परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५५
मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ। तिमीहरू जति बढी परमेश्वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक संसारका कुराहरलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले “परमेश्वरको वचन जीवन हो” भन्ने वाक्यांश कसरी तिनीहरूका निम्ति वास्तविक हुन्छ त? परमेश्वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्वरको वचनलाई बुझ्नु आवश्यक छ भन्ने तेरो विश्वास हो भने तेरो बुझाइ गलत छ। साँचो प्रकारले परमेश्वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्वरको वचन पढेर तैँले परमेश्वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको आक्षरिक शब्दहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छोडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुनसक्छस् अनि कसैले तँलाई आक्रमण पनि गर्न सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...
किन कार्यका तीन चरणको बारेमा यसरी निरन्तर उल्लेख गर्ने? युगहरू बितेर जाने कार्य, सामाजिक विकास, र प्रकृतिको परिवर्तनशील मुहार यी सबैले...
देहधारी परमेश्वर सधैँभरि मानवसँग बस्न सक्नुहुन्न किनकि परमेश्वरले गर्नुपर्ने अरू धेरै काम छन्। उहाँ शरीरमा बाँधिएर बस्न सक्नुहुन्न,...
परमेश्वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...