परमेश्वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९५
यी सबै थोकहरूको अन्तको निकटताले परमेश्वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
कुनै व्यक्ति साँचो प्रार्थनामा कसरी प्रवेश गर्छ?
प्रार्थना गर्दा, परमेश्वरसमक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग इमानदार हृदय हुनुपर्दछ। तँ वास्तवमै परमेश्वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—तैँले परमेश्वरलाई मीठो बोलीले फकाउने प्रयास गर्नुहुँदैन। प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ। तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्, तैँले प्रार्थना गर्दा परमेश्वरसामु गरेको सङ्कल्पसहित आफ्ना वास्तविक स्थिति र समस्याहरू उहाँकोअघि लिएर जा। प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन; यो त इमानदार हृदयले परमेश्वरको खोजी गर्नु हो। परमेश्वरले तेरो हृदयको सुरक्षा गरून् भनेर अनुरोध गर्, ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्; उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्, आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्, यसरी तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्ने र उहाँलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।
प्रार्थनाको महत्त्व के हो?
प्रार्थना एउटा तरिका हो जसमा मानिसले परमेश्वरसँग सहकार्य गर्दछ, यो एक माध्यम हो जसद्वारा मानिसले परमेश्वरलाई पुकार्छ, र यो त्यो प्रक्रिया हो जसबाट मानिस परमेश्वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। के भन्न सकिन्छ भने, प्रार्थनाबिनाका मानिसहरू मृत हुन् जो आत्माविहीन हुन्छन्, यस कुराले उनीहरूसँग परमेश्वरद्वारा उत्प्रेरित हुने आन्तरिक क्षमताको अभाव छ भन्ने प्रमाणित गर्छ। प्रार्थनाबिना, एक सामान्य आध्यात्मिक जीवन बिताउन असम्भव हुनेथियो, पवित्र आत्माको कार्यको गतिलाई पछ्याउन सक्नु त परै जाओस्। प्रार्थनारहित हुनु भनेको परमेश्वरसँगको आफ्नो सम्बन्ध विच्छेद गर्नु हो, र यसले परमेश्वरको प्रशंसा जित्न असम्भव हुन्छ। परमेश्वरमा विश्वास गर्ने एक व्यक्तिको रूपमा कसैले जति धेरै प्रार्थना गर्दछ अर्थात् ऊ परमेश्वरद्वारा जति धेरै उत्प्रेरित हुन्छ, ऊ त्यति नै सङ्कल्पले भरिनेछ र परमेश्वरबाट अन्तर्ज्ञान प्राप्त गर्न झनै नै सक्षम हुनेछ। फलस्वरूप, यस प्रकारको व्यक्ति पवित्र आत्माद्वारा धेरै चाँडो सिद्ध बनाइन सक्नेछ।
प्रार्थनाले कस्तो प्रभाव हासिल गर्नुपर्छ?
मानिसहरू प्रार्थनाको अभ्यास गर्न र प्रार्थनाको महत्त्व बुझ्न सक्षम हुन सक्दछन्, तर प्रार्थना प्रभावकारी हुनु सामान्य कुरा होइन। प्रार्थना भनेको कार्यविधि पालन गर्दै, वा परमेश्वरका वचनहरू पाठ गर्दै झारा टार्ने कुरा मात्र होइन। भन्नुको मतलब, प्रार्थना गर्नु भनेको निश्चित शब्दहरू घोक्नु र अरूको नक्कल गर्नु होइन। प्रार्थनामा, एक व्यक्ति त्यस्तो अवस्थामा पुग्नु पर्दछ, जहाँ आफ्नो हृदयलाई खुला राखेर परमेश्वरलाई प्रदान गर्न सकियोस्, ताकि यो परमेश्वरद्वारा उत्प्रेरित हुन सकोस्। यदि प्रार्थना प्रभावकारी बनाउनु छ भने, यो, परमेश्वरका वचनहरूको पठनमा आधारित हुनुपर्दछ। परमेश्वरका वचनहरू भित्रबाट प्रार्थना गरेर मात्र कुनै व्यक्तिले अझ महान् अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्दछ। साँचो प्रार्थनाका अभिव्यक्तिहरू यस प्रकार छन्: परमेश्वरले भन्नुभएका सबै कुराको तृष्णा गर्ने, र यसका साथै उहाँले जुन कुरा माग गर्नुहुन्छ त्यो पूरा गर्ने चाहना गर्ने हृदय हुनु; परमेश्वरले जुन कुरा घृणा गर्नुहुन्छ त्यो कुरालाई घृणा गर्नु र त्यसपछि, यस जगमाथि टेक्दै, यसबारे केही बुझाई प्राप्त गर्नु, र परमेश्वरले विस्तृत रूपमा वर्णन गर्नुभएका सत्यताहरूबारे केही ज्ञान र स्पष्टता प्राप्त गर्नु। जब सङ्कल्प, विश्वास, ज्ञान, र प्रार्थनाको अनुसरण गर्ने अभ्यासको मार्ग हुन्छ, तब मात्र यसलाई साँचो प्रार्थना भन्न सकिन्छ, र केवल यस प्रकारको प्रार्थना मात्रै प्रभावकारी हुन सक्छ। तथापि, प्रार्थना परमेश्वरका वचनहरूको आनन्दमा निर्माण हुनुपर्दछ, यो परमेश्वरसँग उहाँका वचनहरूमा कुराकानी गर्ने आधारमा स्थापित हुनुपर्दछ, र हृदय परमेश्वरको खोजी गर्न र उहाँसामु शान्त हुन सक्षम हुनुपर्दछ। यस प्रकारको प्रार्थना परमेश्वरसँगको साँचो बातचितको चरणमा प्रवेश गरिसकेको हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा
यी सबै थोकहरूको अन्तको निकटताले परमेश्वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट...
जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...
म धर्मी छु, म भरोसायोग्य छु, र म मानिसको अन्तस्करण जाँच गर्ने परमेश्वर हुँ! को साँचो हो र को झूटो हो सो म तुरुन्तै प्रकट गर्नेछु। नआत्तिओ;...
चाहे यस चरणमा देहधारी परमेश्वरले कष्ट भोगिरहनुभएको होस् वा आफ्नो सेवकाइ गरिरहनुभएको होस्, उहाँले देहधारणको अर्थलाई पूरा गर्न त्यसो...