परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१९

परमेश्‍वरका वचनहरूमा प्रवेश गर्नका लागि तेरो हृदयलाई उहाँको उपस्थितिमा शान्त गर्नुभन्दा अर्को महत्त्वपूर्ण कदम छैन। यो, वर्तमानमा सबै मानिसहरू तत्कालै प्रवेश गर्नुपर्ने वा सिक्‍नुपर्ने आवश्यक पाठ हो। परमेश्‍वरको अघि तेरो हृदयलाई शान्त पार्ने कुरामा प्रवेश गर्ने मार्गहरू निम्न रहेका छन्:

१. बाहिरी कुराबाट आफ्नो हृदयलाई मुक्त गर्। परमेश्‍वरको अघि शान्त बन्, र उहाँलाई प्रार्थना गर्दा तेरो ध्यान यताउता नडुला।

२. परमेश्‍वर अगाडि तेरो हृदय शान्त राखेर उहाँका वचनहरू खा, पिई र आनन्द उठा।

३. परमेश्‍वरको प्रेमबारे ध्यान र चिन्तन गर् र उहाँको कार्यबारे हृदयमा मनन गर्।

सर्वप्रथम, प्रार्थनाको पक्षबाट सुरु गर्। आफ्नो ध्यान यताउता नडुलाई र निश्चित समयमा प्रार्थना गर्। तँसँग समय जतिसुकै कम भए पनि, तँ काममा जतिसुकै व्यस्त भए पनि, वा तँमाथि जेसुकै आइपरे पनि, हरेक दिन सामान्य रूपमा नै प्रार्थना गर्, र सामान्य रूपमा नै परमेश्‍वरका वचनहरू खा र पिई। परमेश्‍वरका वचनहरू तैँले खाँदा र पिउँदासम्‍म, तेरो परिवेश जेसुकै भए पनि, तैँले तेरो आत्मामा ठूलो आनन्द पाउनेछस्, र तँ तेरो वरिपरिका मानिस, घटना, वा काम-कुराहरूले विचलित हुनेछैनस्। जब तँ परमेश्‍वरलाई आफ्नो हृदयमा सामान्य तरिकाले चिन्तन गर्छस्, बाहिर भइरहेको कुराले तँलाई बाधा दिनेछैन। कद हुनुको अर्थ यही हो। प्रार्थनाबाट सुरु गर्: परमेश्‍वरको अगाडि शान्त भएर प्रार्थना गर्नु नै सबैभन्दा फलदायी हुन्छ। त्यसपछि, परमेश्‍वरका वचनहरू खा र पिई, परमेश्‍वरका वचनहरू मनन गर्दै त्यसमा प्रकाश खोज्, अभ्यासको मार्ग खोज्, परमेश्‍वरले आफ्‍ना वचनहरू बोल्‍नुको उद्देश्य खोज्, र दायाँबायाँ नलागी ती बुझ्। सामान्यतया, बाहिरी कुराहरूबाट विचलित नभई हृदयमा परमेश्‍वरको नजिक आउन, उहाँको प्रेमको चिन्तन गर्न र उहाँका वचनबारे विचार गर्न सक्‍नु तेरो लागि सामान्य हुनुपर्दछ। जब तेरो हृदयले निश्चित मात्रामा शान्ति हासिल गरेको हुन्छ, तेरो परिवेश जस्तोसुकै भए पनि, अन्ततः तेरो हृदय प्रशंसाले नभरिञ्‍जेलसम्म, तँ शान्त भएर ध्यान लगाउन सक्छस् र आफूभित्र परमेश्‍वरको प्रेमको चिन्तन गर्न र साँचो रूपमा उहाँको नजिक जान सक्छस्, र यो प्रार्थनाभन्दा पनि राम्रो हो। त्यसपछि तँसँग निश्‍चित कद हुनेछ। यदि तैँले माथि व्याख्या गरिएका अवस्थाहरू हासिल गर्न सकिस् भने, यो तेरो हृदय परमेश्‍वर अगाडि वास्तवमै शान्त छ भन्ने कुराको प्रमाण हुनेछ। यो प्रथम आधारभूत पाठ हो। मानिसहरू परमेश्‍वर अगाडि शान्त हुन सकेपछि मात्रै तिनीहरूलाई पवित्र आत्माले स्पर्श दिन सक्‍नुहुन्छ, अनि पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिन सक्‍नुहुन्छ, अनि मात्रै तिनीहरूले परमेश्‍वरसँग साँचो सङ्गति गर्न, साथै परमेश्‍वरको इच्छा र पवित्र आत्माको मार्गदर्शन प्राप्‍त गर्न सक्छन्। त्यसपछि तिनीहरू आफ्नो आत्मिक जीवनको सही मार्गमा प्रवेश गरेका हुनेछन्। परमेश्‍वरको अगाडि जिउने तिनीहरूको तालिम जब निश्चित गहिराइमा पुग्छ, र तिनीहरूले आफूलाई त्याग्न, घृणा गर्न, सराप्‍न, र परमेश्‍वरका वचनहरूमा जिउन सक्छन्, तब परमेश्‍वरको अघि तिनीहरूको हृदय साँचो रूपमा शान्तिमा हुन्छ। आफैलाई घृणा गर्न सक्‍नु, आफूलाई सराप्‍न सक्‍नु, र आफैलाई त्याग्‍न सक्‍नु भनेको परमेश्‍वरको कार्यबाट हासिल गर्ने प्रभाव हो, र मानिसहरूले आफ्‍नै प्रयासमा यसो गर्न सक्दैनन्। तसर्थ, परमेश्‍वरको अगाडि हृदयलाई शान्त पार्ने अभ्यास