परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १६०
परमेश्वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
धेरै मानिसहरूले अभ्यासको बारेमा थोरै कुरा गर्न सक्दछन् र उनीहरू आफ्ना व्यक्तिगत प्रभावहरूको बारेमा कुरा गर्न सक्छन्, तर त्यसको अधिकांश भाग अरूको वचनहरूबाट प्राप्त ज्ञान हुन्छन्। त्यसमा उनीहरूको व्यक्तिगत अभ्यासको कुनै पनि कुरा समावेश भएको हुँदैन, न त त्यसमा उनीहरूले आफ्ना अनुभवहरूबाट देख्ने कुराहरू नै समावेश हुन्छ। मैले पहिले नै यस विषयको विश्लेषण गरिसकेको छु; मलाई केही पनि थाहा छैन भनी नसोच्। तँ त हेर्दाको डाल मात्र होस्, तैपनि तँ शैतानलाई जित्ने, विजयी गवाहीहरू दिने, र परमेश्वरको स्वरूपमा जिउने कुरा गर्छस्? यो व्यर्थ छन्! के आज परमेश्वरले बोल्नुभएका सबै वचनहरू तैँले सराहना गर्नका लागि हुन् भन्ने ठान्छस्? तेरो मुखले तेरो पुरानो स्वभाव त्याग्ने र सत्यको अभ्यास गर्ने कुरा गर्दछ, तर तेरा हातहरूले अन्य काम गरिरहेका हुन्छन् र तेरो हृदयले अन्य योजनाहरू बनाइरहेको हुन्छ—तँ कस्तो किसिमको व्यक्ति होस्? तेरो हृदय र तेरा हातहरू किन एउटै र उस्तै प्रकारका छैनन्? त्यति धेरै प्रचार केवल खोक्रा वचनहरू बनेका छन्; के यो हृदय दुखाउने कुरा होइन र? यदि तँ परमेश्वरको वचनलाई अभ्यास गर्न सक्दैनस् भने, त्यसले तँ अझसम्म पवित्र आत्माले काम गर्नुहुने मार्गमा प्रवेश गरेको छैनस्, तैँले अझै आफूभित्र पवित्र आत्माको काम प्राप्त गरेको छैनस्, र तैँले अझै उहाँको अगुवाइ पाएको छैनस् भन्ने प्रमाणित गर्दछ। यदि तैँले परमेश्वरको वचन बुझ्न मात्र सक्छु, तर तिनलाई अभ्यास गर्न सक्दिनँ भनी भन्छस् भने, तँ सत्यतालाई प्रेम नगर्ने व्यक्ति होस्। परमेश्वर यस किसिमको मानिसलाई मुक्ति दिन आउनुहुन्न। पापीहरूलाई बचाउन, गरिबहरूलाई बचाउन र ती सबै नम्र मानिसहरूलाई बचाउन क्रूसमा टाँगिने क्रममा येशूले ठूलो कष्ट भोग्नुभयो। उहाँको क्रूसीकरण पापबलि बन्यो। यदि तैँले परमेश्वरको वचन अभ्यास गर्न सक्दैनस् भने तँ जति सक्दो चाँडो छोडेर गइहाल्नुपर्छ; परमेश्वरको घरमा सित्तैँमा भोगचलन गर्ने व्यक्ति बनेर बसी नराख्। स्पष्ट रूपमा परमेश्वरको विरोधमा रहेको काम गर्नबाट आफूलाई रोक्न समेत धेरै जना मानिसहरूलाई कठिन हुन्छ। के तिनीहरूले मृत्युको माग गरिरहेका हुँदैनन् र? तिनीहरूले परमेश्वरको राज्यमा प्रवेश गर्ने कुरा कसरी गर्न सक्छन्? के तिनीहरूसँग परमेश्वरको अनुहार हेर्ने साहस हुन्छ? परमेश्वरले तेरो निम्ति जुटाउनुहुने भोजन खान्छस्, अनि परमेश्वरले तँलाई दिनुहुने आशिषहरू उपभोग गर्न उहाँले तँलाई अनुमति दिइरहनुभएको बेला समेत, परमेश्वरको विरोध हुने कुटिल कामहरू गर्दछस्, द्वेषपूर्ण, कपटी बन्छस् र षडयन्त्र गर्छस्—के ती प्राप्त गर्दा तँलाई तेरा