परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२०
परमेश्वरका वर्तमान वचनहरू खाँदै र पिउँदै उहाँका वचनहरूमा चिन्तन र प्रार्थना गर्नु परमेश्वरको अगाडि शान्त हुने पहिलो खुड्किलो हो। यदि तँ...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरमा विश्वास गर्नको लागि तैँले तेरो अभिप्राय र दृष्टिकोणलाई उचित स्थितिमा राख्नुपर्छ, तँसँग परमेश्वरका वचन तथा परमेश्वरका कार्यहरू, परमेश्वरले प्रबन्ध गर्नुहुने सबै वातावरणहरू, परमेश्वरले गवाही दिनुहुने मानिस, र व्यावहारिक परमेश्वरको बारेमा सही बुझाइ, र व्यवहार गर्ने सही तरिका हुनुपर्छ। तैँले आफ्नो विचार अनुसार अभ्यास गर्नु हुँदैन वा तेरा आफ्नै तुच्छ युक्तिहरू लागू गर्नु हुँदैन। तैँले जेसुकै गरे पनि, तैँले सत्यको खोजी गर्न सक्नुपर्छ र, सृष्टि भएको प्राणीको तेरो हैसियतमा, परमेश्वरको सबै कार्यमा समर्पित हुनुपर्छ। यदि परमेश्वरबाट सिद्ध हुन खोज्ने र जीवनको सही मार्गमा प्रवेश गर्ने तेरो लालसा भएमा, तेरो हृदय सधैँ परमेश्वरको उपस्थितिमा जिउनुपर्छ। स्वछन्द नबन्, शैतानलाई नपछ्या, शैतानलाई आफ्नो काम गर्ने कुनै पनि अवसर नदे, र शैतानलाई तँलाई प्रयोग गर्न नदे। तैँले आफूलाई सम्पूर्ण रूपमा परमेश्वरलाई सुम्पनुपर्छ र परमेश्वरलाई तँमाथि शासन गर्न दिनुपर्छ।
के तँ शैतानको दास हुन राजी छस्? के तँ शैतानबाट शोषित हुन राजी छस्? के तँ परमेश्वरमाथि विश्वास गर्छस् र तँ उहाँबाट सिद्ध हुन वा परमेश्वरको कार्यका लागि प्रतिभार हुन सक्ने हिसाबमा उहाँको खोजी गर्छस्? के तँ परमेश्वरद्वारा प्राप्त गरिने अर्थपूर्ण जीवन रुचाउँछस्, वा व्यर्थ र खाली जीवन? के तँ परमेश्वरबाट प्रयोग हुन रुचाउँछस्, वा शैतानबाट शोषित हुन? के तँ परमेश्वरका वचनहरू र सत्यताबाट भरिन रुचाउँछस्, वा पाप र शैतानबाट भरिन? यी कुराहरूलाई राम्ररी सोच्। तेरो दैनिक जीवनमा, तैँले बोल्ने कुन शब्द वा तैँले गर्न सक्ने कुन कुराहरूले परमेश्वरसँगको तेरो सम्बन्धलाई असामान्य बनाउँछ भन्ने विषयमा तैँले बुझ्नुपर्छ, र तैँले सही व्यवहारमा प्रवेश गर्न आफैलाई सच्याउनुपर्छ। सबै समयमा, तेरा शब्द, तेरा कार्य, तेरा प्रत्येक चाल, र तेरा सबै सोच तथा विचारहरूलाई परीक्षण गर्। तेरो वास्तविक स्थितिको उचित बुझाइ हासिल गर् र पवित्र आत्माको कार्यको व्यवहारमा प्रवेश गर्। परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्ने यो एक मात्रै तरिका हो। परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन भनेर लेखाजोखा गर्दै, तैँले तेरो अभिप्रायलाई सच्याउन, मानिसको प्रकृति-सार बुझ्न, र आफूलाई साँच्चिकै बुझ्न सक्छस्, र, यसो गरिरहँदा तँ वास्तविक अनुभवमा प्रवेश गर्न, वास्तविक तरिकाले आफूलाई त्याग्न, र अभिप्राय सहित समर्पित हुन सक्नेछस्। परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने विषयसँग जोडिएका कुराहरूलाई तैँले अनुभव गर्दा, तैँले परमेश्वरबाट सिद्ध हुने अवसरहरू प्राप्त गर्छस् र पवित्र आत्माको धेरै स्थितिहरू बुझ्न सक्षम हुनेछस्। तैँले शैतानका धेरै छलहरू छिचोलेर हेर्न र त्यसका षड्यन्त्रहरूलाई भित्रैबाट बुझ्न सक्षम हुनेछस्। यो मार्गले मात्रै