गो भएका छन् जसका पापी हातहरू परमेश्‍वरबाट अझ उत्तम थोक पाउन सकिन्छ, आफूले चाहेको जे पनि गर्न सकिन्छ भनी सोच्दै टाढा र टाढासम्म पुर्‍याउँछन्। तिनीहरूले यस प्रकारका परीक्षाहरूको समेत सामना गर्न नसक्ने भएकोले, अझ चुनौतीपूर्ण परीक्षाहरू त वास्तविकता धारण गर्नु जस्तै नै, उनीहरूको पहुँचदेखि बाहिरका कुरा हुन्छन्। के तिनीहरूले परमेश्‍वरलाई मूर्ख बनाउने मात्रै कोसिस गरिरहेका छैनन् र? वास्तविकता धारण गर्नु भनेको कुनै यस्तो कुरा होइन जुन बहाना बनाएर देखाउन सकिन्छ, न त वास्तविकता कुनै त्यस्तो थोक हो जसलाई जानेपछि प्राप्त गर्न सकिन्छ। यो तेरो वास्तविक कदमा, साथै तैँले सबै परीक्षाहरूको सामना गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। के तैले बुझिस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४७

अय्यूबले आफ्नो जन्मदिनलाई सराप्छन्, किनकि तिनी आफूबाट परमेश्‍वरलाई कष्ट पुगेको चाहँदैनन् म बारम्बार भन्छु कि परमेश्‍वरले मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८५

मेरा वचनहरू कठोर हुन सक्छन्, तापनि ती सबै मानिसका मुक्तिका लागि भनिएका छन्, किनकि म केवल वचनहरू मात्र बोल्दैछु र मानिसको देहलाई दण्ड...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५७

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२८

सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन् मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्