हातहरू पोलेको महसुस गर्दैनस्? के तैँले तेरो अनुहार रातो भएको महसुस गर्दैनस्? परमेश्वरको विरुद्धमा केही गरेपछि, “अटेरी हुने” योजनाहरू अगाडि बढाएपछि, के तँ भयभीत हुँदैनस्? यदि तैँले केही पनि महसुस गर्दैनस् भने, तैँले कसरी कुनै पनि भविष्यको कुरा गर्नसक्छस्? धेरै पहिलेबाटै तेरो लागि कुनै भविष्य थिएन, त्यसैले तैँले अझै कुन ठूलो आशा गर्न सक्छस् र? यदि तैँले कुनै लाजमर्दो कुरा भन्छस् र पनि धिक्कार महसुस ग गर्दैनस्, र तेरो हृदयमा जागरूकता छैन भने, के त्यसको अर्थ तँलाई परमेश्वरले पहिले नै त्यागिसक्नुभएको छ भन्ने हुँदैन र? अति लापरवाही र अनियन्त्रित भएर बोल्नु र व्यवहार गर्नु तेरो प्रकृति नै बनेको छ; यस्तो प्रकारले परमेश्वरले कहिले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ र? के तँ फेरि संसारमा हिँड्डुल गर्न सक्छस्? तेरो कुरा कसले पत्याउँछ? तेरो वास्तविक प्रकृति जान्नेहरू तँबाट टाढा बस्नेछन्। के यो परमेश्वरको दण्ड होइन र? समग्रमा, यदि कुरा मात्र हुन्छ र अभ्यास हुँदैन भने कुनै वृद्धि हुँदैन। तैँले बोल्दा पवित्र आत्माले तँमा काम गरिरहनुभएको हुनसक्ने भए पनि, यदि तैँले अभ्यास गर्दैनस् भने, पवित्र आत्माले काम गर्न छोड्नुहुनेछ। यदि तँ यसरी नै अघि बढी रहिस् भने, भविष्यको बारेमा वा तेरो सम्पूर्ण अस्तित्व परमेश्वरको काममा दिने बारेमा कसरी कुरा हुन सक्छ? तँ आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्ने कुरा मात्र गर्न सक्छस्, तैपनि तैँले परमेश्वरलाई आफ्नो साँचो प्रेम दिएको छैनस्। उहाँले तँबाट मौखिक भक्ति मात्र प्राप्त गर्नुहुन्छ; तैँले उहाँलाई सत्य अभ्यास गर्ने तेरो अभिप्राय दिएको छैनस्। के यो नै तेरो वास्तविक कद हुन सक्छ? यदि तँ यस्तै रहिरहन्छस् भने, तँलाई परमेश्वरले कहिले सिद्ध बनाउनुहुनेछ? के तँ आफ्नो अन्धकार र निराश भविष्यको लागि चिन्तित छैनस्? के परमेश्वरले तँमा आशा गुमाउनुभएको छ भन्ने तँलाई लाग्दैन? के परमेश्वर अझ धेरै र नयाँ मानिसहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ भन्ने तँलाई थाहा छैन? के पुराना थोकहरू आफै रहिरहन सक्छन्? आज तैँले परमेश्वरको वचनहरूलाई ध्यान दिइरहेको छैनस्: के तँ भोलिको दिन पर्खिरहेको छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्ति पाउने व्यक्ति त्यो हो जो सत्यको अभ्यास गर्न इच्छुक हुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...
अय्यूबले कानद्वारा परमेश्वरको बारेमा सुन्छन् (छनौट गरिएका खण्डहरू) अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई...
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) ३. ध्वनि तेस्रो कुरा के हो? यो पनि मानव...
सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो...