परमेश्वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८३
परमेश्वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरमाथिको विश्वासको लागि सामान्य आत्मिक जीवनको आवश्यकता हुन्छ, जुन परमेश्वरका वचनहरू अनुभव गर्ने र वास्तविकतामा प्रवेश गर्ने आधार हो। के तिमीहरूका प्रार्थना गर्ने, परमेश्वरको नजिक आउने, भजन गाउने, प्रशंसा गर्ने, ध्यान गर्ने, र परमेश्वरका वचनहरूको चिन्तन गर्ने अभ्यासहरू “सामान्य आत्मिक जीवन” समान छन्? तिमीहरू कसैलाई पनि थाहा छैन जस्तो देखिन्छ। सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्याओस् वा नडोर्याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियम-पालना हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियम र विधिहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्नेबारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमको रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियम र विधिहरू सबै मानवबाट आएका हुन्; ती परमेश्वरबाट आएका होइनन्। परमेश्वर न त नियमहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक कार्य पूरा गर्दै दिनहुँ नयाँ काम गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति नै धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्नुहुन्न, किनकि उनीहरूको हृदय नियमहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू केवल व्यवस्थाको नियन्त्रणमा मात्र जिइरहन सक्छन्। यस्ता मानिसहरू परमेश्वरको प्रशंसा प्राप्त गर्न सदा असक्षम हुन्छन्।
सामान्य आत्मिक जीवन भनेको परमेश्वरको सामु जिएको जीवन हो। प्रार्थना गर्दा, व्यक्तिले परमेश्वरको सामु आफ्नो हृदय शान्त पार्न सक्छ, र प्रार्थना मार्फत कसैले पवित्र आत्माको अन्तर्दृष्टिको खोजी गर्न सक्छ, परमेश्वरका वचनहरू जान्न सक्छ, र परमेश्वरको इच्छा बुझ्छ। उहाँका वचनहरू खाएर र पिएर, मानिसहरूले परमेश्वरको वर्तमान कार्यको बारेमा अझ स्पष्ट र पूर्ण बुझाइ प्राप्त गर्न सक्छन्। तिनीहरूले अभ्यासको नयाँ मार्ग पनि प्राप्त गर्न सक्छन्, र पुरानोसँग टाँसिनेछैनन्; तिनीहरू जे अभ्यास गर्छन् ती सबै जीवनमा वृद्धि हासिल गर्नका लागि हुनेछन्। प्रार्थनाको सम्बन्धमा भन्ने हो भने, यो तँ कति ऋणी छस् भनेर देखाउन राम्रा-राम्रा शब्दहरू बोल्नु वा परमेश्वरको अगाडि आँसु झार्नुसँग सम्बन्धित छैन; बरु यसको उद्देश्य भनेको त परमेश्वरसामु आफ्नो हृदय शान्त पार्दै आत्माको प्रयोगको लागि आफैलाई तालिम दिनु हो, सबै कुरामा परमेश्वरका वचनहरूबाट मार्गदर्शन खोज्नको लागि आफैलाई तालिम दिनु हो, ताकि व्यक्तिको हृदयलाई हरेक दिन नयाँ ताजा ज्योतिमा ल्याउन सकियोस्, र जसले गर्दा कोही पनि निष्क्रिय वा अल्छी नहोस् र परमेश्वरका वचनहरूलाई अभ्यास गर्ने सही बाटोमा हिंड्न सकोस्। आजभोलि अधिकांश मानिसहरू अभ्यासका विधिहरूमा ध्यान केन्द्रित गर्छन्, यद्यपि तिनीहरू सत्यलाई पछ्याउन र जीवन वृद्धि हासिल गर्न त्यसो गर्दैनन्। तिनीहरूले यहीँ नै बाटो बिराएका छन्। कतिपय नयाँ प्रकाश प्राप्त गर्न सक्नेहरू पनि छन्, तर तिनीहरूको अभ्यास गर्ने विधिहरू परिवर्तन हुँदैनन्। परमेश्वरका आजका वचनहरू ग्रहण गर्ने प्रयासमा तिनीहरूले आफूसँग तिनीहरूका पुराना धार्मिक धारणाहरू लिएर आउँछन्, त्यसैले उनीहरूले जे पाउँछन् त्यो अझै पनि धार्मिक धारणाले रङ्गिएको धर्मसिद्धान्त नै हो; तिनीहरूले आजको प्रकाश प्राप्त गरिरहेका छँदै छैनन्। परिणामस्वरूप, तिनीहरूको अभ्यासहरूमा दाग लागेको छ; तिनीहरू नयाँ प्याकेजमा हालिएका उस्तै पुराना अभ्यासहरू हुन्। तिनीहरूले जति राम्रो अभ्यास गरे पनि, तिनीहरू ढोङ्गीहरू हुन्। परमेश्वरले मानिसहरूलाई हरेक दिन नयाँ अन्तर्दृष्टि र बुझाइ प्राप्त गरून् भन्ने माग गर्दै, र उनीहरू पुरानो जमानाका र एउटै कुरा दोहोर्याइरहने किसिमका नबनून् भन्ने मापदण्ड दिँदै उहाँले तिनीहरूलाई हरेक दिन नयाँ काम गर्न अगुवाइ गर्नुहुन्छ। यदि तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस् तर पनि तेरो अभ्यासका विधिहरू बिलकुल परिवर्तन भएको छैन भने, र यदि तँ अझै बाह्य मामिलाहरूका बारेमा जोसिलो र व्यस्त छस्, तर परमेश्वरका वचनहरूको आनन्द लिनको लागि उहाँको सामुन्ने ल्याउने शान्त हृदय तँसँग छैन भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। जब परमेश्वरको नयाँ काम स्वीकार गर्ने कुरा आउँछ, तब यदि तैँले फरक तरिकाले योजना गर्दैनस् भने, आफ्नो अभ्यासलाई नयाँ तरिकाले अघि बढाउँदैनस्, र कुनै नयाँ बुझाइको पछि लाग्दैनस्, बरु तैँले अभ्यास गर्ने शैलीलाई परिवर्तन नगरीकन पुरानोलाई पक्रिरहन्छस् र केही सीमित नयाँ प्रकाश मात्र प्राप्त गर्छस् भने, तँजस्ता मानिसहरू यो प्रवाहमा नामले मात्र हुन्छन्; वास्तविकतामा त, तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिरका धार्मिक फारसीहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्बन्धमा
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी...
पहिला, परमेश्वर स्वर्गमा हुनुहुँदा, मानिसले परमेश्वरप्रति छलपूर्ण कार्य गर्थ्यो। आज, परमेश्वर मानिसहरूको माझमा आउनुभएको छ—कति वर्ष...
पत्रुसले येशूलाई पछ्याउन थालेपछि स्वभाविक प्रकाशहरू देखा परेका भए तापनि, स्वभावमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको...
प्रारम्भमा, परमेश्वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्वरले अझै कुनै काम गर्नुभएको...