मानिसहरूले तत्कालै प्रवेश गर्नुपर्ने पाठ हो। कतिपय मानिसले परमेश्‍वरको अगाडि आफ्ना हृदयलाई साधारण हिसाबमा शान्त पार्न नसक्ने मात्रै होइन, तर प्रार्थना गर्दा समेत परमेश्‍वरको अघि आफ्ना हृदयलाई शान्त पार्न सक्दैनन्। यो परमेश्‍वरको मापदण्डभन्दा निकै तलको कुरा हो! यदि परमेश्‍वरको अघि तेरो हृदय शान्त हुन सक्दैन भने, के तैँले पवित्र आत्माको स्पर्श प्राप्त गर्न सक्छस्? यदि तँ परमेश्‍वरको अगाडि शान्त हुन नसक्ने मानिस होस् भने, कोही आउँदा अथवा अरूले कुराकानी गर्दा तँ अलमलिने सम्‍भावना हुन्छ, र अरूले काम गर्दा तेरो ध्यान खिचिन सक्छ, जुन अवस्थामा तँ परमेश्‍वरको उपस्थितिमा जिउँदैनस्। यदि तेरो हृदय परमेश्‍वरको अगाडि वास्तवमै शान्त छ भने, बाहिरी दुनियाँमा भइरहेका कुनै पनि कुराले तँलाई बाधा हुनेछैन, वा तँ कुनै पनि व्यक्ति, घटना, वा कुराबाट गाँजिनेछैनस्। यदि तँ यसमा प्रवेश गरेको छस् भने, ती नकारात्मक अवस्था र सबै नकारात्मक कुराहरू—मानव धारणा, जीवन दर्शन, मानिसहरूबीचको असामान्य सम्‍बन्धहरू, अनि उपाय र विचारहरू इत्यादि—स्वतः हराएर जानेछन्। तँ सधैँ परमेश्‍वरका वचनहरूमा चिन्तन गरिरहने भएकोले, र तेरो हृदय सधैँ परमेश्‍वरतर्फ नजिकिरहने हुनाले र सधैँ परमेश्‍वरका वर्तमान वचनहरूले भरिने भएकाले, तैँले थाहै नपाई ती नकारात्मक कुराहरू तँबाट हराएर जानेछन्। जब नयाँ र सकारात्मक कुराहरूले तँलाई भर्छन्, पुराना नकारात्मक कुराहरूको लागि कुनै ठाउँ हुनेछैन, त्यसकारण ती नकारात्मक कुराहरूलाई कुनै ध्यान नदे। तिनीहरूलाई नियन्त्रण गर्नका लागि तैँले कुनै प्रयास गर्नुपर्दैन। तँ परमेश्‍वरको अगाडि शान्त हुने कार्यमा केन्द्रित हुनुपर्छ, तैँले सक्ने जति परमेश्‍वरका वचनहरू खानु, पिउनु, र आनन्द गर्नुपर्छ, तैँले सक्ने जति परमेश्‍वरको प्रशंसाका भजनहरू गाउनुपर्छ, र परमेश्‍वरलाई तँमा काम गर्ने मौका दिनुपर्छ, किनभने अहिले परमेश्‍वरले मानवजातिलाई व्यक्तिगत रूपमा नै सिद्ध बनाउन चाहनुहुन्छ, र उहाँले तेरो हृदय प्राप्‍त गर्न चाहनुहुन्छ; उहाँको आत्माले तेरो हृदयलाई चलाउँछ र यदि, पवित्र आत्माको मार्गदर्शनको अनुसरण गर्दै तँ परमेश्‍वरको उपस्थितिमा जिउन आउँछस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नेछस्। यदि तैँले परमेश्‍वरका वचनहरूमा जिउने कुरामा ध्यान दिइस् र पवित्र आत्मको अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्न सत्यता बारे सङ्गतिमा थप सहभागी भइस् भने, ती धार्मिक धारणा र तेरो आत्म-धर्मी र आत्माभिमानी सबै हराउनेछ, र तैँले परमेश्‍वरका लागि आफूलाई कसरी समर्पित गर्ने, परमेश्‍वरलाई कसरी प्रेम गर्ने, र परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउने भनेर थाहा पाउनेछस्। र तैँले थाहै नपाई, परमेश्‍वरभन्दा बाहिरी कुराहरू तेरो विवेकबाट सम्पूर्ण रूपमा उडेर जानेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७४

५. वायुप्रवाह पाँचौ कुरा के हो? यो कुरा हरेक व्यक्तिको प्रत्येक दिनसँग घनिष्ट रूपमा सम्बन्धित छ। मानव जीवनसँग यसको सम्बन्ध यति नजिक छ कि...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०९

आजको मार्ग हिँड्न सजिलो छैन। यो भन्‍न सकिन्छ कि यो प्राप्त गर्न निकै गाह्रो छ, र युगौंयुगभरि यो अति दुर्लभ रहेको छ। तैपनि, मानिसको देह...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११३

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७५

सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्