परमेश्वरबाट सिद्ध हुनेतिर अघि बढाउँछ। तैँले परमेश्वरसँगको तेरो सम्बन्धलाई सही राखेमा, तँ उहाँको प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुन सक्नेछस्, र तैँले वास्तविक अनुभवको अझ भित्रसम्म प्रवेश गर्न र पवित्र आत्माको कार्य अझै धेरै पाउन पनि सक्नेछस्। जब तैँले परमेश्वरसँगको सामान्य सम्बन्धको साथ अभ्यास गर्छस्, तब प्रायः, देहलाई परित्याग गरेर र परमेश्वरसँगको वास्तविक सहकार्य मार्फत सफलता हासिल हुनेछ। “सहकार्य गर्ने हृदयविना, परमेश्वरको कार्य प्राप्त गर्न गाह्रो हुन्छ; यदि देहले कष्ट भोगेन भने, परमेश्वरबाट आशीर्वाद प्राप्त हुनेछैन; यदि आत्माले सङ्घर्ष गरेन भने, शैतानलाई लज्जित बनाउन सकिनेछैन” भनेर तैँले बुझ्नुपर्छ। यदि तैँले यी सिद्धान्तहरूको अभ्यास गरिस् र यिनलाई राम्ररी बुझिस् भने, परमेश्वरप्रतिको विश्वासको बारेमा तेरो दृष्टिकोण सही हुनेछ। तिमीहरूको हालको अभ्यासमा, तिमीहरूले “भोक मेट्न रोटी खोज्ने” मानसिकतालाई त्याग्नुपर्छ, तिमीहरूले “सबैकुरा पवित्र आत्माले गर्नुहुन्छ, र मानिसहरू हस्तक्षेप गर्न असक्षम छन्” भन्ने मानसिकतालाई त्याग्नुपर्छ। यस्तो भन्ने सबैले “मानिसहरूले आफूलाई इच्छा लागेको जे पनि गर्न सक्छन्, र समय आएपछि, पवित्र आत्माले उहाँको कार्य गर्नुहुनेछ। मानिसहरूले देहलाई नियन्त्रित गर्नु वा सहकार्य गर्नु आवश्यक छैन, सबैभन्दा महत्वपूर्ण कुरा भनेको पवित्र आत्माबाट प्रेरित हुनु हो” भनेर सोच्छन्। यी रायहरू सबै निरर्थक छन्। यस्ता परिस्थितिहरूमा, पवित्र आत्माले काम गर्न सक्नुहुन्न। यस्तो प्रकारको दृष्टिकोणले पवित्र आत्माको कार्यलाई धेरै अवरोध ल्याउँछ। प्रायः, पवित्र आत्माको कार्य मानव सहकार्यबाट हासिल हुन्छ। सहकार्य नगर्ने र संकल्प नभएका, तर आफ्नो स्वभावमा परिवर्तन र पवित्र आत्माको कार्य र परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने इच्छा राख्नेहरूसँग वास्तवमै अनावश्यक विचारहरू हुन्छन्। यसलाई “आफैमा लिप्त हुनु र शैतानलाई माफी दिनु” भनिन्छ। यस्ता मानिसहरूको परमेश्वरसँग सामान्य सम्बन्ध हुँदैन। तैँले आफूभित्र शैतानी स्वभावको धेरै प्रकाश र अभिव्यक्ति खोज्नुपर्छ र परमेश्वरको अहिलेको आवश्यक मापदण्डसँग बाझिने अभ्यास खोज्नुपर्छ। के तँ अब शैतानलाई त्याग्न सक्षम छस्? तैँले परमेश्वरसँग सामान्य सम्बन्ध हासिल गर्नुपर्छ, परमेश्वरको अभिप्राय अनुसार काम गर्नुपर्छ, र नयाँ जीवनसहित नयाँ मान्छे बन्नुपर्छ। विगतको अपराधमा नभौँतारिई; अनावश्यक रूपमा पश्चातापी नबन्; खडा हुन र परमेश्वरसँग सहकार्य गर्न सक्षम बन्, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्। यसरी, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरका वर्तमान वचनहरू खाँदै र पिउँदै उहाँका वचनहरूमा चिन्तन र प्रार्थना गर्नु परमेश्वरको अगाडि शान्त हुने पहिलो खुड्किलो हो। यदि तँ...
परमेश्वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...
परमेश्वरमा विश्वास गर्दा, परमेश्वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्वरका वचनहरू अनि परमेश्वरको आजको कामको...
व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी...